Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
जनकपुरधाम : प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिकामा बस्ने ४० वर्षीय महिलालाई सोमबार ४ जना यूवक मिलेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बलात्कार गर्नेहरुमध्ये २ जना प्रहरी नियन्त्रणमा रहेको जिप्रका धनुषाले जनाएको छ । बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर ७ का २५ नरेश महतो र भारतको विहार प्रान्त मधुवनी जिल्लास्थित कलुवाही बस्ने ४९ वर्षीय राघवेन्द्रकुमार सिंह रहेको प्रहरी निरीक्षक अशोक झाले जनाए । फरार रहेका २ जनाको खोजी कार्य तिव्ररुपमा भइरहेको प्रहरी निरिक्षक झाले जानकारी दिए ।
भक्तपुर : मध्यपुरथिमि नगरपालिका–४ मा रहेको प्रसिद्ध एवं ऐतिहासिक ३०० वर्ष पुरानो निगु पुखुः अर्थात् दुईपोखरीमध्ये ठूलो पोखरीको पुनर्निर्माण शुरु भएको छ । दुई पोखरीमध्येको सानो पोखरीको पुनर्निर्माण सम्पन्न गरेको नगरपालिकाले आजदेखि ठूलो पोखरीको संरक्षण तथा पुनर्निर्माण शुरु गरेको हो । पोखरीको पुनर्निर्माणको आज वाग्मती प्रदेशका प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठ र नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शिलान्यास गर्नुभयो । नगरपालिकाको ऐतिहासिक पहिचानका रुपमा रहेको सो पोखरीको संरक्षण अभावमा पानी सुकेर वर्षौंदेखि चौरमा परिणत भएपछि गत वर्षदेखि नगरपालिकाले संरक्षण एवं पुनर्निर्माण अभियान शुरु गरेको थियो । निगु पुखुः संरक्षणका लागि नगरपालिकाले उत्तरतर्फको ठूलो पोखरीको संरक्षण एवं पुनर्निर्माणका लागि चालू आव…
काठमाडौं : दुई विद्यार्थी संगठन अनेरास्ववियु र नेविसंघबीच झडप भएको छ । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा नेकपा निकट अनेरास्ववियू र कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ)का कार्यकर्ताहरुबीच झडप भएको हो । झडपमा करिब १० जनाजति घाइते भएका छन् । महानगरीय प्रहरी बृत्त सिंहदरबारका अनुसार झडपमा संलग्न केही विद्यार्थीलाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा ४ जना नेविसंघ र २ जना अनेरास्ववियूसँग सम्बन्धित छन् । झडपमा अनेरास्ववियूका संगम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपाने तथा नेविसंघका पुस्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्का घाइते भएका जनाइएको छ । प्रहरीका अनुसार दुवै…
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज सोमबार दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । केन्द्रीय बैंकले अहिले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गरिरहेको छ । बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गरेको जनाएको छ । खरिदका लागि आज ३ बजेसम्मको समय तोकिएको छ । उक्त टे«जरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
काठमाडौं : स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र मिडफिल्डर अनिता बस्नेत भारतीय महिला लिगमा सहभागी भएर आज सोमबार नेपाल फर्किएका छन्। राष्ट्रिय टोलीकी स्टार खेलाडी सावित्राको लिगमा उत्कृष्ट प्रदर्शन रह्यो । उन्री आवद्ध गोकुलम केरला एफसीले पहिलो पटक लिगको ट्रफी उचालेको थियो। लिगमा अनिता सम्मिलित सेथु एफसी भने गोकुलमसँगै पराजित हुँदै सेमिफाइनलबाटै बाहिरियो। एक छनोटसहित लिग चरणका सबै खेलमा पहिलो रोजाइमा मैदान उत्रेकी सावित्राले ८ खेलमा १९ गोल गर्दै सर्वािधक गोलकर्ता समेत बनिन्। सर्वाधिक गोलकर्ता बनेसँगै उनले १ लाख भारतिय रुपैयाँ पाएकी थिइन्। गत संस्करण एकै टोलीबाट खेलेका यी २ खेलाडीले यो संस्कररण फरक क्लब रोजेका थिए। …
काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा आज बिहान ढाकातर्फ प्रस्थान गरेका छन । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र उक्त मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रवीण अर्याल छन । मन्त्री ज्ञवाली नेतृत्वमा ढाकामा दुई देशबीच भोली मङ्गलबार प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीले आपसी सम्बन्धका साथै साझा चासोका ऊर्जा, व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पर्यटन, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रवद्र्धनमा केन्द्रित रहेर विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले बताए।…
काठमाडौं : काठमाडौँ उपत्यकामा विजुलीको तार भूमिगत गर्ने कामको शुभाराम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन । आज बिहान ९ बजे काठमाडौंको महाराजगञ्जस्थित प्रहरी तालिमकेन्द्र अगाडिबाट यो कामको शुभाराम्भ गर्दै प्रधानमन्त्री ओलीले ठेकेदार कम्पनीलाई सन २०२१ अक्टोबर महिनाभित्र यो काम सम्पन्न गर्न निर्देशन दिएका छन । यो अभियान भरपर्दो विद्युत वितरणको एउटा नयाँ आयाम भएको भन्दै यसले काठमाडौंको सौन्दर्यता बढाउने र विद्युतका कारण हुने जोखिम अन्त्य हुने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने,’ सरकार अहिले विद्युत उत्पादन वृद्धिका साथै जनतामा विद्युतको पहुँच पुर्याउने लक्ष्यका साथ अगाडि बढेको छ । अबको २,३ वर्षमा सबै जनता विद्युतको पहुँचमा पुग्ने…
काठमाडौं : उपसभामुखबाट केही समयअघि मात्रै राजीनामा दिएकी डा शिवमाया तुम्वाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री हुँदैछिन । उनलाई कानुनमन्त्रीको रुपमा आज सोमबार अपराह्न ३ बजे शपथ ग्रहण गराउने तयारी सरकारको छ । यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी गरेको भए पनि नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो । सभामुख नियुक्तिका लागि उपसभामुखको राजीनामापछि नेकपाले उनलाई रिक्त रहेको मन्त्रालय सुम्पने आश्वासन पहिल्यै दिएको थियो । त्यसअनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद हेरफेर गर्दै तुम्बाहाम्फेलाई कानुन र शहरी विकासमन्त्रीमा महेश बस्नेतलाई सपथ खुवाउने तयारी भइरहेको एक नेताले बताएका छन । भक्तपुरमा प्रभाव बलियो बनाएका…
काठमाडौं : पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको मौसमविद् मीनकुमार अर्यालले बताए । ‘मौसम नखुले पनि तत्काललाई वर्षा हुने सम्भावना छैन’, मौसमविद् अर्यालले भने । मौसम खुल्ला भई घाम लाग्नका लागि नयाँ वर्षा हुने मौसमी प्रणाली विकसित हुनुपर्ने मौसमविद्को भनाइ रहेको छ । मौसमविद् अर्यालका अनुसार बुधबारबाट नयाँ मौसमी प्रणाली विकास भई आकाश खुल्ला हुने सम्भावना रहेको छ । वायुमण्डलको प्रदूषणले अन्तर्राष्ट्रिय उडान भने प्रभावित हुनसक्ने खतरा बढेको जनाइएको छ । मौसमविद्का अनुसार वायुमण्डलको पारदर्शिता तीन…
मध्यपुरथिमि : महानगरीय प्रहरी परिसर भक्तपुरमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरीमा मिलापत्र हुने गरेको छ । प्रहरीमा मात्रै नभई नगरपालिकाको न्यायिक समितिमा परेका सो सम्बन्धी उजुरी मिलापत्र नै हुने गरेको पाइएको छ । विसं २०७५ माघदेखि २०७६ माघसम्ममा महानगरीय प्रहरी परिसरको महिला तथा बालबालिका सेवा केन्द्रमा १४३ महिला हिंसाको उजुरी दर्ता भएका थिए । ती अधिकांश उजुरी छलफल गरी मिलापत्रबाटै टुङ्ग्याएको केन्द्रकी प्रहरी सहायक निरीक्षक सानु श्रेष्ठले जानकारी दिर्ए । उनका अनुसार दर्ता भएका उजुरीमध्ये शारीरिक यातना, कुटपिट गरी घर निकाला गरिएकामा ४३ मध्ये ३९ वटामा मिलापत्र गराएर पठाइएको थियो । चार उजुरीकर्ता पछि सम्पर्कमा…
