Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 19
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » काठमाडौँको अशनमा बल्ल आजबाट दशैं शुरु, यस्तो रहेछ कारण

    काठमाडौँको अशनमा बल्ल आजबाट दशैं शुरु, यस्तो रहेछ कारण

    पहिलोक्लिकपहिलोक्लिकOctober 20, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: काठमाडौँको पुरानो व्यापारिक केन्द्र अशन क्षेत्रका तुलाधर समुदायले खड्ग जात्रा गरी आज दशैँ मनाएका छन् ।

    विजयादशमीको भोलिपल्ट यहाँ विशेष बाजागाजासहित मनाइने उक्त जात्रामा आसुरी शक्तिलाई परास्त गरेर उनीहरुले टीका, जमरा लगाएका हुन् । हाल काठमाडौँ महानगरपालिका–२७ मा पर्ने अशनस्थित तुलाधर समुदायको कुल देवताको घरबाट निकालिने जात्रामा सहभागीले अन्नपूर्ण मन्दिर परिक्रमा गरेपछि त्यही घरमा गएर कुबिन्डो काटेर आसुरी शक्तिको नाश गरेका थिए ।

    तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाइने परम्परा छ । कलात्मक शैलीमा दैत्यको चित्र बनाइएको दुई वटा कुबिन्डोमा अढाइ वर्षका बालक सायन तुलाधरले मार हानेर असुरी शक्तिमाथि विजयी प्राप्त गरिएको घोषणा गरिएको थियो ।

    सम्राट अशोकले कलिङको युद्धमा लाखाँै मानिसको नरसंहार गरेको घटनासँग जोडिएको यो जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा संस्कृतिका रुपमा मिश्रण गरिएको छ । बौद्ध संस्कृतिमा विश्वास गर्ने यो समुदायले घटस्थापनाका दिन विधि विधानपूर्वक जमरा रोपेर शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरेका थिए । दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएको विश्वास गरिएको जात्राका संरक्षक प्राज्ञारत्न तुलाधरले बताउनुभयो ।

    सधैँजसो व्यापारिक कार्यमा व्यस्त रहने यस क्षेत्रका स्थानीयवासीले एकादशीका दिन आफन्त, नातागोता बोलाइ अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने गर्छन् ।

    काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा खड्ग जात्रा पर्व मनाइने गरिन्छ । खड्ग जात्रामा विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्ग धारणा गरिएको हुन्छ । युद्धपछि चक्रवर्ती सम्राट बनेका अशोक खुशी र शान्त हुन नसकेपछि हतियार छाडेर बौद्धमार्गी बनेको सन्देश नयाँ पुस्तालाई दिनका लागि जात्राको परम्परा शुरु गरिएको भाषा विज्ञानका प्राध्यापक एवं संस्कृतिविज्ञ निर्मल तुलाधरले बताउनुभयो ।

    शक्तिपीठबाट तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको मूल घरबाट जात्रा चलाइन्छ । हिन्दू परम्पराका देवीलाई बौद्ध अनुयायीले शक्ति सञ्चयको केन्द्र मान्ने र असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा सम्मान गर्ने हुँदा जात्राले दुवै धर्मावलम्बीलाई सांस्कृतिक एकता गरेको व्यवसायी ज्ञानेन्द्ररत्न तुलाधरले विचार व्यक्त गर्नुभयो ।

    यसैबीच काठमाडौँको उत्तरी भेग टोखामा पनि आजै खड्ग जात्रा गरिएको छ । जीवित देवी कुमारी र गणेशलाई सहभागी गराई स्थानीय तलेजु मन्दिरबाट जात्रा निकालिन्छ । दशमीका दिन काठमाडौँमा टेःबहाल र वटुबाट भद्रकाली, कोहिटीबाट नीलबाराही, यट्खाबाट कंकेश्वरी, महाबौद्घ, किलागल र तलेजु भवानी लगायतका पीठबाट खड्गजात्रा निकालिएको थियो ।

    भक्तपुरमा गएराति खड्गजात्रा सम्पन्न भएको छ भने गत बिहीबार ललितपुरमा पनि यस्तै जात्रा सम्पन्न गरिएको छ । जुन जात्रा करीब दुई दशकपछि गरिएको थियो । कीर्तिपुरमा पनि महिलाले खड्ग जात्रा निकाल्ने परम्परा छ । देशका विभिन्न स्थानमा गरिने जात्राको महत्व र विशेषता भने फरक फरक रहेको पाइन्छ ।

    Facebook Comments Box

    काठमाडौँको अशन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.