Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ। गायक प्रकाश तिमिल्सिनाको शव पोस्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ । शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए । तिमिल्सीनाको शव आज केही समय सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिए । तिमिल्सिनाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने बताइएको छ। तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए। भैँसेपाटीमा बस्दै आएका तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीतले उनलाई नेपाली सङ्गीत प्रेमीहरू माझ एक परिचित र सम्मानित गायकका…
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहने छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी, बागमती र…
साउ पाओलो: ब्राजिल एउटा यात्रुवहाक जहाज दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा जहाजमा सवार चालक दलका सदस्यसहित ६१ जनाको ज्यान गएको स्थानीय टेलिभिजन च्यानल ग्लोबो न्यूजले उल्लेख गरेको छ। दुई इन्जिनको टर्बोप्रोप जहाज दक्षिणी राज्य पारानाको कासकाभेलबाट साओपाओलोको गुआरूल्होस विमानस्थलका लागि जाने क्रममा दुर्घटनामा परेको हो। यो जहाज अचानक अनियन्त्रित भएर सहरनजिकै खसेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देख्न सकिन्छ। एटीआर ७२-५०० जहाजले ५७ यात्रु र चार जना चालक दलका सदस्यसहित उडान भरेको थियो। उनीहरू कोही पनि नबाँचेको स्थानीय अधिकारीले ग्लोबो न्यूज टेलिभिजनलाई बताएका छन्। एजेन्सी
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कु्लमान घिसिङले देशभर ९९ प्रतिशत विद्युतीकरण भएको जानकारी दिएका छन् । दोस्रो ४ बर्से कार्यकालका लागि नियुक्त भएको ३ वर्ष पुगेको अवसरमा शुक्रबार प्राधिकरण केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गदै कार्यकारी निर्देशक घिसिङले ३ वर्षअघि ८९ प्रतिशत रहेको विद्युतीकरणलाई ९९ प्रतिशतमा पु¥याएको जानकारी दिएका हुन् । ‘३ वर्षअघि पदवहालीका बेला मैले आफ्नो व्यक्तिगत जीवनको सबैभन्दा ठुलो चुनौती स्वीकार गरी नेपाल सरकारले दिएको जिम्मेवारी दृढताकासाथ पूरा गर्न दोस्रो कार्यकालका लागि प्राधिकरणमा फर्किएको सार्वजनिक गरेको थिएँ,’ पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘८ वर्षअघि आर्थिक वर्ष २०७२\७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । ३ वर्षअघि पनि…
काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू नियुक्त भएपछि १ खर्ब रुपैयाँ लगानी गरेको बताएका छन्। दोस्रो पटक नियुक्तिको ३ वर्ष कार्यप्रगति सुनाउँदै घिसिङले आम्दानी १ अर्ब १६ अर्ब रुपैयाँले बढेको बताएका हुन्। घिसिङले पछिल्ला ८ वर्षमा प्राधिकरणले आफ्ना सहायक कम्पनीमार्फत ५६ अर्ब ६८ करोड रुपैयाँ बढी लगानी गरेको बताए। उनले आम्दानी र लगानीको विवरण प्रस्तुत गर्दै प्राधिकरणको नाफा कागजी नभएको दाबी प्रस्तुत गरे। ‘संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणबाट देखिएको प्राधिकरणको नाफा कुनै कागजी हैन, आन्तरिक लगानीका लागि एउटा दह्रो स्रोत हो’, घिसिङले भने। आर्थिक वर्ष २०७२/०७३ मा उकै वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानीमा…
काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकैको सडक भासिएर ठूलो भ्वाङ परेको छ। स्थानीयका अनुसार दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएर भ्वाङ परेको हो। टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले जनाएका छन्। अहिले उक्त सडकखण्ड बन्द गरिएको र भ्वाङ परेको सडक टाल्न लागिएको महानगरपालिकाले जनाएको छ।
काठमाडौं: नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिएका छन् । उनका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्व विपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा उहाँको भूमिकाको सपथ गराए। मुख्य सल्लाहकार प्रधानमन्त्री पद बराबर हो । सपथ ग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन् । अन्तरिम मन्त्रिपरिषद्मा मुख्यरूपमा नागरिक समाजका सदस्य…
काठमाडौं: प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो। वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ। वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ। प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि…
काठमाडौँ:नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई तत्काल नहटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। दुई सञ्चालकहरू कपिल आचार्य र भक्तबहादुर पुनलाई मन्त्रालयले सञ्चालक समितिबाट हटाएको थियो। सोविरुद्ध उनीहरू बुधबार सर्वोच्च पुगेका थिए। उनीहरूले दर्ता गरेको रिटमा सर्वोच्चले बिहीबार अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले हटाउनुको कारण पनि मागेको छ। ऊर्जा मन्त्रालयकी सहसचिव इन्दिरा दाहालले सञ्चालकद्वय आचार्य र पुनलाई पदबाट हटाएको जानकारीपत्र आइतबार पठाएकी थिइन्। डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल बक्यौता विवादमा प्राधिकरणले पछिल्लोपटक बिजुली काटिदिएका उद्योगमा पुनः लाइन जोड्नेबारे सञ्चालक समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेका थिए। त्यसपछि मन्त्रालयले उनीहरूसँग स्पष्टीकरण…
काठमाडौँ: सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको पुष्टि गरेको बताएका छन्। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सिंहदरबारमा मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए। ‘हिजो पनि हेलिकप्टर दुर्घटना भयो, र नेपाली आकाश सुरक्षित छैन भन्ने कुरा यसले पुष्टि गरेको छ,’ उनले भने। अहिलेसम्मका सरकार दुर्घटनाबारे जाँचबुझ समिति बनाउनेमा मात्रै सिमित रहेको टिप्पणी गर्दै मन्त्री गुरुङले अहिलेको सरकार समाधान नै निकाल्ने गरि जुटेको दाबी गरे। ‘अहिलेसम्म दुर्घटना हुने छानबिन र जाँचबुझ समिति बनाउनेमा सरकार सीमित भयो’, उनले भने, ‘अब सरकारले कारणसहित…