Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सफ्टवेयर बारम्बार बिग्रिएपछि अध्यागमन अधिकारीहरूले रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमति दिएका छन् । गत सोमबार दिउँसो एक बजे करिब एक घन्टासम्म नेपालबाट विदेश जाने यात्रुको रेकर्ड राख्ने इमी सफ्टवेयरले काम गरेको थिएन। यात्रुको लामो लाइनमा रहेका बेला अचानक पीआरएम अर्थात् पासपोर्ट रिडेबल मेसिनमार्फत इमी सफ्टवेयरमा डाटा इन्ट्री गर्ने काम बन्द भएको थियो। यात्रुको चाप र त्यही बेला सफ्टवेयरमा खराबी आएपछि अध्यागमन अधिकारीले सामान्य जाँच र पासपोर्ट पढेर प्रस्थान अनुमति दिएका थिए। एक अध्यागमन अधिकृतका अनुसार सफ्टवेयर बारम्बार ह्याङ हुने समस्या नौलो होइन । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

Read More

काठमाडौं: लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो । ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ । ३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ । त्यस्तै छ जनालाई बढुवा रोक्न भनिएको छ। निजामति सेवा ऐनअनुसार विभिन्न सेवा समूह सञ्चालन गर्ने निकाय वा मन्त्रालयले निजामती कर्मचारीलाई सजाय गर्नुपर्ने प्रावधान छ ।

Read More

मेलम्ची: श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पु¥याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक क्षेत्र नं २ ले आज मेलम्ची आयोजना गरेको विजया दशमी, दिपावली, छठ र ल्होछार पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले नेकपाको सरकार आएपछि छिमेकी देशसँगको सम्बन्ध राम्रो भएको बताए । मन्त्री बिष्टले शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता विषयलाई सरकारले उच्च प्राथमिकतामा राखिएको जानकारी दिए । पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले मुलुकको विकास र समृद्धितर्फ सरकार अघि बढेको बताउँदै मेलम्चीस्थित जिरोकिलो जोड्ने बाटो यही वर्षभित्र कालोपत्रे गर्ने काम अघि बढाइनेछ भने । प्रदेश नं ३ का सामाजिक…

Read More

काठमाडौँ: वाणिज्य बैंकहरुले एकआपसमा मिलेमतो गरी नयाँ व्याजदर कायम गर्ने समझदारी गरेका छन् । नेपाल बैंकर्स सङ्घको आजको बैठकले व्यक्तिगत बचत खातामा पाँच प्रतिशतसम्म व्याज दिने समझदारी गरेका हुन् । बैठकमा २८ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको सहभागिता थियो । यस्तै व्यक्तिगत मुद्दती खातामा नौ प्रतिशत र संस्थागत मुद्दती खातामा भने १० प्रतिशतसम्म व्याज दिने भएका हुन् । केही बैंकले निक्षेप तान्न भन्दै बचत खाता र मुद्दती खातामा बढी व्याज दिन थालेका थिए । त्यसबाट बचतकर्तालाई भने फाइदा भएको थियो । नवील बैंकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बैंकर्स सङ्घका पूर्वअध्यक्ष अनिलकेशरी शाहले व्याजदरमा केही सामान्य समझदारी भएको जानकारी…

Read More

धनुषा: जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध छ । सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुला गरिएको हुन्छ । त्यही झ्यालबाट पूजार्चना गरेर फर्किनुपर्छ । त्रेतायुगमा राजा जनकको राजधानी जनकपुरमा राजदेवी माता जनकको कुलदेवीका रुपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख छ । राजदेवी मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको मन्दिरका पुजारी राम गिरीको भनाइ छ । त्यस्तै रजस्वला भएकाहरु पूजाका लागि आउने गरेकाले पनि मन्दिरमा महिलाको प्रवेशमा रोक…

