Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सडक निर्माण कार्यलाई सहयोग गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले कलङ्की नागढुङ्गा सडकखण्डको आसपास आज दिनभर विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत स्यूचाटार सवस्टेशनबाट प्रवाहित हुने विद्युत् कटौती गर्न लागेको हो । प्राधिकरणका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् कटौती गर्न लागिएको जनाएको छ । कलङ्की नागढुङ्गा सडकखण्डको ढुङ्गाअड्डादेखि तीनथाना बस विसौनीसम्म प्रसारण लाइन सार्नुपर्ने भएकाले स्युचाटार सब स्टेशनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने तीनथाना, नैकाप, सतुङ्गलगायतका स्थानमा विद्युत् कटौती हुने भएको हो । तोकिएको समयभन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा ५ बजेभन्दा अगावै लाइन सञ्चालन गर्न सकिनेसमेत प्राधिकरणले जनाएको छ । सडक निर्माण…

Read More

काठमाडौँ: स्थानीय बजारमा सुनको माग बढेसँगै चरम अभाव देखिएको छ । दशैंको अवसरमा सुनको माग बढेपनि आपूर्ति कमि हुँदा बजारमा सुनको अभाब भएको व्यवसायी तेज रत्न शाक्यले बताए । दशैं नजिकिँदै जाँदा माग पनि बढ्दै गएको र सरकारले माग अनुसार आपूर्ति नगर्दा बजारमा सुनको अभाव हुँदा उपभोक्ता तथा व्यवसायी मारमा परेको उनको भनाई छ । उनले भने नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा सुनको कोटा दैनिक २० किलोग्राम बाट २५ किलोग्राम बनाएपनि बैंकहरुले तत्काल आयात नगर्दा बजारमा सुनको चरम अभाव भएको हो । बैंकहरुले प्रक्रिया पुराउदा नया कोटा अनुसार आयात गर्न केहि समय लाग्ने बताएको भन्दै शाक्यले भने दशैं अघि बढेको परिमाणमा…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सोमबार बिहान बस्दै छ । आज अपराह्नका लागि तय भएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण स्थगित भएपछि सोमबार बिहानका लागि तय भएको हो । अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले अध्यक्षद्वयको कार्यव्यस्ताका कारण हिजो लागि निर्धारित सचिवालयको बहुप्रतिक्षित बैठक आज बस्ने गरी सरेको जानकारी दिए । बैठकमा पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय सङ्गठनको एकता, सरकार सञ्चालन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ । बैठकले एकता प्रक्रियालाई थप सार्थक बनाई सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण निर्णय गर्ने विश्वास…

Read More

भीमदत्तनगर: कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन । गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । मुलुककै ध्यान कञ्चनपुरमा केन्द्रित हुनुका साथै सबैतिर निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै विरोध एवं दवाव कार्यक्रमहरू भइरहेका बेला घटनाको अनुसन्धानमा खटिएको प्रहरीको अनुसन्धान टोली, प्रहरीकै केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोलीले अनुसन्धान तीव्र पारे पनि अभियुक्त नजिक भने पुग्नसकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाको नेतृत्वमा…

Read More

काठमाडौँ: ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र पूर्वाधारका कारण सञ्चालन गर्न सकेको थिएन । प्रालिका सञ्चालक प्रल्हाद लोहनीले लुम्बिनीको लागि तीनवटा अत्याधुनिक र सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको जानकारी दिए। सुविधायुक्त सोफा सिट रहेको बसमा चर्पीदेखि चुरोट पिउने कोठासम्म रहेको छ । काठमाडौँको गौशालाबाट बिहान ६ः३० बजे लुम्बिनीका लागि छुट्ने बसको टिकट ट्राभल नेपाल अनलाइनमार्फत समेत लिन सकिने लोहनीले…

