Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बागलुङ: एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक-सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारकोस्वरुप बदलेको हो । श्रव्य क्यासेट त इतिहास भइसक्यो । सिडीको चलन नगन्य छ । सूचना प्रविधिको द्रुत विकासले सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर हुँदै गएको छ । विसं २०५८ मा एक लाख बढी बिकेको गीति एल्बम ‘जम्मु कश्मिरमा’ का सर्जक÷गायक विष्णु खत्रीको अहिले आफ्नै युट्युब च्यानल छ । खत्रीले आफ्ना पछिल्ला सिर्जना युट्युबबाटै सार्वजनिक गर्दै…

Read More

काठमाडौं: एनआइसी एसिया बैंकले अष्ट्रेलियन डलरको सटही सुविधा सुरु गरेको छ। बैंकले विभिन्न कामका विदेश जाने नेपालीहरूका लागि सम्बन्धित देशको मुद्रा सरल सटही सुविधा उपलब्ध गराएको हो। अष्ट्रेलियन डलरको सटहीले पढाईका लागि अष्ट्रेलिया जाने नेपालीलाई सहज हुने बैंकको विश्वास छ। बैंकका अनुसार अध्ययन तथा भ्रमण लगायतका अन्य कामका अष्ट्रेलिया जाने ग्राहकहरूले डलर खरिदका लागि आफ्नो म्याद नसकिएको भिसा र प्लेन टिकट लिएर सम्पर्क गर्नुपर्नेछ। प्रक्रिया पुर्याएका ग्राहकले भिसा युएसडी प्रिपेड कार्डसमेत खरिद गर्न सक्नेछन् । बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरूमा प्रशस्त मात्रामा अष्ट्रेलियन लगायत अन्य विदेशी मुद्राहरु उपलब्ध गराएको छ । हालका लागि काठमाडौं उपत्यका भित्रका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहज…

Read More

काठमाडौं: आरएसडीसी लघुवित्त वित्तीय संस्थाले जारी गरेको ६० प्रतिशत हकप्रद शेयर सम्बन्धित शेयरधनीका डिम्याट खातामा जम्मा गरेको जनएको छ। संस्थाले आफ्नो शेयर अभौतिकीकरण गराएकाहरुको हकप्रद शेयर डिम्याट खातामा पठाइदिएको जनाएको हो। तर अहिलेसम्म पनि डिम्याट नगरेका शेयरधनीको हकमा भने शेयर नपठाइएको उसले जनएको छ। उसले हकप्रद शेयर प्राप्त गर्न अनिवार्य रुपमा शेयरधनी डिम्याट अनिवार्य हुनु पर्ने जनाएको छ। आरएसडीसीले गत असार ७ देखि साउन २० गतेसम्म २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । सोही शेयर अहिले खातामा पठाइएको हो । यस्तै, संस्थाले गत वर्षको नाफाबाट १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले पांच…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले मंगलबार २ अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ । बैंकले ९१ दिने १ अर्ब रुपैयाँ र १८२ दिने १ अर्ब ८९ करोड रुपैयाँ गरी जम्मा २ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । ९१ दिने ट्रेजरी बिल पुस २४ गते परिपक्क हुनेछ भने १८२ दिने ट्रेजरी बिल कार्तिक २२ गते परिपक्क हुनेछ । यसैबीच राष्ट्र बैंकले ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्दैछ । बोलकबोल दिउँसो ३ बजे खुला हुने बताइएको छ । बोलकबोल गर्दा अनलाइन मार्फत गर्नुपर्ने सार्वजनिक ऋण व्यवस्थापन विभागले जनाएको छ । सरकारलाई आवश्यक पर्ने अल्पकालिन अवधिको…

Read More

काठमाडौँ: नेपाल प्रज्ञा-प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त भएका छन्। प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आज नियुक्त गरेका हुन्। उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति थिए भने त्यसअघिको कार्यकालमा उपकुलपति थिए । प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा जगतप्रसाद उपाध्याय नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको अध्यक्षतामा रहेको सिफारिस समितिको सिफारिशमा उनीहरुको नियुक्ति भएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उनीहरुको आजै शपथग्रहण हुने जानकारी दिए । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट औपचारिकपत्र नआइसकेको भए पनि नियुक्तिको प्रक्रिया शुरु भएको बताए । अन्य प्राज्ञ परिषद् सदस्यको नियुक्तिको पनि…