Read More

काठमाडौँ : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बारास्थित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनै पनि बहानामा रोकिन नहुने विज्ञ तथा सरोकारवालाले बताएका छन् । ‘द्रुतमार्ग, एयरपोर्ट’ निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले आज यहाँ आयोजित पत्रकार सम्मेलनका वक्ताले देशको गरिमा र अर्थतन्त्रलाई कायपलट गर्ने परियोजनाका रुपमा रहेको उक्त विमानस्थल निर्माणका काम तत्काल अघि बढाउन सुझाए । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्व महानिर्देशक विरेन्द्रबहादुर देउजाले निजगढ विमानस्थल दूरदृष्टियुक्त परियोजना देशको आर्थतन्त्रलाई नै कायापलट गर्ने परियोजना भएको यसलाई निर्माण अघि बढाउनुको विकल्प नभएको उल्लेख गरे । उनले भौगोलिकलगायत विविध समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा धेरै चुनौतीको सामना बेहोरिएको तथा अन्तर्राष्ट्रिय उडान…

Read More

काठमाडौ: प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति(सालेस)ले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज अपराह्न बसेको समितिको बैठकले यही असोज १८ गतेको समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरोकारवालाले प्रतिबद्धता जाहेर गरेअनुसार सो मूल्यलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुले सुलभ रुपमा यात्रा गर्न सक्ने गरी बस, माइक्रोबस तथा यातायात साधन र हवाई यातायातलाई सर्वसुलभ बनाई थप कडाइका साथ लागू गर्न समेत सरोकार पक्षलाई निर्देशन दिएको छ । त्यसैगरी समितिको यही असोज १५ को निर्णयानुसार खाद्यलगायत दैनिक…

Read More

वीरगञ्ज: दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट रु आठ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन् । भारत तथा तेस्रो मुलुकबाट सवारीसाधन नेपाल भित्रिएपछि वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वको ४० प्रतिशत ती सवारीसाधनबाट उठ्को भन्सार अधिकृत सन्तोष यादवले जानकारी दिए। चालू आवको साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६८० थान मोटरसाइकल तथा अटोरिक्सा, एम्बुलेन्स, ट्र्याक्टर, जीप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएको छ । नेपाल भित्रिने सवारीसाधनमा ९० प्रतिशत भारतबाट तथा १० प्रतिशत तेस्रो मुलुकबाट रहेको छ…

Read More

काठमाडौँ: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ । प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । “थुप्रै पीडितले हालसम्म पनि पहिलो, दोस्रो र तेस्रो किस्ता बुझिनसकेकाले समयावधि थप गरिएको हो”, उनले भने । प्राधिकरणको तथ्याङ्कअनुसार २०७५ असार मसान्तसम्म पहिलो किस्ता लिन बाँकी लाभग्राहीले पुस मसान्तसम्म समयावधि थप गरेको छ । त्यस्तै २०७६ बैसाख मसान्तभित्र दोस्रो र तेस्रो किस्ता लिइसक्नुपर्नेछ । हालसम्म पहिलो किस्तासमेत नपाउनेको लाभग्राहीको हकमा प्राधिकरणले फरक खालको समय सीमा निर्धारण गरेको छ । प्राधिकरणले पहिचान भएका सेवाग्राहीसँग…

Read More

काठमाडौँ: नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ। जिउँदो खसीबोका प्रतिकिलो पाँच सय रुपैयाँ र च्याङ्ग्रा सात सय रुपैयाँ किलो निर्धारण गरिएको संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए। ‘खसीबोका प्रतिकिलो ५१० रुपैयाँ र च्याङ्ग्रा ७१० रुपैयाँ मूल्य प्रस्ताव गरेका छौ,‘ सापकोटाले भने, ‘किलोमा १० रुपैयाँ छुट दिएर बेच्ने भएकाले खसीबोका प्रतिकिलो पाँच सय रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो सात सय रुपैयाँमा उपभोक्ताले पाउँछन्।‘ संस्थानले गत वर्ष खसीबोका प्रतिकिलो ४ सय ५५ रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ६ सय ७५ रुपैयाँमा बिक्री गरेको थियो। खसीबोकामा प्रतिकिलो ४५ रुपैयाँ र च्याङ्ग्रामा २५ रुपैयाँ मूल्य वृद्धि भएको छ। च्याङ्ग्राको मूल्य…

Read More