Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आङ्गिक क्याम्पस आज बन्द हुने भएको छ । त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा डा कमलप्रकाश मल्लको निधनको शोकमा विश्वविद्यालयले आफ्ना सबै कार्यालय र आङ्गिक क्याम्पस बन्द गर्ने निर्णय गरेको हो । विश्वविद्यालय रजिष्ट्रार कार्यालयले सूचना जारी गरी आज विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय बन्द हुने जनाएको छ । मल्लको गत मङ्सिर १ गते निधन भएको थियो ।
काठमाडौँ: जलविद्युत् आयोजनाको पूर्वाधारबाट २६ अर्ब रुपियाँ संकलन भएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ । सरकारले बूढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरिरहेको बेला सो आयोजना निर्माणका लागि इन्धनबाट अहिलेसम्म २६ अर्ब रुपियाँ संकलन भएको हो । स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना निर्माण गर्ने भनेर इन्धनबाट सो रकम संकलन गरिँदै आएको भए पनि सरकारले सो आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ ।
कठमाडौं: फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन्। विज्ञापन तथा व्यवस्थापन प्रवद्धनका नाममा सामाजिक सञ्जालको ठूूलो परिणाममा नाफा कमाइरहेपनि नियमितन हुँदा राज्यले करोडौं राजस्व गुमाइरहेको छ। सबैभन्दा ठूलो सामाजि सञ्जाल फेसबुक इनले आफ्ना उत्पादन फेसबुक, हवाट्एप, इन्सटाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्यासिफिक क्षेत्रबाट प्रयोगकतर्ता ८ दशमलव ९२ डलर आम्दानी गरेको थियो। यस वर्ष ९ दशमलव ९१ डलर आम्दानी गर्ने अनुमान छ। एसिया प्यासेफिक क्षेत्रको औसत मान्दा एक करोड १० लाख नेपाली प्रयोगकर्ताबाट फेसबुकले यस वर्ष १२ अर्ब ७२ करोड रुपैया लगेको छ। यही हिसाबले यस वर्ष फेसबुकले ६० खर्ब ७०…
काठमाडौं: तस्करीबाट ८८ केजी सुन बोक्ने भरियालाई अदालतले ४३ करोड बिगो जरिवानासहित तीन बर्ष जेल सजाय तोकेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले भरिया एवं गाडीचालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवानासहित तीन बर्ष जेल सजाय फैसला गरेको हो । पोखरेलको इजलासले चिनियाँ नागरिकद्धय याङ वइमिङ र पान वइमिङलाई भने जनी ४३ करोड ७० लाख रुपैयाँ जरिवानासहित पाँच बर्ष कैद फैसला गरेको छ । तर, यी दुवै फरार छन् । उनीहरु चीन फर्किसकेको सुचना आएको प्रहरीले बताएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । पत्रपत्रिकाबाट
काठमाडौं: यतिबेला चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी भिडन्तमा छन् । सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी २३ बर्षिय मिस नेपाल शृंखला खतिवडा टप ३२ मा परेकी थिईन् । प्रतिस्पर्धा अन्र्तगत विभिन्न् फरक ईभेन्टमा भाग लिँदै अघि बढेकी खतिवडा भोटिङमा भने सबैभन्दा अगाडि छिन् । मिस वल्र्ड आयोजनकको वे साईटका अनुसार हालसम्मको अत्याधिक भोट पाउने प्रतिस्पर्धीमा खतिवडा नै छिन् । उनले हालसम्म जम्मा भएको भोटिङमध्ये ३० प्रतिशत बढी भोट विश्वभरबाट पाईसकेकी छिन् । दोस्रोमा ९ प्रतिशत फ्रान्स, तेस्रोमा युगाण्डा ७ प्रतिशत, चौथोमा रसिया ५ प्रतिशत र पाँचौ स्थानमा टर्की, तान्जानिया, बंगलादेश ५ प्रतिशत भोटका…