Read More

जिरी: दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर छ । पहिलो सुरुङ ‘बे्रक थु्र’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताए । पहिलो ब्रेक थ्रुसँगै तीन किलोमिटर खण्ड वारपार भएको छ । आयोजनाको हेडबक्स खण्डको माथिल्लो खण्डको सुरुङ खुलेको हो । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडका अर्का सञ्चालक बटु लामिछानेले सुरुङको पहिलो खण्डको सफलताले लगानीकर्ता, निर्माण व्यवसायी, शेयर होल्डर, मजदुर सबैलाई हर्षित बनाएको प्रतिक्रिया दिए । सिभिल निर्माण शुरु गरेको छोटो समयमै राम्रो प्रगति गर्ने नेपालकै पहिलो…

Read More

काठमाडौँ: फेसबुकमा महिलाको नग्न फोटो सार्वजनिक गरी दिएपछि २० वर्षीय दिवश कामतलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१० का दिवश कामतले महिलाको नग्न फोटो फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । कामतले फेसबुकको फेक आइडी बनाएर त्यसमार्फत केही समय अघिदेखि महिला साथीसँग कुरा गर्दै आएका थिए । च्याटकै क्रममा उनले महिलासँग अनैतिक सम्बन्धका लागि दबाव दिन थाले । महिला त्यसको लागि तयार नभएपछि उनको नग्न तस्बिर सार्वजनिक गरिदिएको बुझिएको छ । पीडित महिलाले कामत विरुद्ध प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले बताउनुभयो । कामत विरुद्ध साइबर क्राइमअन्र्तगत मुद्दा दर्ता गरी थप…

Read More

धनुषा: नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित तीन जना जनकपुरबाट पक्राउ परेका छन् । पक्राउपर्नेमा भारतको सीतामढी जिल्ला कोरियाही पञ्चायत भेमुवाका २४ वर्षीय तसिफ अन्सारी, जनकपुरधाम–१४ रजौलका ५५ वर्षीय मन्जुर अन्सारी र उनकी श्रीमती ४८ वर्षीया सलमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका तसिफ मन्जुरको साला रहेको र मन्जुरले उनलाई छोरा भनी नेपाली नागरिकता दिने तयारी गरेका थिए । मन्जुर र सलामाले भारतीय नागरिक तसिफको नेपाली नागरिकता बनाउने तयारी गरेको सूचनाका आधारमा प्रहरीले खानतलाशी गर्दा नागरिकता दिलाउन सम्पूर्ण कागजात तयार अवस्थामा बरामद भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए। पक्राउ परेका…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले दशैका लागि सर्वसाधारणलाई नयाँ नोट आजदेखि वितरण शुरु गरेको छ । नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आजबाट सर्वासरधरणलाई वितरण गर्ने गरि तयारी गरेको राष्ट्र बैंकका सह प्रबक्ता गोविन्द प्रसाद नागिलाले बताए । प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्मको नोट साट्न पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । एक व्यक्तिले १०० दरको एक बन्डल, ५, १०, २० र ५० दरका दुई/दुई बन्डल गरि जम्मा २७ हजार बराबरको नयाँ नोट सटही गर्न पाउने व्यवस्था मिलाएको उनले बताए । उनका अनुसार सरकारी स्वामित्व भएका कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका तोकिएका शाखाहरुबाट नोट सटही हुनेछ।…

Read More

धनगढी: कैलालीको कैलारी गाउँपालिका-६ की साधना चौधरी ‘हुस्’ भन्दै जोडले चिच्याइन्। माइकमा आवाज आयो, ‘आवाज सानो भयो।’ फेरि उनले अझ जोडले ‘हुस्’ भनेर कराइन्। जापानी भाषाको शब्द ‘हुस्’ को अर्थ हुन्छ नमस्कार। कुनै पनि मार्सल आर्टको खेल सुरु हुँदा होस् वा आफ्नो गुरु वा सिनियरको अभिवादन गर्न ‘हुस्’ प्रयोग गरिन्छ। बलात्कारका घटना बढिरहँदा राष्ट्रिय गोजुरियो कराँते-दो संघले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शनिबार हजार जना किशोरी र महिलाका लागि ‘उमेन्स सेल्फ डिफेन्स क्याम्प २०१८’ अन्तर्गत आत्मरक्षाको तालिम दिन थालेको हो। तर तालिममा झण्डै डेढ हजार सहभागी छन्। यो समाचार अन्नपुर्ण पोस्टमा छ । ‘मैले आफ्नो सुरक्षा कसरी गर्नुपर्छ पहिलो दिनमै सिँके’,…

Read More