Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: पछिल्लो समयमा मासुको माग बढेसँगै आयातमा पनि उल्लेख्य वृद्धि भएको छ। माग अनुसार देशमा मासु तथा मासु जन्य बस्तुको पर्याप्त उत्पादन नहुँदा आयातमा निर्भर हुनु परेको छ। वार्षिक ५ अर्वबढीको चौपाया, तयारीमासु तथा माछाको आयात हुँदै आएको छ । गत आर्थिक वर्षमा लगभग पाँच अर्वको माछामासु आयात भएको ब्यापार तथा निकाशी प्रवर्धन केन्द्रको तथ्याङ्कले देखाउँछ । तत्थ्याङ्कका अनुसार गत वर्ष तीन अर्व बराबरको जीउँदो खसी बोका आयात भएको छ भने तयारी मासु १८ करोड रुपैयाँ र माछा एक अर्व ८३ करोड रुपैयाँको आयात भएको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष जीउँदो खसी बोकाको आयातमा ८८ प्रतिशतले बृदी भएको छ…
काठमाडौँ: नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १ः३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहनुभएका बास्तोलाको हिजो राति निधन भएको थियो । उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ । शनिबार नै उनको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो । तर उपचार सम्भव नभएपछि पुनः निवासमा लगिएको थियो । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज यहाँ जारी विज्ञप्तिमा स्वर्गीय बास्तोलाको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । उनी पूर्वपराराष्ट्रमन्त्री, नेकाका केन्द्रीय सदस्य एवम् भारतका लागि…
नयाँदिल्ली: भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा परी २१ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् । उडिसा राज्यको गाजापाटी, नयागार्ह, कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्ला प्रभावित भएको छ । गत बिहीबारदेखि शुरु भएको यस प्रकोपमा परी शनिबार सम्ममा २१ व्यक्तिको मृत्यु भएको छ । चक्रवातको कारण उडिसा राज्यका धेरै ठाउँमा नराम्ररी प्रभाव पारेको र त्यसमा पनि गाजापाटीमा सवै भन्दा धेरै प्रभावित भएको बताइएकाो छ । गाजापाटीमा १५ जनाको मृत्यु भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । गाजापाटी जिल्लाको बाराघारा गाउँमा रहेको एउटा…
म्याग्दी: धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका हुन् । आधार शिविरमा सङ्कलन भएको शवलाई गुर्जामा ल्याएर यकिन र पहिचान गरी हेलिकप्टरबाट गुर्जाका एक जनाको बेनी र अन्य आठ शव काठमाडाँै पठाउने तयारी भएको म्याग्दीमा प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए। प्रहरीका अनुसार असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिमआँधीमा परेर दक्षिण कोरियाका जहन लि, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन मो जियोङको मृत्यु…
दमक: झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास गरे । स्थानीय महारानीझोडा साना किसान सहकारी संस्थाले नमूना एकीकृत सहकारी खेतीअन्तर्गत मकैको चिउरा बनाउने उद्योग स्थापना गर्न लागेको हो । सहकारीको १६औँ वार्षिक साधारणसभाका अवसर पारेर आयोजना गरेको शिलान्यास कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतको उपस्थिति रहेको थियो । सहकारीले सरकारको अनुदान र आफ्नै लगानीमा मकैको चिउरा उद्योग स्थापना गर्ने तयारी गरिरहेको संस्थाकी अध्यक्ष मीना ढकालले बताए । उद्योगका लागि चाहिने भवनको काम शुरु गरिएको छ भने उपकरण धमाधम आयात भइरहेको अध्यक्ष ढकालले बताए ।…
