Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपालीहरुको महान चाडको पूर्व सन्ध्यामा सरकारले वजार अनुगमनको क्रममा व्यवसायीहरुको कारोवार स्थलको सिलबन्दीप्रति चेम्वर अफ कमर्सले आपत्ति जनाएको छ । वर्ष भरीकै कारोवारको ४० प्रतिशतभन्दा वढी कारोवार हुने समय दशै तिहार छठ जस्तो नेपालीहरुको महान चाडको पूर्व सन्ध्यामा सरकारले वजार अनुगमनको क्रममा व्यवसायीहरुको कारोवार स्थलको सिलबन्दी गरेको,लामो समय सम्मसिलवन्दी गरी राखेको र सोको परिणामले व्यवसायीहरुनै बिस्थापित हुन पर्ने परिस्थिति सृजना हुन लागेको देखिएको सन्दर्भमाव्यवसायी संघ संस्था, नेपाल चेम्वर अफ कमर्स गम्भीर आपत्तीएवं चिन्ता व्यक्त गरेको छ । बजार अनुगमनको क्रममा कानूनी प्रकृयाका अन्य बिकल्पहरु हुंदाहुंदै पनि दशै तिहार जस्तो व्यवसायीहरुको कारोवारको अत्यन्त महत्वपूर्ण समयमा सरकारद्धारा संकिर्ण मानसिकता र सस्तो…
भक्तपुर: नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ । नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको फोनसमेत नउठाउने गरेको गुनासो बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कर्मचारीलाई तास खेल्दै गर्दा गएराति पक्राउ गरेको हो । तास खेलिरहेको अवस्थामा नोलाइटमा कार्यरत इञ्जिनीयरद्वय आशिष नेपाल, अनिल अधिकारी, सुपरभाइजर देशबन्धु दाहाल र हेल्पर रमेश श्रेष्ठलाई पक्राउ गरिएको र पछि रिहा गरिएको प्रहरीले जनाएको छ । शाखाका प्रमुख प्रज्वलमान श्रेष्ठले ती कर्मचारी नहुँदा सेवा प्रवाहित हुने भनी अनुरोध गरेपछि छाडिएको हो । प्रमुख श्रेष्ठले शनिबारको दिन आफू कार्यालय नगएकाले…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालको शान्ति प्रक्रियामा उनको योगदान स्मरणीय रहेको बताएका छन् । आज अपराह्न दिवङ्गत हुनुभएका तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहालले भने, “नेपालको शान्ति प्रक्रियामा उनले यस्तो समन्वयकारी भूमिका निर्वाह गर्नुभयो, जसले साँच्चै नै नयाँ राजनीतिक वातावरण बनाउन महत्वपूर्ण योगदान गर्नुभयो ।” नेपालको राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रजका रुपमा स्वर्गीय तुलाधरलाई सम्झँदै उनले मानवाधिकार संरक्षणको क्षेत्रमा पनि उहाँले गर्नुभएको योगदानलाई नेपालीले सधैँ सम्झिरहने बताए । यसैबीच तुलाधरका परिवारसँगको कुराकानीमा उहाँले राष्ट्रिय सम्मानका साथ उहाँको अन्त्यष्टि गर्न पहल गरिने बताए । नेकपाका अर्का…
काठमाडौँ: धरहरा निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकाय र स्थानीय समुदायले धरहरा पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा आज आयोजित कार्यक्रममा सहभागीले धरहरा पुनःनिर्माणका लागि त्यहाँ भएका पूर्वाधार हटाएर सहजीकरण गर्ने र भविष्यमा आइपर्ने काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चयकोष, नेपाल राष्ट्र बैंक, गोश्वारा हुलाक कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले धरहरा पुनःनिर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। टेलिकमका प्रबन्धक झवीन्दलाल उपाध्यायले तत्कालीन र दीर्घकालीन हिसाबले सहज हुने गरी टेलिफोनको लाइन व्यवस्थापन गरेर धरहरा निर्माणमा सहयोग…
कास्की: पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल पोखरा पल्टन र चितवन राइनोजका बीचमा हुने भएको छ । आज यहाँ भएको इलिमिनेटर खेलमा चितवनले हुलास काठमाडौँ रोयल्सलाई छ विकेटले पराजित गरेसँगै पोखराले उपाधि भिडन्तमा चितवनलाई प्रतिष्पर्धी पाएको हो । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा कात्तिक ९ गतेदेखि पोखरा रङ्गशालामा जारी सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा घरेलु टोली पोखराले भने यसअघिनै समूह चरणमा शीर्ष स्थानमा रहँदै मङ्गलबार हुने फाइनल खेलमा स्थान सुरक्षित गरेको थियो । फाइनल प्रवेशको लागि ९५ रनको सामान्य लक्ष्य पाएको चितवनले स्मित पटेलको ३८ र हरिशङ्कर शाहको २६ रनको मद्दतले १८ ओभरकोे दोस्रो बलमा लक्ष्य पूरा गरेको…
काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको आउँदो पुसमा हुने ४४औँ दीक्षान्त समारोहमा १० हजार विद्यार्थी सहभागी हुने भएका छन् । अनलाइन फारम भर्ने सुविधा दिइएपछि यस वर्ष दीक्षान्तमा सहभागी हुने विद्यार्थीको संख्या बढेको त्रिविले जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले बिहिबारसम्मलाई म्याद दिइएकामा सोही दिन दिउँसोसम्म नौ हजार ९२० ले अनलाइन फाराम भरेको जानकारी दिनुभयो । यस वर्ष ७३ हजार ९०१ विद्यार्थी दीक्षान्तयोग्य छन् । स्नातकका ५४ हजार ७९४ र स्नातकोत्तरका १८ हजार ८७९ विद्यार्थी छन् । त्यस्तै एमफिलतर्फ १५६ र पिएचडीका ७२ हजार विद्यार्थी समारोहमा सहभागी हुने त्रिविले जनाएको छ ।
काठमाडौँ: साताको पहिलो कारोवारको दिनमै पूँजी बजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से आइतबार १३ दशमलब ७० अंकले घटेर एक हजार २०७ दशमलब २८ अंकमा झरेको छ। ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २ दशमलब ८६ अंकले घटेर २५६ दशमलब ८१ अंकमा कायम भएको छ । आजको कारोबारमा अन्य बहेको सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ सबै भन्दाबढी जीवन बीमा ८७ दशमलब ५२ अंक, निर्जीवन बीमा ६५ दशमलब ३९ अंक र बाणिज्य बैंक १७ दशमलब १९ अंकले घटेको छ । उत्पादन मूलक समूहको परिसूचक १५ दशमलब २३ अंक र जलबिधुत ११ दशमलब ८३…
काठमाडौँ : निर्माण कार्य अन्तिमचरणमा पुगेको कोटेश्वर–कलङ्की सडक खण्डकमा दोस्रो तहको कालोपत्रको काम अघि बढेको छ । केही दिनभित्रैमा ग्वार्कोबाट कोटेश्वरतर्फको कालोपत्र अघि बढ्ने योजनाले जनाएको छ । दुई तहको कालोपत्र सकिएपछि सडक चिन्हको काम हुनेछ । कलङ्कीबाट ग्वार्कोसम्म दोस्रो तहको कालोपत्र भइरहेको योजनाले जनाएको छ । आगामी पुसको दोस्रो साताभित्रैमा सडक निर्माणको सम्पूर्ण कामसक्ने गरी निर्माण कार्य अघि बढेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । उनले भने, “सम्झौता अनुसारका काम अन्तिमचरणमा पुगिसकेको छ ।” नेपाल सरकारले यस खण्डमा सातवटा आकाशे पुल र आठ लेन सडकको दुवैतर्फ एकएक ‘लेन’ को सेवा मार्ग (सर्भिस ट्र्याक) निर्माण गरिरहेको छ ।…
काठमाडौँ : बामपन्थी नेता पद्मारत्न तुलाधरको ७८ वर्षको उमेर आज दिउसो उपचारका क्रममा निधन भएको छ । पारिवारिक श्रोतका अनुसार उनको उपचारको क्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा २:२३ बजे निधन भएको हो। तुलाधरलाई माअाेवादी विद्राेहीलार्इ शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा बिशेष गरी सम्झिछ । गरेका बामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ। गत शुक्रबार मस्तिष्कघात भएपछि उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था थप जटील बनेपछि उनलार्इ बुधबार नर्भिक गरिएको थियो। पञ्चायतकालदेखि बाम राजनीतिमा सक्रिय उनी पछिल्लाे समय मानवअधिकारवादी अभियानमा बढी सक्रिय थिए। ।
लन्डन: संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन् । विश्वमै ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाले विश्व बजारलाई स्थिर राख्न पहल नगरे बजारमा तेलको मूल्यवृद्धि हुनेछ । इनर्जी आस्पेक्टमा आबद्ध विज्ञ रिकार्डो फाबियानीले अर्को साता सबैका आँखा इरानी तेल निर्यातमा अडिएको बताउनुभयो । उहाँले अमेरिकी नाकाबन्दीका बाबजूद इरानी तेल कालोबजारी हुने खतरा रहेको समेत बताए । इरानको आयस्रोतको मुख्य हिस्सा खनिज तेलले ओगटेको छ । सोमबारदेखि इरानी तेल आयातकर्ता विरुद्ध अमेरिकाले कडा निगरानी राख्ने बताइसकेको छ । इरानमाथि…
