Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:दक्षिण अफ्रिकासँग १ रनले हारेपछि आईसीसी टी-२० विश्वकपको सुपर ८ मा पुग्ने नेपालको सम्भावना सकिएको छ। शनिबार बिहान वेस्ट इन्डिजमा भएको समूह डीको खेलमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रनले हारेसँगै नेपाल विश्वकपमा सुपर ८ को दौडबाट बाहिरिएको हो। पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपाल श्रीलंकासँग भने खेल्नै पाएन। वर्षाका कारण खेल रद्द भयो। नेपालले अब समूह चरणको अन्तिम खेलमा सोमबार बगंलादेशसँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिका भने यसअघि नै लगातार तेस्रो जित हासिल गर्दै सुपर ८ मा पुगिसकेको छ। अब उसले समूह चरणमा अपराजित रहेर सुपर ८ खेल्नेछ। दक्षिण अफ्रिकाले १ सय १६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित…

Read More

६ दिनअघि नेपालको पूर्वी क्षेत्रबाट भित्रिएको पानी पार्ने मौसम प्रणाली ‘मनसुन’को प्रभाव काठमाडौँसम्म आइपुगेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। मौसमविद् सरोज पुडासैनीले आज (शनिबार) बिहानदेखि कोसी प्रदेश, मधेस हुँदै बागमती प्रदेशको काठमाडौँसम्म मनसुनको प्रभाव विस्तार भएको जानकारी दिए। ‘कोसी प्रदेशको पूरै भूभाग, मधेसको जनकपुरदेखि बर्दिबाससम्म, बागमतीको पनि रामेछाप, काठमाडौँसम्म मनसुनको प्रभाव सुरु भइसकेको छ’, उनले भने, ‘वर्षा नै गराइसकेको त छैन तर बादल आइरहेको छ, आज दिउँसो मधेस र बागमती प्रदेशका पनि केही ठाउँमा वर्षा पनि हुने सम्भावना छ।’ तर मनसुनका कारण वर्षा भइनसकेकाले कोसीबाट मनसुन थप प्रदेशमा प्रवेश गरेको बुलेटिनमार्फत औपचारिक घोषणा गर्न बाँकी रहेको मौसमविद् पुडासैनीको भनाइ…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नुभएको छ । हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमति र त्यसपछि भएको अन्तिम सम्झौताले नेपालमा रहेको अपार जलविद्युतको सम्भावनालाई विकास गर्न बजार सुनिश्चित गरेको उल्लेख गर्नुभयो । “केही दिनअघि भारतीय समकक्षी नरेन्द्र मोदीजीको सपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्विपक्षीय सम्झौताहरूलाई अझै सशक्त रूपमा कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसले दुई मुलुकबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने छ ।” वर्षायाममा ६…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन गर्नुभएको छ । नेपाल विद्युत प्राधिकरणले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी निर्मित सो सबस्टेसन उद्घाटन गर्नुभएको हो । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ । यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमानै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएको छ । मुलुकभित्रको पूर्व–पश्चिम विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण…

Read More

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, ३१ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकले दुःख पाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले काकडभिट्टा–सुनसरी सडकखण्ड विस्तृत परियोजना अनुरुप निर्माण अगाडि बढाउन आग्रह गर्नुभयो । सांसदहरू सुरेन्द्रराज आचार्य, हेमराज राई, ह्दयराम थानी, ज्ञानु बस्नेत, सुशीला श्रेष्ठ, सूर्यकुमारी श्रेष्ठ, सूर्यप्रसाद ढकाल, सरिता भुसाल, शान्ति चौधरी, सीता मिजारले आ–आफ्नो जिल्ला र क्षेत्रका विभिन्न समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरु नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन्। बिहीवार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरु उत्पादन र प्रशारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताउँदै कानूनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताइन्। उनले सरकारले नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको बताइन्। नियम कानूनको पालना गर्नेहरुले टिकट चलाउन नहुने मन्त्री शर्माको धारणा छ। उनले सामाजिक सञ्जाल समाजअनुकुल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको बताइन्।…

Read More

काठमाडौँ: वार्षिक ३० लाख रुपैयाँसम्मको कारोबार गर्दा मूल्यअभिवृद्धि कर (भ्याट)मा दर्ता गर्नु नपर्ने भएको छ। सरकारले वर्षमा २० लाख रुपैयाँसम्मको कारोबार दर्ता गर्नु नपर्ने व्यवस्थाको सीमा बढाएको हो। ‘१२ महिनामा वस्तु तथा ढुवानी साधन भाडा वा ढुवानी सेवाको हकमा ५० लाख रुपैयाँसम्म र वस्तु तथा सेवा मिश्रित कारोबार र सेवाको हकमा ३० लाख रुपैयाँसम्म मूल्यअभिवृद्धि करमा दर्ता गर्नुपर्नेछैन’, मूल्यअभिवृद्धि कर नियमावली २०५३ मा गरिएको संशोधनमा उल्लेख छ। त्यसैगरी ३० लाख रुपैयाँ कारोबार नाघ्ने अनुमान गर्न सक्ने अवस्थामा भएमा दर्ता गर्नको लागि कर अधिकृतसमक्ष दरखास्त दिनुपर्नेछ। भ्याटमा दर्ता नभएका व्यवसायीले ३० लाख बढीको कारोबार गरेमा ३० दिनभित्र दर्ताको लागि दरखास्त दिनुपर्नेछ।…

Read More

काठमाडौँ: संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका गङ्गाराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार अन्य दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरुमा मकवानपुरका उमेश कार्की र गोविन्द थारू छन् । उनीहरुको उपचार हाइड्रोपावरकै क्लिनिकमा गरिएको थियो । कामदारहरु निदाएको बेला क्याम्पमा पहिरो खसेको थियो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेको क्याम्पका १४ वटा कोठामध्ये ३ वटा पहिरोमा पुरिएका छन् ।

Read More

काठमाडौँ: आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् । मंगलबार रातिदेखि लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकेर खेल रद्द भएको हो । नेपाल र श्रीलंकाका दुवै खेलाडीले समर्थकलाई धन्यवाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थिति थियो । आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजर्भ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुवै टोलीले एक/एक अंक बाँडेका हुन् । जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल मात्रै रद्द भएको छ । अन्य २२ मध्ये २१…

Read More

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल तथा मन्त्रीहरूले बिदाई गरेका हुन् । उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।…

Read More