बैतडी: दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् । दशैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना भएको कृषि ज्ञान केन्द्रका कर्मचारीले साउनदेखि तलब पाएका छैनन् । यस्तै भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका कर्मचारीले पनि तलब पाएका छैनन् । दशैँअघि तलब पाउने आश मरिसकेको भेटनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्रका पशुसेवा प्राविधिक बिसन…
काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि कोदारी राजमार्गको मर्मत सम्भारको काम दशैँलगत्तै अगाडि बढाउन मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन्। आज उक्त राजमार्गको स्थलगत निरीक्षणका क्रममा सिन्धुपाल्चोकको बाह्रबिसे, मितेरी पुलसम्म पुग्नुभएका मन्त्री महासेठले पहिरो नियन्त्रणको काम दशैँलगत्तै शुरु गर्न र त्यसका लागि आवश्यक प्राविधिक तयारी गर्न निर्देशन दिनुभएको हो । ‘गोरखा भूकम्प’पछि दर्जनौँ स्थानमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ५ गतेदेखि १० गतेसम्म गर्नुभएको चीन भ्रमणका क्रममा सो नाका आगामी चैत अन्तिम सातादेखि खुलाउने विषयमा सहमति भएको छ । स्थलगत निरीक्षणमा पुग्नुभएका मन्त्री…
काठमाडौँ: दशैं सुरुभएसँगै बैंकहरूमा चेक सटही र रकम लेनदेन बढेको छ । नेपाल क्लियरिङ हाउसले यस्तो कारोबार एकै दिन ४६ करोडभन्दा बढी गरेको छ । बिहीबार मात्रै क्लियरिङ हाउसमा ४६ अर्ब ६१ करोड ५० लाख रूपैयाँ कारोबार भयो । त्यसमध्ये चेक क्लियरिङबाट ३८ अर्ब ९७ करोड र बैंक भुक्तानी प्रणाली (आईपीएस)मार्फत सात अर्ब ६४ करोड छ । हरेक वर्ष दसैंअघि कारोबार बढ्छ । फूलपातीको अघिल्लो दिन सबैभन्दा धेरै क्लियरिङ हुने हाउसकी अप्रेसन म्यानेजर मुन्नी राजभण्डारीले बताइन् । गत वर्षभन्दा यसपालि कारोबार बढेको छ । क्लियरिङ हाउसमार्फत् पछिल्ला पाँच दिन (आइतबारदेखि बिहीबारसम्म)मा दुई खर्ब १६ अर्ब रूपैयाँ कारोबार भयो । त्यसमध्ये…
काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले मूल्य वृद्धिदर र विनिमयदरको उतारचढावको अवस्थामा खुकुलो मौद्रिक नीतिबाट आर्थिक वृद्धिलाई सघाउ पु¥याउने उपाय सीमित भएको बताएका छन् । उनले भने, “परिमाणात्मक रूपमा खुकुलो बनाइएको मौद्रिक नीतिले मात्र भन्दा पनि उत्पादनसँग जोडिएको कर्जा नीतिले अस्थिर वित्तीय स्थितिबीच पनि आर्थिक वृद्धिका लागि सहयोग प¥ुयाउन सकिन्छ ।” इण्डोनेशियाको बालीमा भइरहेको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकको अवसरमा आगामी दश वर्षको विकासका चुनौतीबारे शनिबार मुद्रा कोषको एशिया प्यासिफिक विभागले एशिया प्यासिफिक क्षेत्रका अर्थमन्त्री र केन्द्रीय बैकका गभर्नरसँग गरेको बैठकमा उहाँले सो धारणा राखेका हुन् । मन्त्री डा खतिवडाले मौद्रिक नीतिको भूमिका र दायरा विश्व अर्थतन्त्रमा…
जनकपुर: धनुषाको औरही–२, परवाहाकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । शुक्रबार साँझबाट हराएकी उनको शव शनिबार अपराह्न गाउँनजिकैको धानखेतमा भेटिएको छ । घरनजिकै लागेको दुर्गा पूजा हेर्न गएकी उनलाई चिनजानकै दुई युवकले फकाएर एकान्तमा लगी बलात्कारपछि हत्या गरेका हुन् । आजको कान्तिपुरमा समाचार छापिएको छ । घटनामा संलग्न स्थानीय विनोद मुखिया विन र नथुनी पण्डित कुमहारलाई धनुषा प्रहरीले शनिबारै पक्राउ गरेको छ । एसपी गोविन्द थपलियाका अनुसार खाजा खुवाउने प्रलोभनमा बालिकालाई एकान्त ठाउँमा लगेर बलात्कार र हत्या गरेको उनीहरूले बताएका छन् ।