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्याकाण्डको अनुसन्धान प्रक्रियामा लापर्वाही गरेको भन्दै थप ३ जना प्रहरीलाई निलम्बन गरेको छ । एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानविन समितिले उनीहरुलाई निलम्बन गरेको हो । निलम्बित हुने प्रहरीहरुमा प्रहरी नायव निरिक्षक (सई) वासुदेव अवस्थी, प्रहरी हवल्दार धर्मसिंह भट्ट र प्रहरी जवान चाँदनी साउद रहेका छन् । तीनैजना प्रहरीहरु निर्मला पन्त हत्याकाण्डमा प्रारम्भिक चरणको अनुसन्धान प्रक्रिया सहभागि थिए । प्रारम्भिक चरणको अनुसन्धानमा लापर्वाही भएको भन्दै उनीहरुलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराइएको थियो । कञ्चनपुरमा कार्यरत एसपी डिल्लीराज विष्टसहित तीनै जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयमा बोलाएको थियो । एसपी विष्ट सहित केही प्रहरी अधिकृतहरु भने…

Read More

काठमाडौँ: के तपाई नेपाली नागरिक हुनुहुन्छ ? के तपाई संयुक्त राष्ट्रसंघको वडापत्रको मर्मबाट उत्प्रेरित हुनुहुन्छ, समावेशी समुहमा काम गर्न रुचाउनुहुन्छ, केहि परिवर्तन गर्न चाहनुहुन्छ र मानवताको सेवा गर्न चाहनुहुन्छ ? यी सबै प्रश्नको उत्तरहरु हो भने, युएनडिपी नेपाल दक्ष, गतिशिल व्यक्तिहरुको खोजीमा छ, जो यो विश्वलाई अझ सुन्दर बनाउनका लागि कटिबद्ध छन् । नेपाली नागरिकहरुको लागि युएनडिपीले ४२ पदमा जागिर खुलाएको छ । यदि तलका कुनै पनि पदपुर्तिबारे तपाईलाई चासो छ र तपाईले पदका लागि चाहिने योग्यताहरु पुरा गर्नुहुन्छ भने, आवेदन दिन युएनडिपीले आवश्यक्ताको सम्बन्धि आजको कान्तिपुर दैनिकमा विज्ञापन प्रकाशन गरेर आव्हान गरेको छ । युएनडिपीले भनेको छ — युएनडिपी…

Read More

काठमाडौँ: कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी लापरबाही र हेलचेक्र्याईँ देखिएको छ । सरकारद्धारा गठित उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदनले घटनासँग सम्बन्धित प्रमाण संकलणमा खटिएका प्रहरीको लापरबाही र हेलचेक्र्याइँ भएका निष्कर्ष निकालेको छ । गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले १ महिना अनुसन्धानपछि तयार पारेको छानविन प्रतिवेदनमा निर्मलाको शव बरामद भएको स्थान, उनको साईकल एवं नोटकपी, साथीको घरबाट ल्याएको भनिएको अम्बा र सामग्रीहरु प्राप्त भएके स्थान तथा आसपास क्षेत्रका अपराधी पहिचानका लागि सहयोग हुनसक्ने गरी तालिम प्राप्त कुकुर प्रयोग नभएको, कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी ले शव फेला…

Read More

काठमाडौँ: बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट शुक्रबारदेखि बाहिरिएसँगै चिसो बढ्ने क्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यो समयमा पश्चिमीचिसो वायुको प्रभाव कायम रहन्छ । आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक÷दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आइतबारको न्यूनतम तापक्रम १३ दशमलब ७ र अधिकतम २७ डिग्री सेल्सियस रहने महाशाखाको अनुमान छ । सोमबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी…

Read More

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैँको मुखमा बजारमा चिनीको अभाव नभएको प्रस्ट गरेका छन् । आज यहाँ आयोजित साक्षात्कारमा मन्त्री यादवले भने, “बजारमा चिनीको अभाव छ भन्ने हल्ला निराधार हो । बजारमा कहीँ कतै चिनीको अभाव छैन ।” नेपालमा हाल एक लाख ८० हजार मेट्रिक टन चिनी उत्पादन भएको र बजारको आवश्यकता दुई लाख ३० हजार मेट्रिक टन रहेको जानकारी दिँदै ५० हजार मेट्रिक टन बाहिरबाट खरीद गर्नुपर्ने अवस्था रहेको मन्त्री यादवले बताए । उनले आर्थिक वर्ष २०७४/७५ मा दुई लाख ३५ हजार मेट्रिक टन चिनी बजारमा रहेको उल्लेख गरे । मन्त्री यादवले नेपाली उत्पादनको सुरक्षा गर्नुपर्नेमा जोड…

Read More