Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित डिपोबाट काठमाडौँ उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई आज ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताउनुभयो । निगमले मङ्गलबार ८.५ लाख लिटर पेट्रोल र ८.३ लाख लिटर डिजेल विभिन्न पम्पलाई उपलब्ध गराएको थियो । डिपोले काठमाडौँ उपत्यका, बनेपा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र सिन्धुलीका केही भू–भागका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ । प्रत्येक पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । आज लक्ष्मी पूजाका दिन सार्वजनिक बिदा…

Read More

जेनेभा:  सन् २०१८ को जनवरीदेखि गतहप्तासम्म भूमध्यसमगर क्षेत्रमा यूरोप जाने क्रममा डुबेर मृत्यु हुने शरणार्थीको सङ्ख्या दुई हजार पुगेको राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । राष्ट्रसङ्घले भनेको छ मृत्यु हुनेमा आधाभन्दा बढी शरणार्थीको इटालीको बाटो यूरोपका अन्य मुलुक जाने क्रममा मृत्यु भएको थियो । “गत हप्ता पनि स्पेनी सामुद्रिक किनारामा १७ जनाको डुबेर मृत्यु भएसँगै यस बर्ष मृत्यु हुनेको सङ्ख्या दुई हजार भन्दा बढी भएको हो,” राष्ट्रसङ्घ शरणार्थी निकायका प्रवक्ता चार्ली याक्सलेले बताउनुभयो । उहाँले यस बर्ष यूरोप पुग्ने आप्रबासी तथा शरणार्थीको सङ्ख्या एक लाख पाँच हजार व्यक्ति रहेका बताउनुभयो । यस बर्ष यात्राका क्रममा डुबेर मृत्यु हुनेको सङ्ख्या निकै बढेको…

Read More

काठमाडौँ: नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरु चिन्तित भएका छन् । भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो फूल उत्पादक किसानको छ । आफूले उत्पादन गरेको फूल बिक्रीका लागि काठमाडौँसम्म आइपुग्दा पनि लगानी अनुसारको मूल्य नपाएपछि काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिकाका शिवशङ्कर चौलागाईं निरास हुनुभएको छ । “मेहनत गरेर यहाँसम्म फूल बिक्री गर्न ल्यायो, तर फूलले बजार नै पाउँदैन”, उहाँले भन्नुभयो । भारतीय फूलका मालाले बजार पाइरहेका बेला नेपाली मालाले भने बजार नपाउनु आफैँमा अशोभनीय रहेको चौलागाईंको भनाइ छ । उहाँले भन्नुभयो, “भारतीय फूल पसलमा सजाएर राखिन्छन्, तर नेपाली फूल सडक पेटीमा सजाएर राखिँदा पनि…

Read More

काठमाडौँ: नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताउनुभएको छ । भीमसेनगोला–बानेश्वरस्थित मोर्डन कन्या मल्टिपल कलेजले महाकवि देवकोटाको ११०आँै जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भाषा र साहित्य नै हाम्रो पहिचान रहेको हँुदा महाकविले परिकल्पना गरेको विषय सम्बोधन र सम्वद्र्धन हँुदै गएको धारणा व्यक्त गर्नुभयो । कलेज सञ्चालक समितिका अध्यक्ष प्रा डा रामप्रसाद दाहाल र साहित्यकार हरिहर खनालले महाकवि देवकोटाको साहित्यका विभिन्न विधामा रहेको योगदानमाथि प्रकाश पार्नुभयो । सोही कार्यक्रममा कुलपति उप्रेतीले श्रष्टा शान्ता पोखरेल अर्यालको मितेरी मन नामक कविता सङ्ग्रहको लोकार्पण गर्नुभयो । उक्त कृतिमा ‘पिरतीको प्रतीक’, ‘पानी…

Read More

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ । गएराति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौ वटा गाईलाई मारेको छ । वैजनाथ सामुदायिक वन क्षेत्रमा व्यवस्थित गर्न राखिएका गाई माथि बाघले आक्रमण गरी मारेको वडा अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । बाघले दिउँसोसमेत वन क्षेत्रमा चर्न पठाइएका गाईमाथि आक्रमण गरी मार्न थालेको छ उहाँले भन्नुभयो, “राति गाई राखेकै ठाउँमा छिरेर ठूलो नोक्सानी पु¥याउन थालेको छ ।” बाघ भगाउनका लागि गोठाला राखिएका भए पनि गाई जोगाउन निकै मुश्किल हुन थालेको उहाँले बताउनुभयो । डमरुसहितको बाघ भएकाले भगाउन खोजे पनि भाग्नुका साटो उल्टै गोठालामाथि आक्रमण…

