Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सुरुङ्गा: झापाको बिर्तामोडस्थित एनएमबी बैंकबाट आज अपराह्न एक व्यक्तिको १७ लाख लुटिएको छ । बैंकमा रकम जम्मा गर्न आएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको रु १६ लाख ९९ हजार लुटेर लगिएको प्रहरीले जनाएको छ । अपराह्न झोलामा रकम लिएर बैंक आएका गुरुङ काउण्टर अगाडि जम्मा गर्न भौचर भर्दै गर्दा एक व्यक्ति झोला बोकेर भागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए । रकम लुटेर भाग्ने व्यक्तिको सिसी क्यामेरा फुटेजबाट पहिचान खुल्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कास्की: पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुज विजयी भएका छन् । प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गर्ने क्रममा बुटवलले पोखरा पल्टनलाई ३३ रनले पराजित गर्न सफल भयो । पोखरा रङ्गशालाको खेल मैदानमा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको बुटवलले २० ओभरको खेलमा सात विकेट गुमाएर १५० रन बनायो । जितका लागि १५१ रनको लक्ष्य पाएको घरेलु टोली पोखराले पूरै ओभर खेल्दै नौ विकेट गुमाएर ११७ रन मात्र बनाउन सफल भयो । पोखराका मोहम्मद नाविदले चार ओभरमा २० रन खर्चिदै तीन विकेट लिएका थिए । प्रतियोगितामा आजको पहिलो खेलमा एक्सपर्ट धनगढी…
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले १४० मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता(पिपिए) गरेको छ । प्राधिकरणले आज सुपर त्रिशूली, दूधखोला र मच्छेखोला जलविद्युत् आयोजनासँग सम्झौता गरेको हो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार ब्लु इनर्जीले निर्माण गर्ने ७० मेगावाट क्षमताको सुपर त्रिशूलीको विद्युत् खरिद सम्झौता भएको छ । सो आयोजनाको क्षमता १०० मेगावाट बराबर हुने भए पनि तत्कालका लागि प्राधिकरणले ७० मेगावाट मात्रै खरिद गर्न लागेको हो । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका कार्यकारी निर्देशक बरुण सराफले हस्ताक्षर गरे । सम्झौताअनुसार सो आयोजनाबाट उत्पादित विद्युत् हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र बर्खामा प्रतियुनिट चार…
काठमाडौँ : आँखुखोला हाइड्रोपावर कम्पनीले आवेदक सबैलाई १० कित्ताका दरले साधारण शेयर (आइपिओ) वितरण गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज साधारण शेयरको बाँडफाँट गरेको हो । कूल ४७ हजार ४०० आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् भने ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । आवेदनमा भएको कमजोरीका कारण ६१ वटा आवेदकबाट परेको १६ हजार २८० कित्ता भने रद्द गरिएको सिभिल क्यापिटलले जनाएको छ । सो कम्पनीको शेयरमा ८३ हजार ३१६ जना लगानीकर्ताले आवेदन दिएका थिए । जुन कूल मागको ४.४३ गुणा बढी हो । कम्पनीले धादिङको आँखुखोलामा ८.४…
काठमाडौँ: विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज जानकारी लिएकी छिन् । संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही कात्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी आज शीतल निवास पु¥याइएको थियो । राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा समाएकी थिइन् । आजै सो ट्रफी जनसमुदायका लागि चन्द्रागिरिमा प्रदर्शनीमा राखिएको थियो । सोमबार वसन्तपुर दरबार स्क्वायरमा राखेर ट्रफी नेपाल बाहिर लगिनेछ । अन्य सात राष्ट्रमा पनि सो ट्रफी पु¥याइने आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् । इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने आइसिसी…