धनगढी : डडेल्धुराको उग्रतारा मन्दिरको जात्रा हेरेर फर्किरहेका यात्रु चढेको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहीबार बेलुकी डडेल्धुराको अमरगढी नगरपालिका–११ मा पर्ने केआई सिंह राजमार्गको रडुवा भन्ने स्थानमा डोटीको पीसजोन विद्या निकेतनको से १ क २९३ नम्बरको बस दुर्घटना भएको थियो । शुक्रबार बिहान ३ बजेसम्म घटनास्थलमा रहेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनदेव जोशीले मृतक १८ जनामध्ये ५ जना महिला र १३ पुरुष रहेको बताए । उनीहरु मध्ये ६ जनाको मात्रै सनाखत भएको सुदूरपश्चिम प्रहरीले जानकारी दिएको छ । डडेल्धुरामा प्रत्येक वर्ष कार्तिक पूर्णिमाका दिन जात्रा हुने गर्दछ । यस दिन सुदूरपश्चिमसहित नेपालका अन्य स्थान…
काठमाडौँ:जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नेपालको प्रमुखमा युमिको आसाकुमालाई खटाएको छ । यसअघिका प्रमुख जुन साकुमाको कार्यकाल सकिएलगत्तै आसाकुमालाई नेपाल प्रमुखमा पठाइएको जाइकाद्वारा बिहीबार जारी विज्ञप्ति जनाइएको छ । यसअघि आसाकुमा जापानस्थित जाइकाकै योकोहामा केन्द्रमा महानिर्देशक पदमा कार्यरत थिइन् । सन् १९९३ देखि जाइकामा प्रवेश गर्नुभएका आसाकुमाले त्यहाँको विभिन्न विभाग सम्हाल्नुका साथै भूटानस्थित जाइकाको कार्यलयमा सन् २०१२ डिसेम्बरदेखि सन् २०१६ मार्चसम्म प्रमुखको भूमिका पनि निर्वाह गरेकी थिइन् ।नेपालमा जाइका प्रमुख हुन पाएकामा खुशी हुँदै आसाकुमाले नेपाल र नेपालीको उत्तरोत्तर प्रगति र विकासमा सहयोग गर्दै जाइकाको मूल नारा ‘विश्वलाई विश्वासका साथ नेतृत्व’लाई प्रगाढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको विज्ञप्ति उल्लेख…
काठमाडौं: पेट्रोल पम्पको मदरबोर्डमा सफ्टवेयर राखेर इन्धनमा ठगी गर्ने तीन व्यवसायीलाई एक वर्ष कैद सजायको निर्णय हुने भएको छ । गुणस्तर तथा नापतौल विभागअन्तर्गतको बारास्थित क्षेत्रीय कार्यालयले कलैयामा रहेका विजय आयल स्टोर, मोहम्मद आयल स्टोर र श्रीशंकर आयल स्टोरलाई १० हजार रुपैयाँ जरिवानासहित एक वर्ष जेल सजाय गर्ने भएको खबर आजको नयाँ पत्रिकामा छ । कार्यालयका प्रमुख शशीभूषण यादवले दसैँअघि तीन पम्पमा अनुगमन गर्दा सफ्टवेयर राखेर ठगी गरेको भेटिएको जानकारी दिए । ‘१० लिटरको भाँडामा परीक्षण गर्दा विजय आयल स्टोरले चार सय मिलिलिटर, मोहम्मद आयल स्टोरले ४० मिलिलिटर र श्रीशंकर आयल स्टोरले ५० मिलिलिटर ठगी गरेको भेटिएको थियो,’ उनले भने,…
काठमाडौं: प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूलाई र्याखर्याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापान डुलिरहेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । पाँच दिनका लागि गएका उनी टोकियो, ओसाकालगायत केही सहर घुमे । शुक्रबार काठमाडौं आइपुग्ने उनी सम्भवतः चाँडै अर्को देश जानेछन् । किनकि उनी प्रायः घुमेको घुम्यै गर्छन् । मन्त्रालय सम्हालेको ८ महिनामा ६४ दिन त विदेशमै बिताइसके । जापान उनको १३औं भ्रमण हो । विदेशमा सरकारका सदस्य भ्रमणमा निस्कँदा जरुरीलाई ख्याल राख्छन् । पाकिस्तानका प्रधानमन्त्री इम्रान खान बुधबार मलेसिया गए, बिहीबार फर्के । आवश्यक ‘डिल’ एकै दिनमा सके । मलेसियाका मानव संशाधनमन्त्री एम कुला संगेरा तीन…
काठमाडौँ: सर्वोच्च अदालतले फेवातालको अतिक्रमित जग्गा एक वर्षभित्र सरकारीकरण गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । अधिवक्ता खगेन्द्र सुवेदी र रमेश घिमिरेले दायर गरेको रिटको निर्णयमा सर्वोच्च अदालतले फेवताल पुरिएर व्यक्ति विशेषका नाममा जग्गा दर्ता भएको देखिए छानबिन गरी बारबाही गर्न सरकारका नाममा आदेश दिएको हो । केबलकार निर्माण नगर्नू अधिवक्ताहरु भगवती पहारी, रमा पन्त, कविता पाँण्डे र नृपेन्द्रजंग बस्नेतले दायर गरेको अर्को रिटमा सर्वोच्च अदालतले फेवातालमा केबलकार निर्माण नर्गन आदेश जारी गरेको छ ।