Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर (आईपीओ) मा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन् । कम्पनीले आज साँझ उपलब्ध गराएको अन्तिम विवरणअनुसार ६ अर्ब ७० करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार केही आवेदन भने रद्द हुने देखिएको छ । नाम थर स्पष्ट नभएको, हितग्राही खाता भर्न छुटेका तथा ठेगाना स्पष्ट नभएका केही शेयर आवेदन भने रद्द हुनेछ । कम्पनीले यही कात्तिक १५ गतेदेखि कूल पूँजीको १५ प्रतिशतले हुन आउने एक अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गरेको थियो । यही…
बेत्रावती: जिल्ला प्रशासन कार्यालय नुवाकोटले क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामरा जडान गर्न अनुमति लिनुपर्ने व्यवस्था अनिर्वाय गरेको छ । गृह मन्त्रालयले जारी गरेको परिपत्रका आधारमा प्रशासन कार्यालयले सूचना जारी गर्दै सार्वजनिक, व्यापारिक र निजी प्रयोजनमा जडान हुने सिसिटिभी क्यामराको वर्गीकरण गरी अनुमति लिएर मात्र प्रयोगमा ल्याउन आग्रह गरेको हो । यसअघि सञ्चालनमा रहेका र अबदेखि जडान गर्न लागिएका सिसिटिभी क्यामराका लागि तोकिएको ढाँचामा दिएको आवदेनका आधारमा प्रशासन कार्यालयले अनुमति उपलब्ध गराएपछि मात्र क्यामरा जडान गर्न पाइने प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए । उहाँको अनुसार सिसिटिभी क्यामरा जडानले सुरक्षाका लागि सहजता, अपराध नियन्त्रण, सबुद प्रमाण जुटाउन सहज हुने भए पनि…
काठमाडौं: नेपाल प्रहरीमा कुकुर सेवाको सुरुवात भएको स्वर्णजयन्तीको अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल महाराजगंजमा मंगलबार बिशेष कार्यक्रमको आयोजना गरिएको छ। समारोहमा प्रहरी महानिरीक्षक खनालले सोही स्कुलको प्राङगणमा निर्मित कुकुर स्मारकको उदघाटन, कुकुरको प्रतिमा अनावरण तथा माल्यार्पण गरे। नेपाल प्रहरीमा अपराध अनुसन्धान, नियन्त्रण तथा रोकथाम, सुरक्षा लगायतका कार्यमा कुकुर सेवाले पुर्या्एको योगदानलाई विश्वभर फैलाउने उद्देश्य स्वरुप राकुटेन भाइबर एप्लिकेसन नेपाल ब्रान्चद्वारा ‘नेपाल पुलिस डग स्ट्राइकर प्याक’ को प्रहरी महानिरीक्षक खनालले आरम्भ समेत गरे। समारोहमा प्रहरी महानिरीक्षक खनालले यमपञ्चकको दोस्रो दिन कुकुर पूजाको आरम्भ गर्नुको साथै वर्षको उत्कृष्ट डग ह्याण्डलर प्रहरी जवान दिपेश रानाभाट र…
सानफ्रान्सिस्को: अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खाता समेत रहेका छन् । अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुक मार्फत नक्कली समाचार (फेक न्यूज) फैल्याएको बताएलगत्तै फेसबुकले उक्त घोषणा गरेको हो । अमेरिकामा मङ्गलबार मध्यावधि चुनाव हुँदैछ । गत साता प्रकाशित एक अध्ययनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको भन्दा बढी मात्रामा यसपटक सामाजिक सञ्जाल मार्फत गलत सूचना प्रवाह भएको देखिएको छ । राष्ट्रपतीय निर्वाचनताका राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रुसीहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी सघाएको…
काठमाडौँ: धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः दोहोरो अङ्कले वृद्धि भएको छ । पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु भएको आज पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ७९ बिन्दुले बढेर एक हजार २१८ दशमलव ०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३८ बिन्दुले बढेर २५९ दशमलव १९ बिन्दुमा पुगेको छ । आज कूल १५५ कम्पनीको आठ लाख २२ हजार २०७ कित्ता शेयर रु २४ करोड ४५ लाख ७० हजार ५५२ मूल्यमा खरीद बिक्री भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बैंकिङ १० दशमलव ४८, होटल ३७ दशमलव ६२, विकास…