काठमाडौँ : भूकम्पपछिको पुनःनिर्माणमा नवीनतम् प्रविधिको प्रयोगबारे जानकारी गराउने उद्देश्यले मङ्सिर ६ देखि ९ गतेसम्म भवन तथा निर्माणसम्बन्धी बृहत् प्रदर्शनी हुने भएको छ । नेपाल युवा निर्माण व्यवसायी परिसङ्घले प्रदर्शनी आयोजना गर्न लागेको आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रदर्शनीका क्रममा भूकम्पीय जोखिम न्यूनीकरणका लागि कस्ता घर भवन बनाउने भन्ने विषयमा जानकारी दिन दैनिक सेमिनारसमेत गरिने परिसङ्घका अध्यक्ष आनन्द सुवेदीले बताए । सुरक्षित र वातावरणमैत्री घर भवनको निर्माणका लागि दैनिक ५० जना इञ्जिनीयरले परामर्श दिनेछन् । निर्माणसम्बन्धी परामर्शको शुल्कसमेत नलिइने जनाइएको छ । भूकम्पले भत्किएका सम्पदालाई पुरानै स्वरुपमा कसरी बनाउन सकिन्छ भन्ने जानकारी समेत सो अवसरमा गराइनेछ…
काठमाडौँ:राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि प्रारम्भ हुने चारदिने औपचारिक भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन केन्द्रित हुनाका साथै केही सम्झौतासमेत हुने बताइएको छ । मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी कतार प्रस्थान गर्दै छिन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्राध्यक्षको यस किसिमको भ्रमण मूलतः आपसी सम्बन्ध थप सुमधुर र सुदृढ पार्न केन्द्रित हुने भए पनि अतिरिक्त अन्य विषयमा समेत केन्द्रित हुने जानकारी दिए । मन्त्री ज्ञवालीले भने, “कतारमा ठूलो सङ्ख्यामा रहेका नेपाली कामदारको सुरक्षा र सरोकारका विषयमा विशेष छलफल हुनेछ । भ्रमण टोलीमा नेपालका उद्योगी व्यवसायीसमेत सहभागी हुने हुनाले…
काठमाडौँ: यस आर्थिक वर्ष हाल सम्मकै उच्च धन उत्पादन हुने अनुमान गरिएको छ । किसनका खेतमा धान काट्ने कार्य शुरु भएसंगै कृषि तथा पशुपंक्षी मन्त्रालयले यो वर्ष ५६ देखि ५८ लाख मेट्रिक टन धन उत्पादन हुने प्रक्षेपण गरेको हो । धान रोपाई भएको क्षेत्र वृद्धि, समयमै रोपाई, अनुकूल मौसम, सिँचाइ, प्रविधिको विस्तार, मल, बीउको राम्रो व्यवस्था भएकाले धान उत्पादन बढ्ने देखिएको मन्त्रालयका प्रबक्ता तेज बहादुर सुबेदीले बताए। गत वर्षको तुलनामा यो वर्ष ७ देखि १० प्रतिशत बढी धन उत्पादन हुने अनुमान गरिएको बताउदै उनले भने ७ प्रतिशत मात्रै उत्पादन वृद्धि भएपनि ५५ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । गत…
काठमाडौँ: भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन् । भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा रु १५ लाख र उपत्यकामा रु २५ लाख सहुलियत ऋण दिने घोषणा गरेको थियो । हालसम्म दुई प्रतिशत ब्याजदरको ऋण करीब एक हजार ३००पीडितले मात्र पाएका छन् । बैंक तथा वित्तीय संस्थाले दुई प्रतिशत ब्याजदरमा ऋण दिन आलटाल गरेपछि यो व्यवस्था हटाइएको हो । अब ऋण लिनका लागि सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने गरी रु एक अर्बको कोष खडा गर्न लागेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । “भूकम्प…
काठमाडौं: अस्वस्थताका वावजुत पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार मन्त्रिपरिषद बैठक राखेका छन् । प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीका अनुसार उनको स्वास्थ्यमा केहि सुधार आएकोले आज अपरान्ह ३:३० बजे बैठक डाकिएको हो । उनलाई शुक्रबारबाट रुघाखोकीले च्यापेको थियो। सोही कारण शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी हुन नसकेको प्रधानमन्त्री ओलीको स्वास्थ्य शनिबारको तुलनामा आइतबार केही सुधार आएको उनको सचिवालयले जनाएको छ । रुघाखोकीले सताएपछि प्रधानमन्त्री ओलीलाई चिकित्सकले आराम गर्न सुझाव दिएअनुसार ओली बालुवाटरमै आराम गरिरहेका छन् । ‘शनिबारको तुलनामा आइतबार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही सुधार आएको छ,’ ओलीको सचिवालयले भनेको छ । यद्यपी ओलीको स्वास्थ्यअवस्थाबारे प्रधानमन्त्रीको सचिवालयले अहिलेसम्म…