Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरूको खोजी गर्न थालेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार रातिमा काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजी रोकिएको थियो। नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि गएराति खोजी रोकिएको थियो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी गरिने बताए। उनले भने, ‘धमिलो पानीकैबीच खोज र उद्धार थालेका छौँ।’ काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र…

Read More

काठमाडौँ: राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेलगत्तै नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गरेका छन्। शुक्रबार उनले नेपाली कांग्रेससमेतको समर्थनमा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्। त्यसको समर्थन गर्दै नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पनि पत्रमा हस्ताक्षर गरेका छन्। संसदीय दलको नेताका रूपमा हस्ताक्षर गरी आआफ्नो दलको सदस्य संख्या पनि उल्लेख गरेका छन्। कांग्रेससँग ८८ र एमालेसँग ७८ सदस्य रहेको पत्रमा उल्लेख छ। उनले पेस गरेको दाबीपत्रमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिज्यूबाट मिति २०८१।०३।२८ गतेका दिन नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा…

Read More

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्मका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्लाई कार्य सञ्चालन गर्ने जिम्मेवारी तोकेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका थिए। ‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राखु भएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखको मिति २०८१ असार २८ को पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को…

Read More

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले सल्लाह लिएका कानुनविदमध्ये अधिकांशले संविधानको धारा ७६ (२) अनुसारको सरकार बन्नुपर्ने राय दिएका छन्। आज शीतलनिवास बोलाइएकामध्ये एकजनाले मात्र ७६ (३) मा जानुपर्ने धारणा राखेका छन्। राष्ट्रपति पौडेलले साँझ ४ बजे कानुनी परामर्शका लागि कानुनविद्हरूलाई बोलाएका थिए। तीमध्ये डा विपिन अधिकारी, डा पूर्णमान शाक्य, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी, टीकाराम भट्टराई र डा चन्द्रकान्त ज्ञवाली शीतलनिवास पुगेका थिए। राष्ट्रपति पौडेलले नयाँ सरकार गठन प्रक्रियाका विषयमा ‘तपाईँहरूको दृष्टिकोण के छ’ भनी सोधेका थिए। अधिकारी, शाक्य, घिमिरे, केसी र भट्टराईले बहुमतको प्रधानमन्त्री दाबी गर्न आह्वान हुनुपर्ने राय दिएका थिए। अधिकारीले उपधारा उल्लेख नगरे पनि हुने तर्क गरेका थिए। अधिकारीले…

Read More

काठमाडौँ: पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका छन्।शुक्रबार (असार २८) मा प्रचण्डले विश्वास गुमाएसँगै गठन भएको १८ महिनापछि उनी नेतृत्वको सरकार पनि ढलेको छ। प्रचण्डले शुक्रबार (असार २८) संविधानको धारा १०० को उपधारा (२) बमोजिम पाँचौपटक विश्वासको मत मागेका थिए। प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको पक्षमा ६३ मत मात्रै प्राप्त गरे भने विपक्षमा १९४ सांसदले मतदान गरे। विश्वासको मत प्रक्रियामा २५८ सांसद सरिक भएका थिए। एक जनाले भने पक्ष/विपक्षमा मतदान नगरेको सभामुख देवराज घिमिरेले जानकारी दिए। गत असार १७ गते मध्यराति नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता सहकार्यको सहमति भएको थियो। सो समझदारीपछि असार १९ गते नेकपा…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारसँग डराएर नेपाली कांग्रेस र नेकपा एमाले मिलेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमार्फत विश्वासको मत लिने क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै उनले आफूलाई संसद नै विघटन गर्ने बानी परेकाहरुले आफूलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको बताए । अहिलेको संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी रहेको बताए । उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुलेसमेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो । ति साथीहरुलाई म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताएका छन् । उनले आफूले कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाउन सकेको बताए । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने– ‘सरकारले विश्वविद्यालयमा मेरिटोक्रेसीको प्रयास गर्‍यो । सरकारले जनतालाई सुशासनको ठोस अनुभूति दिने प्रयास गर्‍यो । देशको एउटा विशेष वर्ग कानूूनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास गर्‍यो । कुनै यति, कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको बोझ र कलङ्क नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेश गर्‍यो ।’ उनले अगाडि…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्डले सरकार केहि माफिया बर्गको हातमा पुगेकोले र भूमि बचाउन र भ्रष्टाचारको विरुद्ध लाग्दा सरकार ढालिएको जिकिर गरे । दुई ठुला दलले गरेको सत्ता सहमति एउटा वर्गको घरमा मध्यराती हुनुनै सरकार निरंकुशता तर्फ अग्रसर भएको छ, उनले भने। सरकारले गरेको लोकतन्त्रको सर्भिसिंग र गोडमेलले गर्दा सरकार ढालेकोसमेत उनले बत्ताए। एमाले र कांग्रेसले राष्ट्रिय सहमतिको बर्को ओढेको कुरा पनि प्रधानमन्त्री प्रचण्डले बताए । राष्ट्रिय सहमति गर्न के मध्यरात अनि सत्ता ढलाउने वर्गको घरमा गर्न पर्छ र? उनले प्रश्न गरे ।

Read More

काठमाडौँ । सरकारले वर्षाको समयमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ । गृह मन्त्रालयले बाढी, पहिरो लगायतको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको हो । गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन मन्त्रालयले प्रस्ताव गरेको र यस विषयमा सरोकारवालासँग छलफल गर्न लागिएको बताए । उनले यसका लागि यातायात व्यवसायीसहितका सरोकारवालालाई गृहमन्त्रालयमा बोलाइएको भन्दै केहीबेरमा छलफल गरेर आवश्यक निर्णय हुने बताए । ‘हामी छलफलमा छौँ, सरोकारवालासँग बसेपछि सबै विषय टुंगिन्छ’, उनले भने। उनका अनुसार शुक्रबार ११ बजेका लागि बैठक बोलाइएपनि सरोकारवाला आउने क्रम जारी रहेकाले अब केहीबेरमा सुरु हुनेछ ।

Read More

काठमाडौँ: आज प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्डलले संसदमा विश्वासको मत लिंदै छन् । अहिले ११ बजेदेखि संसदको बैठक चलिरहेको छ। अहिले संसदमा आजै त्रिशुलीमा पहिरोले खसेको दुई बस बारे भएको घटना र ५४ जना मानिसहरु बेपत्ता भएको बारे सांसदहरुले प्रश्न उठाइरहेका छन्। https://hr.parliament.gov.np/np/parliamentLive

Read More