Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश कँडेलले यही गतिमा काम भए दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा ल्याउन सकिने बताए । उनका अनुसार, ३ स्थानमा सुरुङभित्रको हावा बाहिर निकाल्न भेन्टिलेटर निर्माणका लागि जग्गाको मुआब्जा दिने लगायत कानुनी प्रक्रिया पूरा गरिसकिएको छ । सिन्धु, शिवपुरी वन्यजन्तु आरक्ष र ग्याल्थुम खण्डमा भेन्टिलेटर निर्माण हुनेछ । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

Read More

काठमाडौँ : लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आज राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उनका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए । उनलाई शनिबार मध्याहृन बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थमा सुधार नहुने भन्दै अस्पतालले ४ बजे डिस्चार्ज गरेको थियो र खुमलटारस्थित निवास लगिएको थियो । विसं २०६९ पुस १४ गतेदेखि उहाँ मष्तिस्काघातबाट पीडित थिए । काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए ।

Read More

काठमाडौ: शिक्षा बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलले प्रविधी हस्तान्तरण आर्थिक बिकासको मेरुदण्ड भएको बताएका छन । बिज्ञान र प्रविधी बिना आर्थिक अन्नती सम्भाव नभएको बताउदै उनले प्रविधीलाई शक्तिको रुपमा लिनुपर्ने बताए । ‘प्रविधी हस्तान्तरण ज्ञानको महत्वपूणै पाटो हो । हामी बिकासको चौथो चरणमा पुगेका छौ । हाम्रो लागि रोजगारी सृजना गर्ने प्रक्रिया हो । पुजी निर्मण गर्नो प्रक्रिया हो,’ गैर आवासिय नेपाली सघ(एनआरएनए)को आयोजनामा राजधानीमा सुरु बिज्ञ सम्मेलनको ‘ज्ञान र प्रविधी हस्तान्तरण’ सत्रमा मन्त्री पोखरेलले भने, ‘सक्ष्ँम राष्ट बनाउने प्रविधी सक्ष्ँम पक्ष्ँ हो । प्रविधीलाई शक्तिको रुपमा लिनुपर्छ ।’ पछिल्लो चरणमा नेपँलमा पनि प्रविधीको बिकास पनि भएको उनले बताए…

Read More

काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउन सडक खन्ने बताएपछि त्रिपुरेश्वर–कलङ्की सडकखण्डको कालोपत्र गर्ने कार्य पछि धकेलिएको छ । धुँवा र धूलोका कारण यात्रु तथा स्थानीयवासी मर्कामा परे पनि पछिल्लो पटक उक्त सडकमा नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइपलाइन बिच्छ्याउने जानकारी गराएको थियो । कालोपत्र गर्ने वित्तिकै सडक खन्नुपर्ने अवस्था आएकाले आवश्यक समन्वय गरिएको आयोजनाले जनाएको छ । सोल्टीमोड–कलंकी खण्डमा दशैं अगावै कालोपत्र सम्पन्न गर्ने तयारी भएको भएपनि मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउन सो सडक खण्ड थप खन्नुपर्ने भन्ने स्वीकृतिका लागि अनुरोध गरेको जनाएको छ । राजधानीको बढी चहलपहल हुने र बढी सवारी चाप भएको सडक कालोपत्रे नहुँदा…

Read More

काठमाडौँ : बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने १५ सार्वजनिक यातायातलाई थानकोटमा कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । विभागले आज थानकोटमा अनुगमन थालेको हो । “विभागले ७०० रुपैयाँ तोकेको स्थानमा एक हजार रुपैयाँ, ४०० रुपैयाँ तोकेको स्थानमा ६०० रुपैयाँ को चलानी गरेका सवारीलाई आज कारबाही गरियो, तोकेभन्दा बढी भाडा लिने सवारीभित्र छिरेर तपाईहरुसँग कति भाडा लियो भनी सोद्धा यात्रुले सही सूचना दिएनन्, कोही बोल्नै चाहेनन्”–उनले भने । काठमाडौँबाट जुम्लासम्मको…

