Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन् । भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा रु १५ लाख र उपत्यकामा रु २५ लाख सहुलियत ऋण दिने घोषणा गरेको थियो । हालसम्म दुई प्रतिशत ब्याजदरको ऋण करीब एक हजार ३००पीडितले मात्र पाएका छन् । बैंक तथा वित्तीय संस्थाले दुई प्रतिशत ब्याजदरमा ऋण दिन आलटाल गरेपछि यो व्यवस्था हटाइएको हो । अब ऋण लिनका लागि सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने गरी रु एक अर्बको कोष खडा गर्न लागेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । “भूकम्प…

Read More

काठमाडौं: अस्वस्थताका वावजुत पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार मन्त्रिपरिषद बैठक राखेका छन् । प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीका अनुसार उनको स्वास्थ्यमा केहि सुधार आएकोले आज अपरान्ह ३:३० बजे बैठक डाकिएको हो । उनलाई शुक्रबारबाट रुघाखोकीले च्यापेको थियो। सोही कारण शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी हुन नसकेको प्रधानमन्त्री ओलीको स्वास्थ्य शनिबारको तुलनामा आइतबार केही सुधार आएको उनको सचिवालयले जनाएको छ । रुघाखोकीले सताएपछि प्रधानमन्त्री ओलीलाई चिकित्सकले आराम गर्न सुझाव दिएअनुसार ओली बालुवाटरमै आराम गरिरहेका छन् । ‘शनिबारको तुलनामा आइतबार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही सुधार आएको छ,’ ओलीको सचिवालयले भनेको छ । यद्यपी ओलीको स्वास्थ्यअवस्थाबारे प्रधानमन्त्रीको सचिवालयले अहिलेसम्म…

Read More

काठमाडौँ : शेयर बजार उतार चढावमा रहेका बेला विभिन्न पाँच बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब ८५ करोड रुपैयाँ बराबरको म्युचअल फण्ड योजना अगाडि सारेका छन् । म्युचअल फण्ड बिक्रीका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार ग्लोबल आइएमइ बैंकले ‘ग्लोबल आइएमइ म्युचअल फण्ड’ योजनाका लागि आवेदन दिएको छ । कूल १२ करोड इकाइ सो योजनामा बिक्री गरिनेछ । यस्तै सिटिजन म्युचअल फण्ड दोस्रो बिक्रीका लागि अनुमति माग्दै बोर्डमा आवेदन दिइएको छ । कूल एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ, एनएमबी बैंकको एनएमबी–५० को एक अर्ब २० करोड रुपैयाँ बराबरको १२…

Read More

काठमाडौँ: अमेरिकाको पेन्सिलभेनियाको पिट्सबर्गमा एक अज्ञात व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । घटनामा छ जना घाइते भएका छन् । यहुदिहरुको बसोबास रहेको स्क्वीरिल हिल क्षेत्रमा बन्दुक आक्रमण भएको हो । अन्धाधुन्द गोली चलाएपछि उक्त व्यक्तिले आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ। आक्रमणकारी ४६ वर्षीय रोबर्ट डी  बोवर्स रहेको बताइएको छ । तर उनले किन गोली चलाए भन्ने खुलेको छैन । यहुदीहरुको प्रार्थना चलिरहेको बेला गोली चलेको थियो । रिपोर्टहरुका अनुसार यहुदीहरुको पवित्र पूजास्थल ट्री अफ लाइफ सिनगोंगमा एकजना गोरो वर्णको व्यक्ति असाल्ट राइफल र दुईवटा पेस्तोलसहित प्रवेश गरेका थिए र गोली चलाएका थिए । यसअघि स्थानीय प्रशासनले…

