Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: जापान सरकारले चितवनमा सञ्चालित विपद् जोखिम न्यूनीकरण परियोजनाको सुदृढीकरणका लागि चार करोड ३९ लाख रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ । जापानको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सप्लानीरमार्फत प्राप्त हुने अनुदानबाट ग्रामीण पुनर्निर्माण नेपाल नामक गैरसकारी संस्थाले उक्त परियोजनालाई कार्यान्वयन गर्नेछ । यहाँस्थित जापानी राजदूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र सप्लानीरका नेपाल प्रतिनिधि हिरोमी कात्सुइले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । पहिरोको जोखिम रहेको लोथर र बाढीको खतरा रहेको मादी नगरपालिका क्षेत्रमा सघनरूपमा परियोजना कार्यान्वयन गरिने बताइएको छ ।
काठमाडौँ: शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘सी’ डिभिजन क्लबका प्रतिनिधिबीच बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको बैठकले प्रतियोगिताको मिति तय गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । लिग निर्देशक सञ्जिव मिश्रले भन्नुभयो, “एन्फा र क्लब प्रतिनिधिबीच प्रतियोगिता फागुन दोस्रो सातादेखि गर्ने सहमति भएको छ, प्रतियोगिता शुरु हुने मिति केही समयमा तय गर्छौं ।” सहमतिअनुसार लिगको तयारीका लागि एन्फाले प्रत्येक सी डिभिजन क्लबलाई रु चार÷चार लाख आर्थिक सहयोग समेत उपलब्ध गराउनेछ । ‘सी’ डिभिजन लिगमा ११ सी डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेड, खलिबारी, मनहरा,…
काठमाडौँ: नेपाल खाद्य संस्थानले किसानबाट धान खरिद प्रक्रिया छिटै शुरु गर्ने भएको छ । व्यापारिक प्रयोजनका लागि संस्थानले यो वर्ष पनि विभिन्न जिल्लाबाट झन्डै तीन लाख ५० हजार क्विन्टल धान खरिद गर्न लागेको संस्थानका प्रबक्ता शंकर सापकोटाले बताए । संस्थानले तीन लाख ५० हजार क्विन्टल धान खरिद गर्न ९१ करोड रुपैयाँ छुट्याएको उनले बताए । दुर्गम जिल्लामा चामल पठाउनका लागि संस्थानले बर्सेनि धान खरिद गर्दै आएको छ । संस्थानले विभिन्न जिल्लामा गएर किसानबाट उपयुक्त मूल्यमा धान खरिद गर्ने गर्छ । संस्थानका अनुसार झापा, मोरङ, धनुषा, सिरहा र पर्सा लगाएतका तराईका विभिन्न जिल्लाबाट धान खरिद गर्न लागिएको छ । उनले भने…
बागलुङ:नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आउनुभएका उनले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिएका हुन् । नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा नेता शर्माले राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले बागलुङ जिल्लालाई समृद्ध बनाउन ठूलो भूमिका निर्वाह गर्ने भएकाले सरकारले बजेट अभाव हुन नदिने र छिटो काम नसक्ने ठेकेदारलाई सरकारले कारवाही गर्न पछि नहट्ने बताएका थिए । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, नेकपा बागलुङका नेता तथा कार्यकर्ताहरुले…
कञ्चनपुर: बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो ।कात्तिक २५ गतेदेखि धर्नामा बस्नुभएका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखा खोकी लागेको र हातखुट्टा दुख्ने समस्या देखा परेको छ । दुर्गालाई समेत ज्वरो आएको र रक्तचाप घटेको छ । उपचारका लागि पुग्नुभएका महाकाली अञ्चल अस्पतालका चिकित्सक किशोर बोहराले दुवैको चिसोका कारण स्वास्थ्य बिगँ्रदै गएको बताए । निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तको समेत रक्तचाप बढेको…