Read More

काठमाडौँ: झण्डै तीन वर्षदेखि नेपाली क्रिकेटमा देखिएको समस्या समाधान हुने भएको छ । निर्वाचित नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएसँगै क्यान विवाद समाधानतर्फ उन्मुख भएको हो । कात्तिक १० गते क्यानको बैठक बोलाएको छ । सोही बैठकले कानुनी र व्यवहारिक प्रक्रियाबारे छलफल गरी मुद्दा फिर्ता लिने सम्बन्धमा निर्णय गर्ने क्यानका उपाध्यक्ष दिवाकर घलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘झन्डै साढे दुई वर्षयता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को निलम्बनमा रहेको नेपाली क्रिकेट निलम्बन मुक्त हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’ उपाध्यक्ष घलेका अनुसार मुद्दा फिर्ताको कानुनी र…

Read More

दमौली: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा कम्युनिष्टलाई भोट हाल्ने जनता पछुताउन थालेको टिप्पणी गरेका छन्। कांग्रेस व्यास नगरसमिति वडा नं १० ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बढ्दो महँगी, भ्रष्टाचार, बलात्कारका घटना न्यूनीकरणमा सरकार असफल भएसँगै जनता निराश हुन थालेको गुनासो गरे । उनले भने, “जनताले जे सोचेर कम्युनिष्ट पार्टीलाई बहुमत दिएका थिए सरकारले जनभावनाअनुसार काम गर्न सकेन ।” नेता पौडेलले स्थानीयस्तरको विकासका लागि व्यास नगरपालिका तथा जिल्ला समन्वयमा गएर माग राख्न कांग्रेस कार्यकर्तालाई आग्रहसमेत गरे।

Read More

काठमाडौँ: बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम नै अग्रस्थानमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको यस साताको कूल १० उत्कृष्ट कम्पनीको सूचीमा टेलिकम नै कायम छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य एक खर्ब १७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । गत साताको तुलनामा टेलिकमको बजार मूल्यमा करीब रु तीन अर्बले वृद्धि भएको हो । गत साता टेलिकमको बजार पूँजीकरण मूल्य एक खर्ब १४ अर्ब ३० करोड रुपैयाँ थियो । सरकारी स्वामित्वको नेपाल टेलिकम बजार पूँजीकरणका आधारमा अग्रस्थानमा रहन पुगेको स्टकले जनाएको छ । यस्तै दोस्रो नम्बरमा रहेको नवील बैंकको बजार पूँजीकरण ७४ अर्ब ८३…

Read More

काठमाडौँ : विश्व टी–२० एशिया छनोट समूह ‘बी’को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली आज अपराह्ना स्वदेश फर्केको छ । मलेशियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका थिए । शुक्रबार भएको छनोट चरणको अन्तिम खेल रद्व भएपछि रन रेटका आधारमा नेपालले छनोट उपाधि जितेको थियो । उपाधिसँगै नेपाल विश्व टी–२० एशिया छनोट समूह ‘बी’ को विजेताको रुपमा दोस्रो चरणको छनोटमा समेत पुगेको छ । नेपालसँगै सिंगापुर उपविजेता र मलेशिया पनि शीर्ष तीनमा रहँदै दोस्रो चरणको एसिया छनोटमा पुगेको छ । त्रिभुवन विमानस्थलमा संक्षिप्त प्रतिक्रिाय दिँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था जटिल भएको छ । उनलाई शनिबार मध्याहृन बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले ४ बजे डिस्चार्ज गरेको छ र खुमलटारस्थित निवास लगिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बाँस्तोलाको अवस्था निकै गम्भीर रहेको र चिकित्सकहरुकै सल्लाहमा अस्पतालबाट घर लगिएको छ । बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा थिए ।

Read More