Read More

काठमाडौँ:  यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई…

Read More

ललितपुर: दश अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी भएको नेपाल पुनः बीमा कम्पनीले आगामी तीन महीनाभित्रमा इनिशियल पब्लिक अफरिङ (आपिओ) जारी गर्ने भएको छ । आइपिओ निष्कासनका व्यवस्थापनका निम्ति राष्ट्रिय वािणज्य बैंक (आरबिबी मर्चेण्ट) लाई तोकिएको छ । नेपाल पुनः बीमा कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा सङ्क्षिप्त कुराकानीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले आगामी दुई–तीन महीनाभित्रमा आइपिओ जारी हुने बताउनुभयो । रु सात अर्ब ५० करोडभन्दा बढी व्यापार गर्ने लक्ष्यका साथ कम्पनीले काम गरिरहेको बताउँदै उहाँले भारत सरकारका स्थापित चार वटा बीमा कम्पनीले नेपाल पुनः बीमा कम्पनीसँग सहकार्य गर्नु कम्पनीका निम्ति उपलब्धि हो भन्नुभयो । प्रभावकारी पुनः बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता…

Read More

सोलुखुम्बु : जिल्लाको थुलुङदूधकोशी गाउँपालिका–३ पञ्चनमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । थुलुङदूधकोशी गाउँपालिका–३ का वडाध्यक्ष भूपालध्वज राईका अनुसार मृत्यु हुनेमा स्थानीयवासी रामकाजी राईको १९ वर्षीया छोरी सरिना रहेकी छिन् । सोलुहाइड्रो पावर ८६ मेगावाटले प्रयोग गर्ने बा९च ९६४७ नंको बोलेरो दुर्घटना भएको वडाध्यक्ष राईले जानकारी दिए । “चाडपर्वको समयमा दुःखद घटना घट्यो”, गाउँपालिका अध्यक्ष राईले भन्नुभयो, “घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल फाप्लु लागिएको छ ।” आज साँझ करीब साढे ६ बजे पञ्चनको पोल्मे भन्ने स्थानमा उक्त बोलेरो खसेको जानकारी प्राप्त भएको सोलुखुम्बुका सहायक प्रजिअ टुक्ति शेर्पाले बताए ।…

Read More

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता केशव स्थापितले आफूलाई प्रदेश नं ३ को भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारीबाट पदमुक्त गर्ने मुख्यमन्त्रीको निर्णयविरुद्ध पार्टीभित्र गम्भीर बहसको विषय बनाउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कारमा उनले विकास निर्माणप्रति आफ्नो सक्रिय क्रियाकलापलाई बीचमै रोक्न मुख्यमन्त्रीले आफूलाई पदमुक्त गरेको आरोप लगाए । प्रदेश नं ३ का प्रदेशसभा सदस्यसमेत रहनुभएका नेता स्थापितले भने, “प्रदेश सरकार गठन भएपछि देश विकासमा धेरै योगदान गरेको छु, जिम्मेवारीबाट मुक्त भएपछि हलुका महसुश भएको छ, पार्टीको स्वीकृति बिना जिल्लामा औपचारिक कार्यक्रममा जान नमिल्ने हुनाले मन्त्रीमा रहँदा रसुवाबाहेक सबै जिल्ला पुगेर विकास निर्माणका विषयमा छलफल गरी सुझाव लिने काम…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको उपसभापतिमा पार्टी संसदीय दलको उपनेता विजयकुमार गच्छदार मनोनयन भएका छन्। काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकताका सम्बन्धमा भएको सहमतिअनुसार उनलाई उपसभापति पदमा मनोनयन गर्ने निर्णय गरेको हो । बैठकले काङ्ग्रेसको साङ्गठनिक संरचनामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका पार्टीगत संरचना एवं भ्रातृ र शुभेच्छुक सङ्घसंस्थाको समायोजनसम्बन्धी आवश्यक कार्य गरी प्रतिवेदन पेश गर्न एक समितिसमेत गठन गरेको छ । सो कार्यका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यस समितिले केन्द्रीय कार्यसमितिको आगामी बैठकमा प्रतिवेदन पेश…

Read More