Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठक नेपालमा हुँदैछ । नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो । आगामी ४ देखि ७ असारसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नेछन् । आइडिएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । नेपालले ६ वर्षअघि आइडिए–१९ बैठक काठमाडौँमा गर्न डिसीस्थित विश्वबैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लविङ गरेको थियो । उदघाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ । समापनसत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन्…

Read More

काठमाडौँ: सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा प्रतिनिधिमूलक संस्थाले सुनको आयातमा गरिएको भन्सार वृद्धिको निर्णय खारेज गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला संघको संयुक्त टोलीले शुक्रबार अर्थमन्त्री बर्षामान पुनः सँग भेटगरी सरकारले आ.व. २०८१/०८२ को भन्सार विधेयक मार्फत सुनको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत कायम गरिएकोमा बिरोध गर्दै त्यसलाई खारेज गर्न माग गरेको हो । अर्थमन्त्री पुनले ब्यवसायीको मागलाई आफूले सकारात्मक रुपमा लिएको उल्लेख गर्दै ब्यवसायीहरुले राखेका समस्यालाई कसरी समाधान गर्न सकिन्न त्यस बिषयमा आवश्यक पहल गर्ने बताए । त्यसक्रममा महासंघका सल्लाहकार समेत…

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गरी काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जनाएको हो । प्राधिकरणले रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न फिडहरूको लाइन अवरुद्ध हुने जनाएको हो । आज बबरमहल फिडर अन्तर्गत सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालयलगायत स्थानमा बिहान ११ देखि अपराह्न ५ बजेसम्म विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ । यस्तै, प्राधिकरणले जेठ २८ गते कालिकास्थान फिडर, जेठ ३० गेत भीमसेनस्थान, ३२ गते गैरीधारा, असार २ गते पानीपोखरी र असार ३…

Read More

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती र कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज काठमाडौं उपत्यकामा अपराह्नतिर वर्षाको सम्भावना रहेको जनाइएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । आन राति कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने रहने छ भने बाँकी भूभागमा…

Read More

प्रम प्रचण्ड आइतबार भारत जाने काठमाडौँ: सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना बनाउने भएको छ। बिहीबार (२४ जेठमा) बसेको मन्त्रिपरिषद बैठकले मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा नयाँ हेडवर्क्स र थप संरचनानिर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो।। यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू१) प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने। २) लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।३) हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने।४) औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओलीलाई नियुक्त गर्ने।५) मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र…

Read More

काठमाडौँ:फिफा विश्वकप २०२६ दोस्रो चरण छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा पनि नेपाली राष्ट्रिय फुटबल टोली पराजित भएको छ। साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा बिहीबार राति भएको दोस्रो लेगमा नेपाल यूएईसँग ४–० ले पराजित भएको हो। नेपाल पहिलो लेगमा यूएईसँग ४–० ले नै पराजित भएको थियो। विश्वकप छनोटमा लगातार पाँच खेलमा पराजित भएको नेपालले अंकको खाता खोल्न सकेको छैन। छनोटमा नेपालले १८ गोल खाँदा एक गोल पनि फर्काउन सकेको छैन। युएईका लागि हरिब अब्दुल्लाह सुहेलले दुई गोल गरअलि सलेह र अजेन मोहम्मदले समान एक गोल गरे। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अजेन मोहम्म्दले खेलको ७४…

Read More

काठमाडौँ: आईसीसी टी२० विश्वकपमा सहआयोजक अमेरिकाले पाकिस्तानविरुद्ध सनसनीपूर्ण जित निकालेको छ। टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १५९ रन बनाएको थियो। उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले २० ओभरमा ३ विकेट क्षतिमा १५९ रन नै बनाएपछि खेल टाई भयो। अन्ततः सुपर ओभरमा बलियो टोली पाकिस्तानविरुद्ध घरेलु मैदानको फाइदा उठाएको अमेरिकाले सनसनीपूर्ण जित निकाल्न सफल भयो। सुपर ओभरमा पाकिस्तानको खराब बलिङदुवै टोलीले समान १५९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। जसमा महम्मद आमिर पहिला बलिङ आक्रमणमा उत्रिए। अमेरिकाले सुपर ओभरमा आरोन जोन्स र हरमित सिंहलाई ब्याटिङमा पठाएको थियो। आमिरको पहिलो बलमा जोन्सले ४ रन जोडे। त्यसपछि दोस्रो…

Read More

काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् । २४ चैत…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले झापाको बिएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको छ। न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले चिकित्सा शिक्षा आयोगले २०७६ साल चैत १२ गते उक्त कलेजलाई सम्बन्धन नदिने गरी गरेको निर्णय बदर गर्दै १५ दिनभित्र आवश्यक मापदण्ड पूरा गर्न लगाई सम्बन्धन दिन परमादेश दिएको हो। उक्त इजलासले चैत १२ गते गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘मापदण्ड अनुसारको जनशक्ति (फ्याकल्टी) को व्यवस्थापन साथै सो निरीक्षण टोलीले तोकेका कार्यहरू पूरा गर्न लगाई १५ (पन्ध्र) दिनभित्र यस वर्षको शैक्षिक सत्र सुरू हुनुअगावै एम.बि.बि.एस. विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू/ दिलाउनू भनी प्रत्यर्थीहरू काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रे, चिकित्सा…

Read More

काठमाडौँ: राजनीतिक दलका प्रतिनिधिले विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडातहसम्म दलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिएका छन्। गृह मन्त्रालयले बिहीबार आयोजना गरेको ‘मनसुनको पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफल’मा तल्लोस्तरसम्म संरचना भएका दलहरूलाई परिचालन गर्ने गरी ‘लुज फोरम’ बनाउन मन्त्रालयलाई सुझाव दिएका हुन्। २०७२ सालको भूकम्पका बेला पुर्‍याएको योगदानबाट शिक्षा लिँदै दलका नेतारकार्यकर्तामा खोज र उद्दारको कर्तव्यबोध तथा स्वयमसेवी भावना बढाउन पनि विपद्का बेला उनीहरुलाई प्रयोग गर्नुपर्ने उनीहरुको जोड थियो। एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले सामूहिक भावना र सद्भावको संस्कृति कायम राख्न पनि विपद्का बेला दलहरू एकजुट हुनुपर्ने र उनीहरूको परिचालनका लागि सरकारले आवश्यक निर्देशिका बनाउनु पर्नेमा जोड दिए। त्यस्तै, भूकम्प…

Read More