Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
चितवन: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासका लागि किशोर किशोरीमा सामाजिक भावना हुनु जरुरी रहेको बताएका छन् । क्लिनिक नेपाल मेघौलीको आयोजना तथा बेलायत स्काउटको सहयोगमा आजबाट मेघौलीमा शुरु भएको स्काउट जङ्गल क्याम्प २०१८ को उद्घाटन गर्दै उनले स्काउटमार्फत जागृत गरिएको सामाजिक भावनाले समग्र देश विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । पूर्वप्रधानमन्त्रीसमेत भएका देउवाले स्काउटको विश्व सञ्जालले किशोर किशोरीहरुमा सामाजिक सेवाको भावनाका साथै नयाँ खोज र अन्वेषणमा सहयोग गर्दै आएको बताए । उनले भने “स्काउटमार्फत हुने अन्तर क्षेत्रीय र अन्तरदेशिय कार्यक्रमले उनीहरुमा ज्ञान र सीपको आदानप्रदान हुँदै थप विश्वास बढाएको छ ।” सभापति देउवाले विकासका नयाँ नयाँ…
काठमाडौँ : साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज विजयी शुरुआत गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो । काठमाडौँमा शुरु चौथो संस्करणको साफ अन्डर १५ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । पहिलो हाफमा दुई गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । नेपालले शुरुआती अग्रता खेलको २८आँै मिनेटमा जान लिम्बूको पेनाल्टी गोलबाट लिएको थियो । राकेश विश्वकर्मालाई डिबक्सभित्र माल्दिभ्सका खेलाडीले फउल गरेपछि प्राप्त पेनाल्टीमा लिम्बूले गोल गरेका थिए । त्यस्तै खेलको ३५आँै मिनेटमा नमस थापा मगरले गोल…
काठमाडौँ: महालक्ष्मी विकास बैँकले शाखा सञ्जाल विस्तार गरी देशभर बैङ्गिग सेवा उपलब्ध गराउने क्रममा शुक्रबारका दिन देखि एकैसाथ चार नयाँ शाखाहरु मार्फत बैङ्गिग कारोबार सञ्चालनमा ल्याएको छ । नयाँ शाखा अन्तर्गत सुर्खेत जिल्ला, विरेन्द्रनगर नगरपालिका वडा नं ६, विरेन्द्रनगर स्थित सुर्खेत शाखा, बाकेँ जिल्ला कोहलपुर नगरपालिका वडा नं १०, कोहलपुर स्थित कोहलपुर शाखा, सिराहा जिल्ला लाहान नगरपालिका वडा नं १, लाहान स्थित लाहान शाखा तथा नवलपुर जिल्ला कावासोती नगरपालिका वडा नं ८, कावासोती स्थित कावासोती शाखा पर्दछन् । उल्लिखित चार नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात् यस बैंकको शाखा संख्या ८३ पुगेको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा…
काठमाडौँ:फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ । अघिल्लो महीना नेपाल १६०औँ स्थानमा थियो । दक्षिण एशियाली देशमा भारत सबैभन्दा माथि ९७औँ, माल्दिभ्स १५१, भूटान १८८आँै स्थानमा रहँदा बङ्गलादेश १९४आँै, पाकिस्तान १९९औँ र श्रीलङ्का २०१आँै स्थानमा रहेका छन् । विश्व बरियतामा बेल्जियमले शीर्ष स्थानमा अटाएको छ । विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजिल तेस्रो, क्रोएशिया चौँथो र इङ्ल्याण्ड पाँचौँ, छैटौँमा उरुग्वे, सातौँमा पोर्चुगल, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा स्पेन र दशौँमा डेनमार्क रहेका छन् ।
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर विद्युत् प्रसारण लाइन निर्माणका लागि ठेकदार छनोटको प्रक्रिया शुरु गरेको छ । मस्र्याङ्दी तथा त्यसका सहायक नदीमा निर्माणमा रहेका र निर्माणमा जाने तयारीका आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो । सो करिडोरमा एक हजार ६०० मेगावाट क्षमताका आयोजना निर्माणक्रममा छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको र त्यस अवधिमा प्राधिकरणले सब स्टेसन तथा प्रसारण लाइन बनाइसक्ने प्रतिबद्धता यसअघि नै जनाइसकेका छन् । उनले केही महीनाअघि प्रसारण लाइन तथा त्यस भेगमा निजी क्षेत्रले निर्माण गरिरहेका…
