Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: देशका विभिन्न स्थानसँगै आज (मंगलबार) काठमाडौँ उपत्यकामा पनि हावाहुरी र चट्याङसहितको वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार देशका अधिकांश स्थानसँगै काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली (आकाशमा बादल) भएको छ। ‘अब एकैछिनमा पानी पर्ने सम्भावना छ’, मौसमविद् कँडेलले भनिन्, ‘आज दिनभर मौसम पानी पर्ने, रोकिने, फेरि पर्ने भइरहने देखिन्छ। आज काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’ मौसमविद्का अनुसार १० मिलिमिटरसम्मको वर्षालाई हल्का र यसभन्दा माथि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा भनिन्छ। उनका अनुसार वर्षा हुँदा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हुने भएकाले सजग रहन जरुरी छ। ‘हावाहुरी, चट्याङले क्षति पुर्‍याउन सक्ने…

Read More

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी संस्थामा बिदा लिएर निजी तथा गैरसरकारी संस्थामा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्न थालेको छ । स्वास्थ्य मन्त्रालयका मातहातमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले अध्ययन, असाधारण, घर बिदा , बिरामी बिदा, भैपरी आउने र पर्वजस्ता बिदा लिएर निजी तथा गैरसरकारी संस्था काम गर्ने प्रवृत्ति बढ्दै गएको गुनासो आएपछि मन्त्रालयले कारबाही थालेको हो । स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पाताल र केन्द्रलाई निर्देशन जारी गर्दै गैरजिम्मेवारीपूर्ण काम गर्ने जो–कोहीलाई कानुन बमोजिम हैदसम्म कारबाही गरिने चेतावनी दिएका छन् । ‘केही कर्मचारीले विदेशमा समेत गएर काम गरी आफू जिम्मेवार रहेको निकायमा चिकित्सकीय…

Read More

काठमाडौं: निर्वाचन आयोगले अशोक राई नेतृत्वको दल जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विद्रोह गरेका नेताहरूले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगको सोमबार बसेको बैठकले दल दर्ता गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । राजनीतिक दलसम्बन्धी ऐन तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम दल दर्ता गर्ने निर्णय भएको हो । नयाँ दलको नाम जनता समाजवादी पार्टी छ ।

Read More

काठमाडौं: कुनै घटनाको अनुसन्धान र अभियोजनका लागि पक्राउ परेका व्यक्तिहरू हिरासत छलेर अस्पतालमा बस्न थालेपछि गृहमन्त्रालयले सोमबार तीन बुँदे मापदण्डसहितको निर्देशन जारी गरेको छ । विभिन्न अभियोगमा पक्राउ परेकाहरू चिकित्सकको सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिलाई रोक्न गृहले यस्तो निर्देशन दिएको हो । चिकित्सकबाट भएका सिफारिससमेत असामान्य र अविश्वसनीय भएर जनस्तरबाटै प्रश्न उठ्ने गरेकाले त्यसको न्यूनीकरणका लागि उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयअनुसार तीन बुँदे निर्देशन जारी भएको हो । गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार तीनवटा मापदण्ड पूरा गरेमा मात्रै पक्राउ परेका व्यक्तिलाई हिरासत नबसी अस्पताल जाने सुविधा दिइनेछ । यी हुन् मापदण्ड १. शारीरिक एवम् मानसिक रुपमा अस्वस्थ भएको अवस्था…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधान अझै पूर्ण नरहेको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न मुख्य रूपमा सङ्घर्ष गर्दै आए पनि अझै पूर्णता पाउन नसकेको बताए । उनले इमानदार भएर सङ्घर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने विश्वास व्यक्त गरे । उनले सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन आग्रह पनि गरे । प्रधानमन्त्रीले नेपाली समाजको विशेषता र…

Read More

विद्यालयहरुलाई बिदा दिन सूचना जारी काठमाडौँ:बागमती प्रदेशमा आज (सोमबार)देखि तामाङ र नेपाल (नेवारी) भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन हुँदैछ। बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० आजदेखि लागू हुन लागेको हो। यस अवसरमा बागमती प्रदेश सरकारले आज बागमती प्रदेशभर सार्वजनिक बिदा हुने घोषणा गरेको छ। २३ कात्तिक २०८० मा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा हुने राजपत्रमा प्रकाशन भएको थियो। त्यसको १८० दिनपछि सोमबारलाई भाषा दिवस घोषणा गर्दै बागमती प्रदेश सरकारले ती भाषा सरकारी कामकाजको रुपमा कार्यान्वयनको औपचारिक आररम्भ गर्न लागेको हो। यसै अवसरमा सोमबार बिहान ९ बजे काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रम हुँदैछ। बागमती…

Read More

काठमाडौँका केही ठाउँमा भोलि (आइतबार) देखि ६ दिनसम्म दैनिक चारघण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ। विद्युत् प्राधिकरणका अनुसार विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि भोलिदेखि यही वैशाख २८ गतेसम्म विद्युत् कटौती गर्न लागिएको हो। कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका लाइनमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। ६ दिनसम्म दैनिक बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिशरणको भनाई छ।

Read More

काठमाडौँ: सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्,‘सय रुपैयाँको डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ । स्वीकृत दिएको छ । पुरानो नक्सामा चुच्चे नक्सा प्रयोगमा ल्याउने छ ।’ सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो ।

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ । शनिबार महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गरिनेछ । इच्छुक उम्मेदवारले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेस गर्न सकिने सूचनामा उल्लेख छ ।

Read More

विश्वकपको तयारी खेल्न आजै राति वेस्ट इन्डिज प्रस्थान गर्ने काठमाडौँ: पाँच खेलको टी–२० सिरिज एक खेलअगावै गुमाएको नेपाल आज (शनिबार) वेस्ट इन्डिज ‘ए’सँग अन्तिम खेल खेल्दै छ। सिरिजअन्तर्गत दुई टोलीको अन्तिम प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुनेछ। आजको खेल जितेर नेपाल सुखद अन्त्य गर्न चाहन्छ। आजको खेल नेपालका लागि विश्वकपअघिको तयारी मात्र हुनेछ। सिरिजको पहिलो खेल ४ विकेटले जिते पनि त्यसपछिका तीन खेलमा भने नेपालको लगातार हार भयो। उता वेस्ट इन्डिज ‘ए’ले भने ३ खेलमा विजय प्राप्त गर्दै ३–१ ले सिरिज आफ्ना पक्षमा पारिसकेको छ। सिरिजअन्तर्गत वेस्ट इन्डिज ‘ए’सँग अन्तिम खेल खेलेर नेपाली क्रिकेट टोली…

Read More