Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलब ७९ विन्दुले घटेर एक हजार २४१ दशमलब ६४ विन्दुले बढेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शून्य दशमलब४५ विन्दुले घटेर २६४ दशमलब १० विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १५२ कम्पनीको १४ लाख ६४ हजार ८९४ बित्त शेयर रु ३३ करोड ५८ लाख ६५ हजार ५२३ मूल्यमा खरिदबिक्री भएको छ । कारोबार रकम भने आइतबारको तुलनामा बढी हो । स्टकका अनुसार कारोवार भएका विभिन्न दश उपसमूहमध्ये पाँच उपसमूहको शेयर कारोवारमा वृद्धि…

Read More

काठमाडौँ: नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इञ्जीनीयर भरत रेग्मीले आज उपत्यकाका विभिन्न पम्पलाई ११ लाख ५० हजार लिटर पेट्रोल र सात लाख ५० हजार लिटर डिजेल उपलब्ध गराइएको जानकारी दिए। डिपोले आइतबार पनि पर्याप्तमात्रामा बजारमा इन्धन पठाएको थियो । आइतबार १० लाख ३८ हजार लिटर पेट्रोल र १० लाख २९ हजार लिटर डिजेल उपत्यकाका विभिन्न पम्पमा पठाइएको उनले बताए । पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएकाले कुनै अवस्थामा इन्धन अभाव नहुने जानकारी…

Read More

गुल्मी: गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप आज बिहान ७ बजे दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपककुमार बस्नेतले जानकारी दिए। गाडी सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले अहिले घटनास्थलमा जाँदै गरेको बताएको छ ।

Read More

काठमाडौं: अफगानिस्तान प्रिमियर लिग क्रिकेटको आफ्नो डेब्यु खेलमै नेपाली क्रिकेटर तथा स्टार सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै व्यक्तिगत दुई विकेट लिएका छन्। नगरहर लिओपार्डमा अनुबन्धित सन्दीपले पक्तिया प्यान्थर्सविरुद्ध २ विकेट लिएका हुन् । प्यान्थर्सविरुद्ध ४ ओभर बलिङ गर्दै सन्दीपले २३ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका हुन् । आफ्नो पहिलो ओभरमा सन्दीप महंगो सावित भएका थिए। उनले पहिलो ओभरमा १८ रन खर्चेका थिए । आफ्नो दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले उत्कृष्ट पुनरागमन गर्दै १ रन मात्रै दिएका थिए । त्यसपछि आफ्नो तेस्रो ओभरमा भने सन्दीपले चमत्कारीपूर्ण प्रदर्शन गरे । उनले यो ओभरमा २ रन खर्चेर २ विकेट लिए ।…

Read More

वासिङ्टन: अमेरिकी रक्षामन्त्री जिम म्याटिसलाई ‘डिमोक्र्याट जस्तो’ भन्दै उनलाई बिदा उक्त जिम्मेवारीबाट बिदा दिन सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार प्रकाशित एक अन्तर्वार्तामा बताएका छन्। म्याटिसलाई राष्ट्रपति ट्रम्पको मन्त्रीपरिषद्को केही स्थिर तथा स्वतन्त्र सदस्यहरूमध्ये एक सदस्यका रूपमा लिने गरिन्थ्यो । अमेरिकी पत्रिका सीबीएसलाई दिएको के राष्ट्रपति म्याटिसलाई बिदा गर्न चाहेको छ भन्ने करिब ६० मिनेट लामो अन्तर्वार्तामा उनलाई बिदा दिइनसक्ने सम्भावना पनि रहेको उनले भने । अमेरिकी राष्ट्रपति ट्रम्पले थपे, “मेरो विचारमा उहाँ डेमोक्रेटजस्तो छन् त्यसैले उनले बिदा लिन पनि सक्नुहुन्छ ।” “यद्यपि जनरल म्याटिस असल व्यक्ति हो । हामी सँगसँगै र राम्रो सम्बन्धका साथ काम ग¥यौँ । उहाँले छोड्न…

