काठमाडौँ : बामपन्थी नेता पद्मारत्न तुलाधरको ७८ वर्षको उमेर आज दिउसो उपचारका क्रममा निधन भएको छ । पारिवारिक श्रोतका अनुसार उनको उपचारको क्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा २:२३ बजे निधन भएको हो।
तुलाधरलाई माअाेवादी विद्राेहीलार्इ शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा बिशेष गरी सम्झिछ ।
गरेका बामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ।
गत शुक्रबार मस्तिष्कघात भएपछि उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था थप जटील बनेपछि उनलार्इ बुधबार नर्भिक गरिएको थियो।
पञ्चायतकालदेखि बाम राजनीतिमा सक्रिय उनी पछिल्लाे समय मानवअधिकारवादी अभियानमा बढी सक्रिय थिए। ।