काठमाडौँ: गृहमन्त्री रामबहादुर थापा‘बादल’ले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्नसके मात्रै मुलुक बलियो हुने बताउनुभएको छ ।
विभागमा आज आयोजित १८औं अनुसन्धान अधिकृत आधारभूत तालिम, दिक्षान्त कार्यक्रममा गृहमन्त्री थापाले जून मुलुकको जासुुुसी संयन्त्र बलियो छ तिनै मुलुकले आर्थिक र सामाजिक विकास गरीरहेको टिप्पणी गरे ।
उनले अन्य सुरक्षा निकायलाई औँला र विभागलाई आँखाको संज्ञा दिँदै यि निकायबीचको समन्वयमा मात्रै अपराधका घटना नियन्त्रण गर्न सकिने बताए।
उनले भने, ‘ विभागले आँखाको रुपमा राष्ट्र र समाजका शत्रुहरुलाई पहिचान गर्ने, लक्ष्य तथा प्रहार स्पष्ट पार्नेे काम गर्नुपर्छ । यसले संकेत गरेका आधारमा अन्य सुरक्षा निकायले औंलाको काम गरी ट्रीगर दबाउनुपर्छ । ’
विभागले वस्तुनिष्ठ सूचना, तथ्य र तथ्यांक संकलन गर्न आवश्यक रहेकोमा जोड दिँदै गृहमन्त्री थापाले कल्पनाको आधारमा योजना बनाउँदा असफल हुने बताए ।
उनले भने, ‘ सहि योजना बनाउन पर्याप्त सूचना आवश्यक छ । त्यसका लागि तपाईहरुले अझै मिहिनेत गर्नुहोस् । ’
बिभिन्न नाममा देशमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिया भईरहेको भन्द्यै तिनको समेत निगरानी बढाउन गृहमन्त्रीले निर्देशन दिए ।
उनले कार्यक्रममा दिक्षित भएका अधिकृतहरुलाई कार्यकाल सफलताको सुभकामना दिँदै देशले उनिहरुबाट धेरै आशा लिएको भन्दै सोही अनुसार जिम्मेवारी निर्वाह गर्ने विश्वाँस व्यक्त गरे ।
कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विभागको महत्व धेरै भएपनि सो अनुसार काम हुन नसकेको बताउँदै यसलाई थप प्रभावकारी बनाउने तयारी भईरहेको जानकारी दिए।
अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीले राज्यको आवश्यकता र सोँच अनुसार आफूहरु परिवर्तित भई काम गर्न तयार रहेको स्पष्ट पारे।
तीन महिना चलेको सो तालिममा उत्कृष्ट प्रशिक्षार्थी किरण भट्टराई सहित २२ जना प्रशिक्षार्थीहरुलाई कार्यक्रममा गृहमन्त्री थापाले प्रमाणपत्र प्रदान गरेका थिए ।