Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बारास्थित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनै पनि बहानामा रोकिन नहुने विज्ञ तथा सरोकारवालाले बताएका छन् । ‘द्रुतमार्ग, एयरपोर्ट’ निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले आज यहाँ आयोजित पत्रकार सम्मेलनका वक्ताले देशको गरिमा र अर्थतन्त्रलाई कायपलट गर्ने परियोजनाका रुपमा रहेको उक्त विमानस्थल निर्माणका काम तत्काल अघि बढाउन सुझाए । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्व महानिर्देशक विरेन्द्रबहादुर देउजाले निजगढ विमानस्थल दूरदृष्टियुक्त परियोजना देशको आर्थतन्त्रलाई नै कायापलट गर्ने परियोजना भएको यसलाई निर्माण अघि बढाउनुको विकल्प नभएको उल्लेख गरे । उनले भौगोलिकलगायत विविध समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा धेरै चुनौतीको सामना बेहोरिएको तथा अन्तर्राष्ट्रिय उडान…
काठमाडौ: प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति(सालेस)ले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज अपराह्न बसेको समितिको बैठकले यही असोज १८ गतेको समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरोकारवालाले प्रतिबद्धता जाहेर गरेअनुसार सो मूल्यलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुले सुलभ रुपमा यात्रा गर्न सक्ने गरी बस, माइक्रोबस तथा यातायात साधन र हवाई यातायातलाई सर्वसुलभ बनाई थप कडाइका साथ लागू गर्न समेत सरोकार पक्षलाई निर्देशन दिएको छ । त्यसैगरी समितिको यही असोज १५ को निर्णयानुसार खाद्यलगायत दैनिक…
वीरगञ्ज: दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट रु आठ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन् । भारत तथा तेस्रो मुलुकबाट सवारीसाधन नेपाल भित्रिएपछि वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वको ४० प्रतिशत ती सवारीसाधनबाट उठ्को भन्सार अधिकृत सन्तोष यादवले जानकारी दिए। चालू आवको साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६८० थान मोटरसाइकल तथा अटोरिक्सा, एम्बुलेन्स, ट्र्याक्टर, जीप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएको छ । नेपाल भित्रिने सवारीसाधनमा ९० प्रतिशत भारतबाट तथा १० प्रतिशत तेस्रो मुलुकबाट रहेको छ…
काठमाडौँ: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ । प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । “थुप्रै पीडितले हालसम्म पनि पहिलो, दोस्रो र तेस्रो किस्ता बुझिनसकेकाले समयावधि थप गरिएको हो”, उनले भने । प्राधिकरणको तथ्याङ्कअनुसार २०७५ असार मसान्तसम्म पहिलो किस्ता लिन बाँकी लाभग्राहीले पुस मसान्तसम्म समयावधि थप गरेको छ । त्यस्तै २०७६ बैसाख मसान्तभित्र दोस्रो र तेस्रो किस्ता लिइसक्नुपर्नेछ । हालसम्म पहिलो किस्तासमेत नपाउनेको लाभग्राहीको हकमा प्राधिकरणले फरक खालको समय सीमा निर्धारण गरेको छ । प्राधिकरणले पहिचान भएका सेवाग्राहीसँग…
काठमाडौँ: नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ। जिउँदो खसीबोका प्रतिकिलो पाँच सय रुपैयाँ र च्याङ्ग्रा सात सय रुपैयाँ किलो निर्धारण गरिएको संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए। ‘खसीबोका प्रतिकिलो ५१० रुपैयाँ र च्याङ्ग्रा ७१० रुपैयाँ मूल्य प्रस्ताव गरेका छौ,‘ सापकोटाले भने, ‘किलोमा १० रुपैयाँ छुट दिएर बेच्ने भएकाले खसीबोका प्रतिकिलो पाँच सय रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो सात सय रुपैयाँमा उपभोक्ताले पाउँछन्।‘ संस्थानले गत वर्ष खसीबोका प्रतिकिलो ४ सय ५५ रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ६ सय ७५ रुपैयाँमा बिक्री गरेको थियो। खसीबोकामा प्रतिकिलो ४५ रुपैयाँ र च्याङ्ग्रामा २५ रुपैयाँ मूल्य वृद्धि भएको छ। च्याङ्ग्राको मूल्य…
