Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विहिबार बसको विकास समितिको बैठकमा न्यूनतम पारिश्रमिक निजी सञ्चारमाध्यममा लागु हुनेबारे आफु निश्चित नभएको बताएका छन्। ठुला भनिएका कर्पोरेट हाउसहरुका मिडियामालिकहरु उनीहरुका पत्रकारका सरकारले तोकिदिएको यूनतम पारिश्रमिक लागु गराउन त के उल्टै सरकारसंग एसो भएमा मिडिया नै बन्द गर्नु पर्ने बताएको उनले जनाए। पढ्नुहोस मन्त्री बास्कोटाले समितिमा बोलेका कुरा जस्ताकोतस्तै मान्य समितिका अधिकांश सदस्यज्यूहरुले पारीश्रमिकको बारेमा कुरा उठाउनु भो, तर मैले आज भनेका कुरा यसबारे भोलि कुनै पनि निजी संचार माध्यममा छापिने छैन प्रशारित हुनेछैन यो म हिले जानकारी गराउन चाहान्छु । किन भने ‘महत्वपूर्णहरुले’ हो हाम्रो निकायले हामीले त्यसलाई पुनारावलोकन गरेर केहि…

Read More

काठमाडौँ: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा न. ८ रामेछाप बजारमा राष्ट्रिय वाणिज्य बैकले एटीएम सेवा संचालनमा ल्याएको छ । यो समेत बैंकको एटीएमको संख्या १४१ पुगेको छ । उक्त एटीएम सेवाको रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगर र रावा बैंक क्षेत्रीय कार्यालय काठमाडौंका निमित्त क्षेत्रीय प्रमुख सोनी श्रेष्ठले संयुक्त रुपमा समुद्घाटन गरका हुन् । उक्त समारोहमा क्षेत्रीय कार्यालय काठमाडौंका प्रवन्धकद्धय पुष्पा खनाल, रबिन्द्र पोखरेल, शाखा कार्यालय मन्थलीका शाखा प्रवन्धक अचुत बिष्ट, शाखा कार्यालय रामेछापका प्रवन्धक इन्द्रमणि दुलाल, राजनीतिकदलका प्रतिनिधि, स्थानीय उद्यमी व्यवसायी, कर्मचारीहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १४१ वटा एटिएम र…

Read More

काठमाडौँ : डलरसँग नेपाली रुपैयाँ आज पुन: कमजोर भई नयाँ रेकर्ड कायम भएको छ । केन्द्रीय बैंकले शुक्रबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११८.०३ रुपैयाँ र खरीद दर ११७.४३रुपैयाँ तोकेको छ । बिहिबारको रेकर्ड तोड्दै आज नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको हो । बिहिबारका लागि केन्द्रीय बैंकले प्रति अमेरिकन डलरको बिक्री दर ११७.६७ रुपैयाँ तोकेको थियो । बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असर पर्न गर्न लागि सकेको छ । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलर सामू भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ सस्तिन पुगेको हो ।

Read More

हुम्ला: नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् । एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँतिहारमा जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भएको छ । निजी एयरलाइन्सले उडानमा कमी ल्याएको भन्दै सिमकोट गाउँपालिकाको बिहीबार बसेको गाउँसभाले दशैँ, तिहारजस्ता पर्वमा हुम्लाका लागि उडान नभरेमा निजी एयरलान्सलाई सधैँका लागि उडानमा रोक लगाउने निर्णय गरेको छ । हुम्लीहरू अहिले नेपालगञ्ज–सुर्खेतमा हवाईजहाजले कम उडान गर्दा यात्रु टिकटका लागि भौँतारिरहेका छन् । कहिले महँगो भाडा, कहिले जहाज टिकट नपाउने समस्या हुम्लीका लागि नयाँ होइन…

Read More

काठमाडौँ: नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ । साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो ।उपत्यकाभित्र लामो दूरीको सञ्चालन अनुमति पाएको उक्त कम्पनीका ४० सिट क्षमताका सबै बसमा सिट नं. १ र २ पत्रकार लागि छुट्याइएको छ । उक्त कम्पनीले अन्य बसहरूमा जस्तै महिला, ज्येष्ठ नागरिक, असक्त, बच्चा–आमा र अपाङ्गता भएका व्यक्तिका लागि पनि प्राथमिकताका साथ दुई–दुई सिट छुट्याएको बा५ख ६३९३…

