काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे भ्रामक खबर लेखेको भन्दै प्रहरीले मंगलबार पाथिभरा ‘अनलाइन डटकम’ का अध्यक्ष/संचालक हरि मानन्धरलै पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार साँझ ६ बजे मानन्धरलै उनकै निवास गोठाटारबाट पक्राउ गरेको हो।
मानान्धरको अनलाइनले शनिबार र आइतबार प्रधानमन्त्रीको स्वास्थ्यलाई लियेअर आपत्तिजनक समाचार र सनसनीपूर्ण हेडलाइन लेखेको थियो।
त्यसको स्क्रिनसट सामाजिक संजालमा पोस्ट गरिएको थियो। महासाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले भ्रामक प्रचार भएकोले त्यसबारे बुझ्न पक्राउ गरिएको जनाए।
Facebook Comments Box