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारमा सहयोग गर्ने लक्ष्यसाथ आज पनि कलङ्की–नागढुङ्गा सडकखण्डमा दिनभर नै बत्ती काट्ने भएको छ । प्राधिकरणले आज एक सूचनामार्फत सो क्षेत्रमा बिहान १० देखि साँझ १७ बजेसम्म विद्युत् कटौती हुने बताएको हो । प्राधिकरणका अनुसार ढुङ्गेअड्डादेखि तीनथाना बसपार्कसम्म प्रसारण लाइन सार्नुपर्ने तथा व्यवस्थापन गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको जनाएको छ । स्युचाटार सबस्टेसनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् काटिनेछ । प्राधिकरणका अनुसार तीनथाना, नैकाप, सतुङ्गललगायत क्षेत्र प्रभावित हुनेछन् । सडक निर्माण गर्ने ठेकेदारलाई अविलम्ब कार्य सम्पन्न गर्ने दबाब बढेपछि पछिल्लो समयमा २४ घण्टा नै सडक विस्तारका काम भइरहेकाले प्राधिकरणले विद्युत् प्रवाह कटौती…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आमनागरिकको शान्तिसुरक्षा तथा अपराध अनुसन्धानको क्षेत्रमा नेपाल प्रहरीले प्राप्त गरेको ९० प्रतिशत सफलतालाई एउटै घटनाले शुन्यमा झारिदिएको बताएका छन् । ६३ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित विशेष समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने प्रहरीले अपराध अनुसन्धानमा ९० प्रतिशत सफलता प्राप्त गरेको छ तर, त्यो सफलतालाई एउटै घटनाले शुन्य पारिदिएको तथ्य हामीसंग छ । नेपाल प्रहरी संगठनमाथि देश र जनताको ठूलो भरोसा र विश्वास छ, उनले भने यही विश्वास र भरोसलाई दिगो पार्न प्रहरी ब्यवसायिक हुनुपर्छ । समृद्ध नेपाल र सुखी नेपाल निर्माणका लागि शान्तिसुरक्षा पहिलो प्राथमिकतामा रहेको धारणा उनको थियो…
काठमाडौँ: विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब २३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला उक्त रकमऋण सहयोग गर्ने समझदारी भएको हो । अर्थमन्त्री युवराज खतिवडा तथा बैंकको दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको उपस्थितिमा अर्थमन्त्रालय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले सम्झौतापत्रमा बुधबार हस्ताक्षर गरेको अर्थमन्त्रालयले जनाएको छ । उक्त अवसरमा अर्थमन्त्रीले विश्व बैंकले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्र र पर्यटन विकासमा गरेको सहयोगको सराहना गर्दै नेपाललाई थप स्रोतको आवश्यकता…
काठमाडौँ: नेपाल खाद्य संस्थानले दशैंका लागि काठमाडौंमा शुक्रबारबाट खसी–बोका र च्याङग्रा बिक्री थाल्ने भएको छ । संस्थानका अनुसार आज बेलुकासम्म तराईका खसीबोका र हिमालका च्याङ्ग्रा काठमाडौं भित्रिँन शुरु गर्ने भएकाले शुक्रबार बिहान १०/११ बजेबाट थापाथली कार्यालयबाट विक्री शुरु गर्ने छ । यो वर्ष संस्थानले दशैंका लागि राजधानीमा दुई हजार खसीबोका र च्याङ्ग्रा विक्री वितरण गर्ने भएको छ । संस्थानले एक हजार खसीबोका र एक हजार च्याङ्ग्रा गरी दुई हजार चौपाया विक्री गर्ने तयारी थालेको संस्थानका प्रवक्ता शंकर सापकोटाले पहिलोक्लिकलाई बताए । उनले भने संस्थानले घटस्थापनादेखि विक्री शुरु गर्ने तयारी गरे पनि मुस्ताङबाट च्याङ्ग्रा ल्याउन एक दिन ढिला भएकोले बिहिबार बाट…
काठमाडौं : चाडबाडमा मीठो खान र राम्रो लाउन सबैलाई रहर हुन्छ। व्यापारीले भने यही बेला दैनिक उपभोग्य वस्तुको बजारभाउ बढाएका छन्। यसले दसैंमा आम उपभोक्ताको भान्सा महँगो बनाएको छ। भान्सामा उपभोग हुने धेरै वस्तुमा १५ देखि २० प्रतिशत मूल्यवृद्धि भएको छ। हरियो तरकारीदेखि फलफूलसम्म, चामलदेखि खानेतेलसम्म भाउ बढेको छ। सुख्खा फलफूलको मूल्य पनि अचाक्ली बढाइएको छ। थोक व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेका हुन्। चाडपर्वको मुखमै मूल्यवृद्धि गरेर उनीहरूले मौकाको फाइदा उठाउन खोजेका छन्। तर व्यापारीले बाहिरबाट आयात गर्ने सामानमा डलरको विनिमय दर बढेकाले सामानको भाउ बढेको दाबी गरे। ढुवानी खर्च वृद्धि भएको, आन्तरिक उत्पादनमा कमी आएको र उत्पादन हुने मौसम सकिएकाले…
