Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: फिफा विश्वकप-२०२६ अन्तर्गत आइतबार बिहान सकिएको समूह ‘ई’को खेलमा आइभरी कोस्टलाई २-१ गोल अन्तरले पराजित गर्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ। एक गोलले पछाडि परेको स्थितिलाई उल्ट्याउँदै जर्मनीले उत्कृष्ट पुनरागमन गरेको हो। जर्मनीका लागि डेनिज उन्डवले इन्जुरी समयमा गरेको गोल नै खेलमा निर्णायक बन्यो। फ्रान्क केसिईले खेलको ३० औँ मिनेटमा पहिलो गोल गर्दै आइभोरी कोस्टलाई अग्रता दिलाएका थिए। जर्मनीका डेनिज उन्डवले खेलको ६८ औँ मिनेटमा आइभरी कोस्टविरुद्ध गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए। उनी यामल मुसियलाको स्थानमा ६० औँ मिनेटमा मात्रै मैदान प्रवेश गरेका थिए। उनै डेनिज उन्डवले इन्जुरी समयको चौथो मिनेटमा दोस्रो गोल गरेर टिमलाई कनआउट चरणमा…
चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । भरतपुरको गेष्टहाउस चौरमा हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहले उद्घाटन गर्ने कार्यक्रम छ । तीन दिनसम्म चल्ने महाधिवेशनमा उद्घाटन सत्रपछि बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन र विधान मस्यौदा प्रतिवेदन पेश हुने छ । विधान मस्यौदा पारित भएपछि महाधिवेशन नयाँ नेतृत्व चयनमा प्रवेश गर्नेछ । महाधिवेशनको उद्घाटन समारोहमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुलाई पनि बोलाएको छ । महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि…
काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित/आंशिक परीक्षार्थीहरूको परीक्षाफल प्रकाशन गरेको छ। आज असार ५ गते प्रकाशित नतिजाअनुसार सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको संख्या २ लाख ६८ हजार १९० छ। तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिक तर्फ ३६ हजार ४२० छन्। जम्मा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यसमा नियमिततर्फ ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत छन्। परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको website: result.neb.gov.np वा neb.gov.np तथा नेपाल टेलिकमको website: https://neb.ntc.net.np बाट हेर्न सकिनेछ।
काठमाडौँ: आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ। सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँ घटेर २ लाख ८६ हजार सातसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बिहीबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेर २ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो। बुधबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको थियो। यसअघिका ३ दिनमा ६५ सय बढेको सुनको भाउ गएका ३ दिन लगातार घटेको हो। त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। चाँदीको भाउ आज तोलामा ३०५ रुपैयाँ घटेर ४ हजार ६४० रुपैयाँमा झरेको महासंघले जनाएको छ। गएको माघ १५ गते पनि सुनको भाउ…
काठमाडौँ: सरकारको आगमी आर्थिक २०८३/८४ को बजेट प्रतिनिधि सभाबाट पारित भएको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसलाई सभामुख डोलप्रसाद अर्यालले निर्णायर्थ प्रस्तुत गरेका थिए। बहुमतका आधारमा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो। सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएको छ। बजेट अन्तर्गतकै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि भने छलफल हुन बाँकी छ। यसअघि बिहीबार प्रतिनिधि सभामा विभिन्न मन्त्रालयको विनियोजित बजेटमाथि छलफल भएको थियो। त्यसमा सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिएका थिए।
काठमाडौँ: काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८३/८४ को लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। महानगरपालिकाको नगर सभाको १९ औं अधिवेशनमा कार्यबाहक नगरप्रमुख सुनिता डंगोलले उक्त रकम बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी हुन्। महानगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ तथा ७५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने जानकारी दिइन्। आगामी आर्थिक वर्षमा संचित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको उनले जानकारी दिइन्। यसमध्ये महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १८…
काठमाडौं: संघीय संसद्को प्रतिनिधिसभाले आज आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । यससँगै आगामी आर्थिक वर्षको बजेटलाई प्रतिनिधिसभाबाट औपचारिक स्वीकृति दिने प्रक्रिया टुंगिनेछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयसँग सम्बन्धित शीर्षकमा सांसदहरूले उठाएका जिज्ञासा तथा प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा शिक्षा तथा खेलकुद, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानून, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ,…
काठमाडौं, असार ३ । नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण र अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल तथा संवाद कार्यक्रममा व्यवसायी तथा उद्योगपतिहरूले निजी क्षेत्रका विविध समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सो अवसरमा उद्योगी व्यवसायीले लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो रहेको औंल्याए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन लगानीकर्ताको मनोबल बढाउने वातावरण आवश्यक रहेको बताएका छन् । उनले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटले सकारात्मक संकेत दिए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेको धारणा राखे । अध्यक्ष अग्रवालले सम्पत्ति शुद्धीकरणसम्बन्धी…
काठमाडौं: नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल सरकारले आगामी १० वर्षलाई ‘आरोग्य दशक’ का रूपमा मनाउने निर्णयको स्वागत गरेका छन् । काठमाडौंमा आयोजित आयुष अन्तर्राष्ट्रिय कन्क्लेभ २०२६ लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले हिमाल, जडीबुटी, योग, ध्यान तथा परम्परागत उपचार पद्धतिजस्ता नेपालको विशिष्ट सम्पदाले स्वास्थ्य तथा आरोग्य पर्यटनका क्षेत्रमा अपार सम्भावना बोकेको बताए ।उनले नेपाल चेम्बर अफ कमर्सले आरोग्य दशकको अभियानलाई पूर्ण समर्थन गर्ने उल्लेख गर्दै यस पहलले स्वास्थ्य क्षेत्रमा लगानी, नवप्रवर्तन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे । सन्…
काठमाडौँ: नेपाल विद्युत प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ। प्रसारण लाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशमा देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान भई विद्युत आपूर्ति थप भरपर्दो तथा गुणस्तरीय हुने अपेक्षा गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। वैशाख २३ गते राति आएको विनाशकारी हावाहुरी का कारण बाँके जिल्लाको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने श्रीकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा रहेको प्रसारण लाइनको टावर नं. ४४ र ४५ मा क्षति पुगेपछि उक्त लाइनमार्फत हुने विद्युत प्रवाह पूर्ण रूपमा अवरुद्ध भएको थियो। हावाहुरीका कारण प्रसारण लाइनको मार्गाधिकारभन्दा बाहिर रहेको करिब ३० मिटर लामो सालको ठूलो रुख ढलेर…