काठमाडौँ: नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था जटिल भएको छ ।
उनलाई शनिबार मध्याहृन बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले ४ बजे डिस्चार्ज गरेको छ र खुमलटारस्थित निवास लगिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बाँस्तोलाको अवस्था निकै गम्भीर रहेको र चिकित्सकहरुकै सल्लाहमा अस्पतालबाट घर लगिएको छ ।
बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा थिए ।
Facebook Comments Box