Read More

काठमाडौँ: स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा खहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ । पूर्वराजा सम्पत्ति व्यवस्थापन गर्न गठिन नेपाल ट्रस्टको कार्यालय हालसम्म पुर्व राजपरिवाको सम्पत्ति ८७ अर्ब भएको अनुमान गरिएको छ । राज्य व्यवस्था समितिको विहीबारको बैठकमा नेपाल ट्रस्टका सचिव डा. रमेशप्रसाद सिंहले अहिलेसम्म ८७ अर्बको रकम प्राप्त भएको जानकारी दिए । सो सम्पत्तिलाई अल्पकालीन मध्यकालीन र दीर्घकाली व्यावसायिक योजना बनाएर परिचालन गरी आएको रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उदेश्य रहेको उनले बताए । सो उदेश्य हासिल गर्न निर्देशिका तयार गरिएको पनि उलने बताए । नेपाल ट्रस्टमा स्वर्गीय वीरेन्द्र र उनको परिवारको…

Read More

काठमाडौँ: जनकपुरदेखी भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको छ । नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले विहीबार २९ किमि लिकको सफल यात्रा गरे । रेल विभागका डाइरेक्टर जनरल डिजी बलराम मिश्र तथा भारतीय राजदुत मञ्चिभ सिंह पुरीको नेतृत्वमा दुवै देशका उच्च अधिकारी तथा प्राविधिकले लिक, पुलपुलेसा परीक्षणसँगै निर्माणधीन रेलवे स्टेसन, कर्मचारी आवासको स्थलगत निरीक्षण गरेका थिए । राजदुत पुरी जनकपुर नजिकैको प्लेटफर्म पुगेर फर्किएका थिए । अन्य अधिकारी र प्राविधिक जयनगरसम्मै पुगे । जनकपुर रेलवे विस्तार तथा स्तरन्नति परियोजना भारत सरकारको सहयोगमा अघि बढाइएको हो । रेलको लिक तथा पुलपुलेसाको गुणस्तर जाँच्न भारतबाट निर्माण सामग्रीसहितको मालगाडी नियमित…

Read More

काठमाडौं: आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता, पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । अर्थ मन्त्रालयका अनुसारआर्थिक वर्ष ०७४/७५ को साउन र भदौमा आर्थिक सहायता बजोट शीर्षमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायका नाममा उक्त रकम निकासा भइसकेको छ । यस अवधिमा राज्यकोषबाट दुई करोड ७९ लाख रुपैयाँ आर्थिक सहायताका लािग निकासा भइसकेको छ । यो रकममध्ये(साउनमा) -गंगामाया अधिकारी : २० लाख -एमाले जिल्ला कार्यालय पर्सा : २ लाख ३ हजार -पूर्वमन्त्री रामकृष्ण ताम्राकार : १५…

Read More

भक्तपुर: टिपरको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको घट्नामा आक्रोसित भीडले जलाएको टिपरको आगो नियन्त्रण गर्न गएको दमकल तोडफोड गर्दा रु १० लाखको क्षति भएको छ । जुद्ध वारुणयन्त्र भक्तपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वारुणयन्त्रका सूचना अधिकारी विजय धौभडेलले हिजो साँझ सूर्यविनायकको पाण्डुबजारमा भएको दुर्घटनामा आगो निभाउन गएको दमकलमाथि भीडले आक्रमण गरेको थियो । आक्रमणबाट दमकलको अगाडिको सिसा पूर्ण रुपमा क्षति पुगेको छ भने दमकलको सबै भागमा ढुङ्गा र घरेलु हतियारले हानेर प्वाल नै प्वाल बनाइदिइएका छन् । सूचना अधिकारी धौभडेलले भने, “प्रहरी उपरीक्षकको फोन आउँने बित्तिकै पौन सात बजे आगो निभाउन जाँदा पाण्डु बजारमा आक्रोसित भीडले दमकललाई वरिपरि…

Read More

धनुषा: प्रदेश नं. २ प्रदेशसभा बैठक शुरु भएको पाँच मिनेट मै सकिएको छ । प्रदेश सरकारले बिजनेस दिन नसकेपछि करीब एक महिनापछि आज बसेको प्रदेशसभाको बैठक पाँच मिनेटमै सकिएको हो । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले गाउँ र नगरसभा कानून निर्माण तथा करार कर्मचारी भर्नासम्बन्धी बनेको विधेयक छलफलका लागि प्रस्तुत गरेका थिए । प्रदेश सरकारले संसद् सचिवालयमा प्रशासकीय कार्यविधि, सुशासन कायम गर्ने, प्रदेशसभा सचिवालय, मदर्सा बोर्ड गठन, यातायात व्यवस्थासहित ६ वटा विधेयक दर्ता गराए पनि बैठकमा दुई विधेयकमात्र प्रस्तुत गरिएको हो । प्रदेशसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । शुक्रबारको बैठकमा दुवै…

Read More