Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाले रु एक अर्ब ४४ करोड बराबरको एक करोड ४४ लाख कित्ता सीमित साधारण शेयर बिक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले गत असोज २९ गते सीमित साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको हो । उक्त शेयरमा आयोजनाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीले आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३७ प्रतिशत शेयर रहेको छ ।…

Read More

घोराही: नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको बताएका छन्। नेकपा दाङले दशैँका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले ओलीको सरकार गिराउने विषय अफवाह मात्रै भएको स्पष्ट पारे। “हाम्रोबीचमा केही समस्या छैन, मिडियाले हल्ला फैलाएको मात्रै हो”, नेता नेपालले भने, “वामदेव निर्वाचन लड्ने कुरा पनि धेरै हल्ला भयो, त्यो सबै झुट हो ।” नेता नेपालले नेपालको कम्युनिष्ट सरकार विश्वकै लागि प्रेरणाको विषय बनेको उल्लेख गर्दै नेपाली काङ्ग्रेसबाट सरकारले रचनात्मक प्रतिपक्षको अपेक्षा गरेको बताए । नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले नेपालको कम्युनिष्टले प्राप्त गरेको जनताको मत…

Read More

सीशहर: अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को भ्रमणका लागि आउने नेपाली पर्यटकले पनि प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । यसअघि विदेशी पर्यटकले मात्र प्रवेश शुल्क तिर्दै आएकामा असोज अन्तिमदेखि लागू हुने गरी नेपाली पर्यटकले पनि शुल्क तिर्नुपर्ने भएको हो । नेपालीलाई प्रवेश शुल्कबापत रु १०० शुल्क तोकिएको छ । सरकारले अन्नपूर्ण संरक्षण क्षेत्रसँगै मनास्लु संरक्षण क्षेत्र र गौरीशङ्कर संरक्षण क्षेत्रमा घुम्न जाने नेपाली पर्यटकको प्रवेश शुल्क तोकेको हो । विदेशी पर्यटकलाई लिँदै आएको प्रवेश शुल्कमा समेत वृद्धि भएको छ । सरकारले सार्क मुलुकका नागरिकलाई रु २०० बाट बढाएर रु एक हजार शुल्क तिर्नुपर्ने बनाएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)बाहेक…

Read More

काठमाडौँ: वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिमा आश्रित ४४२ जनालाई विभिन्न आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोजको प्रगति विवरण सार्वजनिक गर्दै बोर्डले वैदेशिक रोजगारीका क्रममा गन्तव्य मुलुकमा विभिन्न कारणबाट मृत्यु भएका ७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको जनाएको छ । बोर्डले श्रम स्वीकृति लिएर विदेश गएका कामदारको करार अवधिभित्र मृत्यु भएमा राहतस्वरुप रु सात लाख उपलब्ध गराउने गरेको छ । कामका सिलसिलामा अङ्गभङ्ग वा बिरामी परेका ४२ कामदारलाई समेत आर्थिक सहायता उपलब्ध गराइएको बोर्डले जनाएको छ । कामदारका परिवारका छ जनालाई औषधोपचार सहयोग उपलब्ध गराएको छ । वैदेशिक रोजगार ऐन, २०६४…

Read More

काठमाडौँ: दशैँ, तिहारजस्ता महत्वपूर्ण पर्वको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गर्ने पात्रो (पञ्चाङ्ग) मै राख्न माग गरिएको छ । राष्ट्रिय धर्मसभा, नेपालले पाँचौँ पण्डित सम्मेलनका बारेमा जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समितिले केही व्यक्तिको परामर्शमा मात्र साइत निकाल्दा त्रुटि बढ्न थालेकाले बृहत् भेलाबाट साइतलगायत महत्वपूर्ण निर्णय गर्नुपर्नेमा जोड दिइएको हो । विसं २०७६ को पञ्चाङ्गमा सबै साइत राख्ने व्यवस्था गर्न माग गरिएको हो । धर्मसभाका अध्यक्ष एवं समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले घटस्थापनाका दिन चित्रा र वैधृति शान्ति गरेर जमरा राख्नुपर्नेमा साइत मात्र सार्वजनिक गर्दा सर्वसाधारण अन्योलमा परेको बताउनुभयो । “पहिले सरोकार भएका सबैलाई राखेर…

Read More

पाँचथर: नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ओली नेतृत्वको सरकार कुहिरामा हराएको कागजस्तो भएको आरोप लगाएका छन्। ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न जाँदै गर्दा पाँचथरमा सञ्चारकर्मीसँगको भेटमा उनले आफूहरु विपक्षमा रहे पनि शालीनतापूर्वक सरकारलाई सच्चिन आग्रह गरिरहेको बताए । उनले संसद्मा सामान्य अवरोध नगरेर तोजफोड गर्दा, चक्काजाम गर्दा र नेपाल बन्द गर्दा मात्र प्रतिपक्षको भूमिका नहुने बताए । अर्को फरक प्रसङ्गमा काङ्ग्रेसले हरेक निर्वाचनमा एउटा निर्वाचन हार्ने र अर्को निर्वाचन जित्ने गरेको समेत बताए । उनले नेपाली काङ्ग्रेसले आफ्नो बाटो परिवर्तन नगरेकाले विचारको हिसाबले जितेको पार्टी भएको बताए ।

Read More

काठमाडौँ: यातायात व्यवस्था विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको छ । मालिका इन्कर्पोरेट लिमिटेडलाई ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागले यो सम्झौता गरेको हो । पाँच लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो । लिमिटेडले ४५ दिनमा पाँचदेखि छ लाख स्मार्ट कार्ड लाइसेन्स छापी सक्ने गरी सम्झौता भएको हो । कार्ड छापेवापत कम्पनीले एउटा बराबर रु १५ पाउँछ । कार्ड, विद्युत्लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउने…

Read More

ललितपुर: साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नै मुलुकमा उत्पादन भएको जलविद्युत्ले वातावरण र जनस्वास्थ्यलाई सकारात्मक असर गर्ने बताउनुभयो । विद्युतीय बसले ऊर्जाको किफायत गर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “हाम्रो देशमा आफ्नो पेट्रलियम पदार्थ नहुँदा विद्युतीय बस सञ्चालनमा जोड दिन खाँचो छ ।” उपत्यकामा मात्र हजारौँ गाडी र आठ लाख बढी मोटरसाइकल गुडिरहेको उहाँले बताउनुभयो । आगामी दिनमा विद्युतीय सवारीको प्रबद्र्धन गर्दै जाने उहाँको भनाइ थियो । नेपाल विद्युत् प्राधिकरणले २० ठाउँमा चार्जिङ स्टेशन स्थापना गर्ने उहाँले…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महीनादेखि रु १० करोड बढीको लगानीमा २५ श्ययाको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ । अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे तथा सिटीस्क्यान सेवा रहेको छ । त्यस्तै वातानुकूलीत क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसीलगायतको सेवा रहेको अस्पतालका अध्यक्ष धीरेन्द्र साउँदले जानकारी दिए। निजी क्षेत्रकै लगानीमा गत असारदेखि धनगढी– ५ मा ‘निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा आएको छ…

Read More

कपिलवस्तु: कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको थियो । कफ्र्यु हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । शनिबारदेखि बढेको विवाद आजदेखि सामान्य बनेको हो । कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो । प्रशासनले कफ्र्यु कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कफ्र्यु…

Read More