Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतविक्षत बनेको अपर त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक अवतरण गरेको छ। प्रतिकूल मौसमका कारण हिजो दुई पटक अवतरणको प्रयास असफल भए पनि आज हेलिकप्टर आयोजना स्थलमा अवतरण गरेसँगै त्यहाँको वास्तविक क्षति तथा अवस्थाको स्थलगत मूल्याङ्कन सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले उद्धार तथा विद्युत् सेवा यथाशीघ्र सुचारु गर्न आवश्यक सबै उपाय अवलम्बन गर्दै तीव्र गतिमा काम अघि बढाउन निर्देशन दिनुभएको छ। मन्त्री श्रेष्ठको निर्देशनअनुसार घटनास्थलको वस्तुस्थिति अवलोकन, उद्धार समन्वय तथा विद्युत् पुनर्स्थापनालाई प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ…

Read More

काठमाडौं । बाढीका कारण ज्यान गुमाएकाहरू मध्येमा नेपालमा हालसम्म १६२ भन्दा बढीको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । सम्पर्कविहीन हुनेहरूमा २७ भन्दा बढी देशका सयौँ पर्यटकहरू पनि छन्। हराइरहेकामध्ये १०० भन्दा बढी भारतका ५४ जना अमेरिकाका ३४ जना अस्ट्रेलियाका र ३३ जना यूकेका रहेका अधिकारीहरूले बताएका छन्। तिब्बतमा पनि तीनजनाको मृत्यु भएको र २६५ जना हराइरहेको राज्य सञ्चालित मिडियाले जनाएको छ। नेपालमा दर्जनौँ प्रहरी र सैनिकहरू पनि हराइरहेका छन्। रसुवा, नुवाकोट लगायतका प्रभावित जिल्लामा रहेका विद्यालय, निजी भवन, बैंकमा कार्यरत कर्मचारीहरु पनि सम्पर्कविहीन छन ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा आज सर्वदलीय बैठक आह्वान गरेका छन् रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने तथा बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ । बाढीबाट प्रभावित क्षेत्रमा तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने उद्देश्यले बैठक आयोजना गरिएको रास्वपाले जनाएको छ । यो बैठकमा ससहभागी हुने…

Read More

काठमाडौँ, भदौ १० गते । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रको पछिल्लो अवस्था तस्बिरमा । नुवाकोटको विदुर नगरपालिका

Read More

काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको भीषण बाढीपछि उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ जानकारी दिएका छन्। उनले अन्य जिल्लाहरूबाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्र तर्फ परिचालन भैसकेको पनि बताएका छन्। केहीबेरअघि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘विपद् व्यवस्थापन प्राधिकरण सक्रिय छ, मेडिकल टिम, स्काउट, रेडक्रस सबै सँग समन्वय हुँदै आवश्यक कदम चाल्न भनिएको छ। अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पनि प्रभावित एरियामा पठाउने प्रक्रिया अघि बढिसकेको छ।’ रसुवा बाढी सम्बन्धमा प्रधानमन्त्री शाहले लेखेका छन्

Read More

काठमाडौँ: बुधबार बिहान आएको बाढीका कारण रसुवामा २८ प्रहरी सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका १९ जना र सशस्त्रका ९ जना प्रहरी सम्पर्कविहीन भएका हुन्। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरीचौकीका २२ प्रहरीमध्ये ९ जना मात्रै सम्पर्कमा आएका छन्। अरु १३ जना सम्पर्कविहीन छन्। यस्तै स्याफ्रुबेसीमा पनि ६ जना प्रहरी हराइरहेका छन्। त्यहाँ ९ जना प्रहरी रहेकोमा ३ जना मात्रै सम्पर्कमा आएको र अरु सम्पर्कविहीन रहेको पनि डीआईजी रेग्मीले बताए। यस्तै टिमुरे बीओपीका ९ जना सशस्त्र प्रहरी पनि सम्पर्कविहीन छन्। बाढीले प्रहरी कार्यालय पनि बगाएको छ। विपत् प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। बुधबार बिहान…

Read More

काठमाडौं । आज बुधबार बिहान आएको बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ।छन्। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरीचौकीका २२ प्रहरीमध्ये ९ जना मात्रै सम्पर्कमा आएका छन्। अरु १३ जना सम्पर्कविहीन छन्। यस्तै स्याफ्रुबेसीमा पनि ६ जना प्रहरी हराइरहेका छन्। त्यहाँ ९ जना प्रहरी रहेकोमा ३ जना मात्रै सम्पर्कमा आएको र अरु सम्पर्कविहीन रहेको पनि डीआईजी रेग्मीले बताए। बाढीले प्रहरी कार्यालय पनि बगाएको छ। विपत् प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। बुधबार बिहान ९ बजे अचानक आएको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। खोज तथा उद्धारका…

Read More

भदौ, काठमाडौं । तिब्बततर्फबाट आएको बाढीका सम्बन्धमा सरकारले हालसम्म चारवटा काम र तयारी गरेको छ । १. उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन । २. विपद् व्यवस्थापन प्राधिकरण सक्रिय । ३. तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित सिडिओलाई निर्देशन । ४. सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राख्न भनिएको । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यी चार काम र तयारी भएको जनाएको हो । साथै, भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको…

Read More

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ। मधेस प्रदेशका ऊर्जा तथा सिँचाइ प्रणालीहरूको निरीक्षणका क्रममा फत्तेपुर पुग्नुभएका मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि, सिँचाइ उपभोक्ता तथा सरोकारवालासँगको छलफलमा चन्द्र नहरलाई आधुनिक सिँचाइ प्रणालीको ऐतिहासिक उदाहरणका रूपमा विकास गर्दै कृषि उत्पादन, संरक्षण र पर्यटनसँग जोड्न सकिने धारणा राख्नुभयो। उहाँले नहरको सुरक्षा, मर्मतसम्भार र पुनरुद्धारका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै आवश्यक योजना बनाउन मन्त्रालय तयार रहेको बताउनुभयो। नहरको दीर्घकालीन संरक्षण सरकारको मात्र जिम्मेवारी नभई स्थानीय तह, उपभोक्ता र समुदायको…

Read More

काठमाडौं: नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच नेपालमा लगानी प्रवद्र्धन, व्यापार तथा आर्थिक सहकार्य विस्तारलाई प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार नेपालमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउन सहजीकरण, व्यापार, उद्योग तथा उद्यमशीलताको विकास र स्वदेशी तथा गैरआवासीय नेपाली व्यवसायीबीच सहकार्य विस्तार गरिनेछ । साथै ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा प्रविधि आदानप्रदानलाई प्रोत्साहन गर्दै निजी क्षेत्रमैत्री नीति निर्माणका लागि संयुक्त पहल गरिनेछ । चेम्बर र एनआरएनएले संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा व्यवसायिक कार्यक्रम आयोजना गरी विदेशी…

Read More