काठमाडौँ: प्रतिबन्धित विषादी बिक्रीबितरण गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ। यसका लागि सरकारले ऐन ल्याउन लागेको छ। जीवनाशक विषादी व्यवस्थापन ऐनमार्फत प्रतिबन्धित विषादी बिक्रीबितरण गर्ने व्यवसायी, आयातकर्ता, भण्डारणकर्ता र उत्पादनकर्तालाई ५० हजारदेखि दुई लाख रुपैयाँसम्मको आर्थिक जरिवानासँगै एक वर्षको कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ। उपभोक्ता र किसानको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले घातक विषादी नियन्त्रण गर्न नयाँ ऐन ल्याउँदै छ। यसअघिको जीवनाशक विषादी ऐन २०४८ मा भने सूचीकृत नभएका तथा प्रतिबन्धित विषादी आयातनिर्यात गर्ने, बिक्री गर्ने, भण्डारण गर्नेको हकमा पाँच हजार जरिवाना र विषादी जफत गर्ने व्यवस्था गरिएको थियो। ‘पहिलेको ऐनमा सजाय र दण्डको दायरा साँघुरो…
काठमाडौँ: एनएमबि बैंकले आ.व. २०७५/७६ को पहिलो त्रैमासमा ५५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले प्रकाशित गरेको आ.व. २०७५/७६ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार हाल बैंकको निक्षेप ८५ अर्ब ८३ करोड पुगेको छ भने कर्जा ८२ अर्ब ७८ करोड पुगेको छ । उपरोक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा निक्षेपमा १३ अर्ब ८ करोड तथा कर्जामा १९ अर्ब ३ करोड बृद्धि भएको छ भने यस त्रैमासमा बचत निक्षेपमा २ अर्ब २४ करोडले बृद्धि भएको छ । एनएमबि बैंकले विदेशी संस्था आइएफसीबाट अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिन सफल हुने पहिलो र…
काठमाडौँ: नेपाली युवा स्पिन बलर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को आगामी सिजन पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् । लामिछानेलाई आइपीएलको आगामी सन् २०१९ को सिजनका लागि दिल्ली डेयर डेभिल्सले रिटेन गरेको हो । गत वर्ष अक्सनमार्तफ २० लाख भारतीय रूपैयाँमा सन्दिपलाई किनेपछि दिल्लीले सन्दीपलाई लगातार दोस्रो वर्ष पनि दिल्लीले टिममा राखेको हो।
काठमाडौँ : नेपाल वायुसेवा निगमले संस्था उच्च जोखिममा रहेको भन्दै सरकारले तत्कालै आर्थिक सहायता दिनुपर्ने बताएको छ ।अन्तर्राष्ट्रिय उडानका लागि हालै दुई वटा नयाँ वाइड वडी जहाज भित्र्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम उच्च वित्तीय जोखिममा परेको जनाएको छ । निगमले संस्थाको वर्तमान अवस्था र आगामी रणनीतिबारे स्वेतपत्र जारी गर्दै जहाजको तिर्नुपर्ने कर्जाले निगमको तरलता अवस्था तथा नाफामा सिधै असर पर्न गएको भन्दै वित्तीय सूचकलाई अनुकूल बनाउन तुरुन्त पूँजी लगानी भित्र्याइ वित्तीय जोखिम न्यूनीकरण गरी निगमको विश्वसनीयता कायम गर्न सरकारसँग आग्रह गरेको हो । निगमसँग उपलब्ध नगद प्रवाह तथा निगमले तिर्नुपर्ने दायित्व अत्यधिक रहेको जनाउँदै वाइड बडी जहाजको व्यावसायिक योजनाअनुसार…
काठमाडौँ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्ने भएको छ । प्राधिकरणको आज बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती विकास गर्न स्थानीय तहलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ । बैठकले एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि, २०७५ लाई स्वीकृत गरेको छ । कार्यविधिमा ९९ सम्मका घरपरिवारको एकीकृत बस्तीमा पूर्वाधारको काम गर्न योजना स्वीकृत भएपछि जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत स्थानीय तहलाई शर्तसहित अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । कार्यविधिमा भूकम्पपीडित परिवारका लागि प्राथमिकताका आधारमा एकीकृत बस्तीको विकास गरिने वा गर्न दिइने उल्लेख छ जसमा जोखिमयुक्त बस्तीका भूकम्पपीडित लाभग्राही, जोखिम वर्गमा पर्ने लाभग्राही, भूमिहीन लाभग्राही, गुनासोबाट सम्बोधन कायम भई…