काठमाडौँ: कुनै वस्तु बिक्री गर्दा तपाईले परिमाणमा थोरै कमी गरी उपभोक्तालाई ठगी गरिरहनुभएको त छैन ? यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्दै आउनुभएको त छैन् ? आजैदेखि उपभोक्ता ठग्ने काम बन्द गर्नुहोस्, नत्र उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्थाअनुसार ठूलो जरिवानामा पर्नुहोला । हालैमात्र जारी ऐनले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न निषेध गरेको छ । उपभोक्ता संरक्षण ऐनको दफा १६ ले वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाइछिपाइ वा झुक्याई त्यस्तो वस्तु तथा सेवा बिक्री गर्न नपाइने व्यवस्था छ । त्यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गर्ने वा भ्रमपूर्ण विज्ञापन…
काठमाडौं: शेयर बजार परिसूचक नेप्से ८ दशमलब ८२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ८ दशमलब ८२ अंकले घटेर एक हजार २४१ दशमलब ११ अंकमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २ दशमलब १८ अंकले घटेर २६४ दशमलब ०१ अंकमा पुगेको छ । स्टकका अनुसार कूल १५६ कम्पनीको ९ लाख ४८ हजार ५४३ कित्ता शेयर २७ करोड ७१ लाख ८२ हजार ८९८ मूल्यमा खरिदबिक्री भएको छ । आजको कारोवारमा उत्पादन मूलक समूह बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ । निर्जीवन बीमा समूहको परिसूचक ४० दशमलब २४ अंक, होटल…
काठमाडौँ :साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । नेपाली टोलीका प्रशिक्षक सनोज श्रेष्ठले नेपालले घरेलु मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताए । “तयारी राम्रै भइरहेको छ, एन्फा एकेडेमीका खेलाडी र खुल्ला छनोटबाट आएको खेलाडी राम्रो लयमा छन् । यस पटक हाम्रो टोली साफ च्याम्पियनको उपाधिका लागि खेल्छ”, प्रशिक्षक श्रेष्ठले भने । आजै हुने पहिलो खेलमा सोही मैदानमा…
काठमाडौँ: जापान सरकारले भूकम्पबाट भत्केकोे सिन्धुली सडक मर्मतसम्भार गर्न एक अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे । पूर्वी तराईलाई राजधानी काठमाडौँसँग जोड्ने एकसय ६० किलोमिटर लामो सिन्धुली सडक जापानी अनुदानमा निर्माण भएको हो । बीस वर्षमा पूरा भएको उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको एक महिनापछिको भूकम्पले प्रभावित भएको थियो । आगामी एक वर्षमा मर्मतसम्भारको काम पूरा गर्ने लक्ष्यका साथ आगामी माघदेखि कार्यसञ्चालन हुने अर्थ मन्त्रालयले बताएको छ । कार्यक्रममा राजदूत…
काठमाडौँ: डलरसँग नेपाली रुपैयाँ कमजोर हुँदा र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हुँदा नेपाल आयल निगमको मासिक घाटा दुई अर्व नाघ्ने भएको छ। भारतीय आयल निगमले पठाएको पछिल्लो मूल्य सूची अनुसार निगमको १५ दिनको घाटा एक अर्व ४ करोड पुग्ने निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले बताए। उनले भने, ” अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र नेपाली रुपैयाँ कमजोर हुनु निगमको घाटा बढ्नु मुख्य कारण हो।” निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरे पनि सेप्टेम्बरमा निगमको घाटा ६३ करोड रुपैयाँ भएको थियो। उनका अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ५० पैसा, डिजलमा ९ रुपैयाँ ३२ पैसा, खाना पकाउने एलपिजी…