Read More

काठमाडौँ: नेपाली काङ्ग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाले शोकस्वरुप चियापान कार्यक्रम पछाडि सार्ने निर्णय भएको पार्टी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले जानकारी दिए। पार्टी शोकमा रहेकाले श्रद्धाञ्जलिबाहेकका अन्य सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय भएकोे अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले बताउनुभयो । नेता बाँस्तोलाको असोज २७ गते निधन भएको थियो ।

Read More

काठमाडौँ: लामो प्रतीक्षा पछि शाहवंशावलीको विरासतका रूपमा रहेको श्रीपेच सोमबारबाट सर्वसाधारणले हेर्न पाउने व्यवस्था गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नारायणहिटी दरवार संग्राहलयमा श्रीपेच, राजदण्ड लगायतहरुको प्रदर्शनी उद्घाटन गरेपछि सर्वसाधारणका लागि खुला गरिनेछन्। उद्घाटनपछि नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले श्रीपेच अवलोकन गर्न पाउनेछन् । सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री राखिनेछन् । पुरातत्व विभागले सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिने जनाएको छ । बुलेट प्रुफ सिसासहितको सोकेसमा श्रीपेच हुने बताइएको छ । केही महिनाअघि विभागद्वारा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न सुझावसहितको प्रतिवेदन संस्कृति सचिवसमक्ष बुझाएको थियो । सरकारले…

Read More

काठमाडौं: दशैं बिदाको समेत बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टरबाट सेवाग्राहीलाई सेवा दिने जनाएका छन्। बैंकहरुले बिदाको दिन सेवा दिने भन्दै काउन्टर र शाखाहरु खुला रहने मिति र समय बारेमा धमाधम सूचना जारी गरिरहेका छन् । अधिकांश बाणिज्य बैंकहरु दशैंको बिदामा समेत खुल्ने उसले जनाएको छ । प्राय: जसो बैंकहरुले बिदाको दिन पनि ३ घण्टा काउन्टर र आफ्ना शाखाहरु खुला राख्ने सूचना जारी गरेको छ। त्यस्ता बैंकहरुमा सिद्धार्थ, बैंक, सानिमा बैंक, प्रभु बैंक, हिमालयन बैंक, नबिल, जनता, स्ट्याण्डर्ड चार्टड बैंक रहेका छन् । प्राय बैंकहरुले विदाको दिन खुला रहने काउन्टरको बारेमा सूचना सार्वजनिक गरेका छन्।

Read More

काठमाडौँ: नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौँमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ । प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँ दिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्किएका छन् । ‘भारतीय प्राविधिकले डिफेन्स कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि प्रधानमन्त्री तहकै वार्तामा फर्केको छ । प्रविधिकको वार्ताबाट टुंगिएन ।’ उनका अनुसार नेपालले मागेको हवाई रुटमुनि आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चाप रहेको भन्दै भारतले अनुमित दिन नसकिने जनाएको हो । प्राविधिक तहको उक्त एक दिने बैठक बिहिबार दिल्लीस्थित राजीव…

Read More

काठमाडौँ: दशैँको पाँच दिन सिसडोल ल्याण्डफिल साइट बन्द हुने भएको छ । स्थानीय जनताको आग्रह र काठमाडौँ नगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । कमपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुवँरले फूलपातीदेखि एकादशीसम्म राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न नसकिने स्पष्ट पारे । कुँवरले स्थानीयलाई दशैँमा दुर्गन्धित हुने भएपछि केही दिनका लागि फोहोर व्यवस्थापन रोक्न लागेको बताए । स्थानीयले दशैँमा फोहोर व्यवस्थापन नगर्न चेतावनीसमेत दिएका थिए । कामपाले सो अवधिमा घरबाट संकलन हुने फोहोर घरमानै व्यवस्थापन गर्न अपिल गरेको छ ।

Read More