Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: निजी क्षेत्रका ठूला वायु सेवा प्रदायक कम्पनी बुद्ध एयर र यति एयरलाइन्सले यात्री आकर्षित गर्न केही समयका लागि भाडा छुट गरेका छन् । पर्यटकीय क्षेत्र पोखराबाट धेरै सङ्ख्यामा यात्रु तान्न ती कम्पनीले भाडादर रु एक हजार ५०० तोकेका हुन् । मुख्य पर्यटकीय याम शुरु भएको र पोखरामा आन्तरिक तथा विदेशी पर्यटकको चाप बढेकाले बढीभन्दा बढी यात्री आकर्षण गर्न यो ‘अफर’ ल्याइएको कम्पनीको भनाइ छ । बुद्ध र यतिले पोखरामा बिहानको पहिलो उडानको भाडादर रु एक हजार ५०० तोकेका छन् । तर यो सहुलियत केही दिनका लागिमा मात्रै हो । अवस्था हेरेर पुनः बढाउन सकिनेछ । सामान्य अवस्थामा काठमाडौँदेखि पोखराको…

Read More

काठमाडौँ: सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले सञ्चालन गर्न लागेको नेपाल पर्यटन वर्ष सफल पार्न दक्ष र सीपयुक्त शिक्षित होटल व्यवस्थापनका जनशक्ति चाहिने यस क्षेत्रका विज्ञहरूले औंल्याएका छन् । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन ९गेट कलेज०को शनिबार राजधानीमा आयोजित आठौं दीक्षान्त समारोहमा बोल्ने पर्यटन क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले पर्यटन क्षेत्रमा व्यापक रोजगारीका अवसरहरू सिर्जना हुँदै गएको भए पनि अझै दक्ष जनशक्तिको अभाव रहेको औंल्याएका हुन् । “नेपाल सरकारले सन् २०२० भित्र २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ, भर्खरैमात्र लोन्लीप्लानेटले काठमाडौंलाई विश्वकै घुम्नै पर्ने सहरभित्र समेटेको छ,” अन्तर्राष्ट्रिय पर्यटन शिक्षाविद् डा। बर्न…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिका र महानगरीय प्रहरी कार्यालयबीच समुदाय–प्रहरी साझेदारीसम्बन्धी अवधारणा निर्माण गरी कार्यान्वयन गर्ने विषयमा सहमति भएको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापाबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त अवधारणमा अपराध रोकथाम, सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना र समग्रमा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ । सोही विषयमा शुक्रबार नागार्जुन नगरपालिका र महानगरीय प्रहरी परिसरबीच हस्ताक्षर भएको छ । सुरक्षा विकासको पूर्वशर्त हो भने विकास सुरक्षित समाजको आधार हो भन्ने सामुदायिक प्रहरीको सोचअनुरूप विकास, सेवा प्रवाह र सुरक्षालाई एकीकृतरूपमा उक्त अवधारणालाई अगाडि बढाउने लक्ष्य राखेको…

Read More

काठमाडौँ: चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाल सरकारलाई १५० मिलियन चिनियाँ युआन (करिब दुई अर्ब ५३ करोड रुपैयाँ) सहायता प्रदान गर्ने सम्बन्धी सम्झौतामा शनिबार बेइजिङमा हस्ताक्षर भएको छ। चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र उनका चिनियाँ समकक्षी वेइ फेङहेले सहायतासम्बन्धी सम्झौतामा आज बेइजिङमा हस्ताक्षर गरे । आगामी पाँच वर्षमा उक्त सहायता प्राप्त हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । त्यसअघि दुवै देशका रक्षामन्त्रीले आपसी हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए। प्रतिरक्षा विश्वविद्यालय स्थापनामा सघाउन अनुरोध उपप्रधानमन्त्री पोखरेलले नेपालमा सैन्य विश्वविद्यालय स्थापनामा सघाउन गरेको अनुरोधलाई उनका चिनियाँ समक्षीले सकारात्मक रुपमा लिदै दुवै देशका…

