Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अमेरिकामा स्थायी बसोबासका गर्न सन् २०२० का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) भोलि बुधबारदेखि खुल्दै छ। बुधबार नेपाली समयअनुसार राति ९:४५ बजेदेखि इडीभीको आवेदन समय औपचारिक रुपमा खुल्नेछ। आवेदन गर्ने अन्तिम मिति नोभेम्बर ६, सन् २०१८ अर्थात (कार्तिक २०, २०७५) राति १०:४५ बजेसम्म समय रहेको छ। नेपाल स्थित अमेरिकी दूतावासका अनुसार आवेदन नि:शुल्क रहेको पनि जनाएको छ। यसमा कुनै परामर्शदाताको आवश्यकता नपर्ने जनाइएको छ। तर आवेदन भर्ना भने कुनै प्राविधिक र विज्ञको सहयोग भने लिन सक्ने बताइएको छ। समुहगत रुपमा डिभी भर्दा आफ्नो सबै परिवार सदस्यको नाम उल्लेख हुनु पर्ने जनाइएको छ। अविवाहित २१ बर्षभन्दा मुनिका सबैको विवरण अनिवार्य…
स्टकहोम: दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको छ । कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी. एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । दुवै वैज्ञानिकले क्यान्सर रोगको उपचारका क्षेत्रमा नवीन खोजका लागि उक्त पुरस्कार दिइएको नोबेल समितिले जनाएको छ । यसैबीच, स्वीडेनको अदालतले साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नोल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ । स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको पुष्टी भएको बताएको छ । आर्नोल्टकी पत्नी स्वेडिस एकेडेमीको सदस्य रहेकी छिन्…
लहान: प्रहरीको गस्ती टोलीले गए राति सिरहाको माडर तथा औरहीबाट रु ६१ हजार बराबरको पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए। इलाका प्रहरी कार्यालय औरहीको टोलीले करीब रु ६० हजार पटाका बरामद गरेको छ । बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पु¥याएर नष्ट गरिने प्रहरीले जनाएको छ । दशैँ, तिहार तथा छठपर्व नजिकिँदै गर्दा भारतीय बजारबाट पटाकालगायतका सामान चोरी तस्करी गर्ने क्रम बढेको छ । यात्रु सहायता कक्ष सञ्चालन दशैँ, तिहार तथा छठपर्वलाई मध्यनजगर गरी पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ मा…
काठमाडौँ : त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ । चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो । डिभिजन प्रमुख देवकुमार तामाङले आजदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने बताउनुभयो । “निर्माण सम्पन्न गर्न आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई पत्राचार गरेका छौँ,” उनले भने । उक्त सडक कृष कन्सट्रक्सनले मर्मत तथा सुधार गर्न लागेको हो । डिभिजन कार्यालयले चाडपर्व नजिकिँदै गर्दा विभिन्न स्थानको सडक मर्मत तथा सुधारलाई अगाडि बढाएको हो ।
काठमाडौँ: प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ। निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ। बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप (बगैंचा व्यवस्थापन) को कार्य अन्तिम चरणमा पुगेको छ। बंगैचाको बीचमा अवस्थित तलाउमा राखिएको फोहरा रातिमा सप्तरंगी देखिनेछ। सरकारले दुई वर्षअघि नै बालुवाटारमा बगैंचा व्यवस्थापन गर्ने निर्णय गरेको थियो। त्यसका नाममा ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च गरेर भव्यता थपिएको छ। भीभीआईपीको आवास व्यवस्थापनको जिम्मेवारी पाएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले प्रधानमन्त्री निवास बालुवाटारको रूपरङ नै फेरिने गरी बगैंचा व्यवस्थापनको काम गरेको हो। त्यो अहिले अन्तिम चरणमा पुगेको छ। यो…
तुलसीपुर: लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच सोमबार भएको सहमतिअनुसार आज जहाजले परीक्षण उडान गर्नेछ । “दशैँअगाडि बाटै हामीले सातामा दुई पटक विमानसेवा सञ्चालनको तयारी गरेका छौँ,” निगममा प्रवक्ता अशोक सिग्देलले भने । उनले इन्धनको समस्याका कारण काठमाडौँदेखि भैरहवा हुँदै टरिगाउँ विमानस्थलमा विमान अवतरणको तयारी रहेको जानकारी दिए । प्रवक्ता सिग्देलले परीक्षण उडान गरेसँगै विमानसेवा दशैँअगाडि सम्मका लागि सातामा दुई पटक सम्भवतः सोमबार र शुक्रबार सञ्चालन हुने समेत बताए । सिग्देलले परीक्षण उडानको रिपोर्ट पेश भएसँगै नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरेर…
काठमाडौँ :नेपाल प्रहरीले निर्मला पन्तको जबर्जस्ती करणीपछि हत्या भएको सम्बन्धमा सङ्कलित डिएनएन नमूना परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा समेत भएको जनाएको छ । प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार कञ्चनपुर भीमदत्त नपा–२ उल्टाखामका पन्तको हत्या भएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, उनका छोरा किरणराज र स्थानीय आयुष विष्टबाट सङ्कलिन डिएनए विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको बताए । डिएनए परीक्षणका सम्बन्धमा फरक आशयका साथ समाचार आएपछि प्रहरीको तर्फबाट थप स्पष्ट पार्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको निकायबाट समेत परीक्षण भएको जनाएको हो
काठमाडौँ: सरकारले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन आजदेखि एकीकृत रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । एकीकृत प्रणालीमा वैदेशिक रोजगारसँग सम्बन्धित कार्यमा बहुनिकायको संलग्नता र आबद्धताको व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । राजदूतावासले मागपत्र जाँचबुझका सम्बन्धमा निर्वाह गर्नुपर्ने भूमिकालाई सहज तुल्याउने गरी यस प्रणालीमा राजदूतावास उपप्रणाली थप गरिनाका साथै अध्यागमन विभाग, राहदानी विभाग र कन्सुलर सेवा विभागबाट आवश्यकताअनुसारको विवरण प्राप्त गर्न सकिने गरी अद्यावधिक गरिएको छ । वैदेशिक रोजगार विभाग, व्यवसायी, अभिमुखीकरण तालीम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक तथा बीमा कम्पनी एवं सीपमूलक तालीम प्रदायक संस्थाको कार्यप्रणाली प्रभावकारी हुनाका साथै वैदेशिक…
काठमाडौँ : तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् चार लाख कित्ता (रु चार करोड) साधारण शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न लागिएको छ । यस्तै सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ लाख कित्ता (रु आठ करोड) शेयर बिक्री गर्न लागेको छ । कम्पनीले आज धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआइबिएल एस क्यापिटलका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले आज हस्ताक्षर गर्नुभयो । हाल उक्त कम्पनीको अधिकृत…
काठमाडौँ : राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले पछिल्लो समय सर्वाधिक चासोको विषय बनेको निजगढ विमानस्थलको सन्दर्भमा जनस्तरबाट आएको चासो र सरोकारका विषयमा सम्बन्धित परियोजना र मन्त्रालयबाट सही तथ्य र सत्यलाई प्रस्ट पार्दै निर्माणमा ढिलो नगर्न निर्देशन दिएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको एक वर्ष भित्रै सम्पन्न गर्नेगरी सञ्चालनमा ल्याउन समितिले सुझावसहित निर्देशन दिएको छ । त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहण र मुआब्जा वितरण अविलम्ब सम्पन्न गरी निर्धारित समयसीमा भित्रै सम्पन्न गर्न बैठकले आग्रह गरेको छ । निर्माणाधीन परियोजनामध्ये…