काठमाडौँ: सरकारले पटाका आयतलाई पूर्ण प्रतिबन्ध लगाए पनि रोकिएको छैन । तिहार र छठलगायत पर्वलाई लक्षित गरी तस्करहरुबाट ठूलो परिमाणमा अवैध रूपमा प्रसस्त पटाका भित्रिरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होमिन्द्र बोगटीले बताए । उनले भने, “पटका पड्काउन पूर्ण प्रतिबन्ध छ तर खुल्ला सिमानाका कारण तस्करी भने रोक्न सकिएको छैन । गत वर्षको तुलनामा यस वर्ष ७० प्रतिशत तस्करी नियन्त्रण भएको छ ।” प्रहरीले पटाकाको बिक्री वितरण तथा प्रयोग गर्नेमाथि कारवाही हुने बताए पनि तस्करहरूले साइकलमा राखेर पटाका बिक्री गर्दै आएका र पटका प्रयोगकर्तामा पनि त्यसको कुनै असर परेको पाइँदैन ।
काठमाडौँ: नेपाल संवत् आन्दोलनका प्रणेता एवं आदिवासी जनजाति आन्दोलन र मानव अधिकार आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको असामयिक निधनका कारण नेपाल संवत् ११३९ नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिने सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको छ । दिवङ्गत तुलाधरप्रति सम्मान अर्पण गर्न कार्यक्रमहरु स्थगन गरिएको हो । आज नेसं ११३८ कौलागा १४ (कात्तिक २० गते) मङ्गलबार बसेको नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो । हरेक वर्ष झैँ यस वर्ष पनि नेपाल संवत् ११३९ नयाँ वर्षको उपलक्ष्यमा यही नेसं ११३९ कछलाथ्व पारु (कात्तिक २२ गते) काठमाडौंको बसन्तपुरमा मूल समारोह आयोजना गर्ने कार्यक्रम तय भइसकेको थियो । सोही दिन आयोजना गरिने…
काठमाडौँ: यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमासमेत स्थापित भएको छ । नरक चतुर्दशी स्नान, दीपदान आज बिहान अरुणोदयकालमा नदी, तलाउ वा धारामा गई स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काइ बालेर बगाउने कार्य पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन् । यसलाई नरक स्नान…
हेटौँडा: रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पदार्थको पाइपलाइन बिच्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयल निगम पेट्रोलिम पाइपलाइन परियोजनाका अनुसार रक्सौलदेखि अमलेखगञ्जसम्म ३७ दशमलव ३५ किलोमिटर दूरीमा पाइपलाइन बिच्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर पाइपलाइन बिच्याउने काम सम्पन्न भएको हो । रक्सौलदेखि अमलेखगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन विस्तारको काम दु्रतगतिमा भइरहेको परियोजनाका प्रमुख भानुभक्त खनालले जानकारी दिए । नेपाल आयल निगमले पाइपलाइन बिछ्याउने बाटोमा पर्सा वन्यजन्तु आरक्षण क्षेत्रमा पर्ने रुख कटान गर्नका लागि वन मन्त्रालयबाट स्वीकृति पाइसकेको र त्यो काम पनि भइरहेको खनालले बताउनुभयो । रुख कटान गर्ने जिम्मेवारी टिम्बर कर्पोरेशनलाई दिइएको छ भने काटिएका रुखको क्षतिपूर्ति…
चितवन: दीपावलीमा नेपालीका घर आँगन झिलिमिली पार्न रु ६० करोडभन्दा बढीका विद्युतीय सामग्री नेपाल भित्रिएको छ । नियमित प्रयोग हुने बत्तीबाहेक दीपावलीमा मात्र प्रयोग गर्न ल्याइएका विद्युतीय सामग्रीमा त्यति खर्च गरिएको हो । अन्य समयको तुलनामा नियमित बत्तीमा पनि दोब्बर खर्च हुने गर्दछ । नेपाल विद्युत् व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष तेजनारायण खरेलका अनुसार विभिन्न खालका झाल्लर, डिस्को बल्ब, बत्ती बल्ने फोटो फ्रेम, मूर्ति, विद्युतीय मैनबत्ती, रङ्गीन ट्युबलाइटलगायतका दीपावली सामग्री नेपाल भित्र्याइएका हुन् । दशैँ अघिदेखि नै ती सामग्री नेपाल भित्रने गर्दछन् । तिहारमा प्रयोग हुने यस्ता विद्युतीय वस्तु ९० प्रतिशत चीन र १० प्रतिशत भारतबाट भित्रने गरेको उनले बताए ।…