Read More

काठमाडौँ: काभ्रेमा पूर्व एआईजीसहितका प्रहरीका वरिष्ठ अधिकारी सवार जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। काभ्रेको मण्डनदेउपुर नगरपालिका–६, गैह्रीबिसौना, भागेटारमा बा ३ च २८७ नंम्बरको टोयटा जिप शनिबार दिउँसो सडकबाट पाँच सय मिटर तल खसेको हो। दुर्घटनामा नमोबुद्ध नगरपालिका १० बस्ने २५ वर्षीय जीवन पराजुली र सोही स्थानका ४४ वर्षीय विनोद कार्कीको घट्नास्थलमै मृत्यु भएको छ। दुर्घटनामा पूर्व एआइजी किरण गौतम, बहालवाला डिआइजी सुशील भण्डारी, सिताराम हुमागाईं र प्रदीप बोहरा गम्भीर घाइते बनेका छन्। घाईतहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गरेको प्रहरीले जनाएको छ। डिआइजी भण्डारी प्रहरी प्रधान कार्यालयको अन्वेषण शाखामा कार्यरत छन्।

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई वैधानिकता दिएर गलत नजिर बसाल्न लागेको बताएका छन्। आज रिपोर्टस् क्लबमा आयोजित पत्रकार भेटघाटमा उनले गलत नजिर बस्दा पछि अफ्ठेरो पर्ने भन्दै आयोगको निर्णय विरुद्ध सर्वाेच्च अदालत जाने बताए । आधिकारिक पत्र आफूहरुलाई नआएको मिडियाबाट मात्रै थाहा पाएको बताउँदै उनले भने, “पत्र आएपछि उक्त निर्णयविरुद्ध हामी एक हप्ताभित्रमा सर्वाेच्च जान्छौँ ।” उनले व्यावहारिकरुपमा नेपाल कम्युनिष्ट पार्टी भनेपछि कमा, कोष्ट राख्दैमा त्यसको पहिचान हुने खालका कुनै पनि नाम अरुलाई दिन नहुने धारणा राख्दै छुट्टै पहिचान हुने खालको नाम दिनुपर्ने बताए । उनलेआफू, मोहन वैद्यलगायतसँग मिलेर नयाँ कम्युनिष्ट आन्दोलनको…

Read More

कोलम्बो:  श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटका बीच शनिबार संसद् निलम्बन गर्नुभएको छ । प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रीपरिषद् विघटन भोलीपल्ट राष्ट्रपति सिरिसेनाले संसद् पनि निलम्बन गर्नुभएको हो । संसद्का उच्च अधिकारीले आउँदो नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपतिले संसद् निलम्बन गर्नुभएको पुष्टी गरेका छन् । शुक्रबार बेलुका अपदस्थ गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संसद्को आपत्कालिन बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपतिले संसद्नै निलम्बन गरिदिनुभएको हो । विक्रमासिङघेले संसद्मा आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै बहुमत पुष्टी गरेर देखाउने बताइरहनुभएको थियो । उहाँले संसद्मा आफ्नो पक्षमा बहुमत भएकाले राष्ट्रपतिले आपूmलाई हटाउन नमिल्ने दावी पनि गर्नुभएको छ । संसद्मा आगामी आर्थिक वर्षका लागि…

Read More

काठमाडौँ: विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रम शुरु भएको छ । कार्यक्रममा राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने अपेक्षासहित चियापानमा सहभागी हुन सबैलाई आग्रह गरिएको छ । अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना हुने कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लगायत शीर्ष नेताहरुले स्वागत गर्नुहुनेछ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक चियापान आयोजना भएको हो ।

Read More

काठमाडौँ: काठमाडौँको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मुलगेट नजिकै ढलमा खसेर आज बिहान एकजनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका– १५ चागलका श्याम श्रेष्ठ रहेका छन् । आज बिहान साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकेर निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा भेटिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब निरीक्षक बलराम झाले जानकारी दिए। “उक्त स्थानमा महीनौँदेखि ढलको छोप्ने भाग खुला रहँदै आएको थियो । बिहानै अँध्यारोमा साइकल लिएर हिँड्दा श्रेष्ठ खाल्डोमा खसेको हुनुपर्छ”, उनले भने।

Read More

काठमाडौँ: धितोपत्र बजारमा यस साता विभिन्न छ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न वित्तीय संस्थाको लाभान्स र हकप्रद शेयर बजारमा सूचीकृत भएको हो । स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९२२ कित्ता लाभान्स शेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाको आधारमा सो बैंकले शेयरधनीलाई लाभान्स शेयर दिएको हो । प्रभु इन्सुरेन्स कम्पनीको पनि ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । स्टकका अनुसार समिट लघुवित्त वित्तीय संस्थाको आठ हजार ४४० कित्ता हकप्रद शेयर यसै साता सूचीकृत भएको…

Read More