Read More

वासिङ्टन: आर्थिक सङ्कटबाट अघि बढेको अजेन्टिनालाई दिइदै आएको कर्जालाई अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ५६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ । आइएमएफको कार्यकारी समितिले आर्थिक तथा मुद्रा गिरावटको सङ्कटलाई सम्बोधन गर्नका लागि ५.७ अर्ब तत्काल उपलब्ध गराएको तर यसको प्रयोगका लागि भने कडा शर्त अघि सारिएको जनाएको छ । अन्तराष्ट्रिय मुद्रा कोषले दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनालाई यही बर्षको जुन महिनामा ५० अर्ब कर्जा उपलब्ध गराउने सहमति जनाएको थियो । जसमध्ये १५ अर्ब डलर फिर्ता भइसकेको छ । राजनीतिक अस्थिरताका कारण पछिल्ला केही बर्षमा अर्जेन्टिनाले आर्थिक सङ्कटको सामना गर्दै आएको छ । ब्युनर्स आयर्सको तीब्र खर्चका कारण उसले थप आर्थिक…

Read More

म्याग्दी: १८ महीनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगङ्गा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ । पत्र र मौखिक रूपमा पटक–पटक ताकेता र म्याद थप गर्दा समेत ढिलासुस्ती गरेकाले ठेकेदार कम्पनी गोर्खा कन्ट्रक्सन एण्ड स्वच्छन्द जेभीसँग भएको सम्झौता रद्द गरिएको रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए । पुरानो सम्झौता रद्द भएपछि बाँकी काम नयाँ प्रक्रियाबाट पूरा गरिने उनले बताए । ४० मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको कार्यालय र कर्मचारी आवासको लागि रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा १८ महीनामा १० वटा भवन बनाउन कम्पनीसँग नेपाल विद्युत् प्राधिकरणले रु ११ करोड १० लाख…

Read More

पर्बत: महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरी बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछि पर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् । गाउँपालिकाभित्रका वडाहरूमा बाँदरले कृषकको बाली खाइदिने तथा नष्ट गर्ने समस्याबाट पीडित भएपछि अभियान सञ्चालन भएको थियो । बाँदर नियन्त्रण अभियान सफल भएपछि कृषक तथा सर्वसाधारण खुसी भएका छन् । गाउँपालिकाका एक हजार सात सय ८२ मध्ये एक हजार घरधुरीका बासिन्दा बाँदरबाट पीडित भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए । अभियान सञ्चालन भएपछि कृषकहरूलाई ठूलो राहत मिलेको महाशीलाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए । अघिल्लो वर्षसम्म बाँदर आतंकको गुनासो गर्दै आउने कृषकहरू पनि…

Read More

दुल्लु: दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छिन् । आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ । ती महिलाले आफ्नै छोरालाई विषसेवन गराउँदा सात वर्षीया बालक आयूष नेपालीको मृत्यु भएको छ । अन्दाजी २४ वर्षीया कल्पना नेपालीले आफ्ना दुई छोरासहित आफूले पनि विषसेवन गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । बालक आयूषको उपचारको क्रममा निधन भएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए । उनका अनुसार विषसेवन गरेका आमा कल्पना नेपाली र छ महिनाका अर्का छोरा अङ्कित नेपालीको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार…

Read More

काठमाडौँ: काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा नेपाल प्रहरीका डिआइजीसहित तीन जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका डिआइजी शुशिल भण्डारी, पत्रकार जीवन पराजुली र विनोद कार्कीको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता उत्तम राज सुवेदीले पहिलोक्लिकलाई जानकारी दिए। उनका अनुसार दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा अघि साँझ ६:३० बजे मृत्यु भएको हो। हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नपा–४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नपा–१० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु…

Read More

काठमाडौँ: नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउँदै हुनुहुन्छ । दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले सोमबार आयोजना हुने विशेष समारोहमा हस्ताक्षर गर्नेछन । नेपाल र मलेसियाबीच डेढ दशकदेखि श्रम सम्बन्ध रहेपनि आहिलेसम्म श्रम सम्झौता हुन सकेको छैन । विभिन्न समयमा श्रम सम्झौताको प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन । श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन गत महीना नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो । गत असोज १२ गते मलेसियाको पुत्राजयमा नेपाली पक्ष र…

Read More