काठमाडौँ: एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय संखुवासभाको मानेञ्ज्याङ्ग पनि सञ्चालनमा आएको छ।
उक्त शाखा कार्यालयको नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्।
समारोहमा बोल्दै निर्देशक निरौलाले सम्पूर्ण स्थानीय निकायहरुमा वाणिज्य बैँकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैँकको अभियानमा सहभागी भई स्थानीय निकायहरुमा शाखा कार्यालय खोल्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेकोमा एनआईसी एशिया बैंकको प्रशंसा गरे।
एनआईसी एसियाको मुलुकभर २६४ शाखा कार्यालयहरु, २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।