Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सङ्खुवासभा: जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा निलम्बनमा परेका हुन् । उनीहरुमाथि १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप छ । प्रहरी सहायक निरीक्षक खतिवडालाई जिल्ला अदालतबाट तारेखमा छाडिएको र प्रहरी जवान शेर्पा हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक श्यामकुमार सारुमगरले जानकारी दिए।

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्क्याएर रकम उठाएको अभियोगमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार व्यवसायीसँग घुस लिएको अभियोगमा आज प्रहरी नायब निरीक्षक खरेललाई पक्राउ गरिएको हो । आयोगले गत भदौ ३० गते सोही स्थानबाट १० प्रहरी कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका प्रहरी कर्मचारीसँगको बयानका आधारमा आज थप पक्राउ गरिएको हो । आरोपी खरेललाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै आयोगले आजै कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उपरजिष्टारद्वय धर्मराज रोकाय र गङ्गाधर पौडेललाई पक्राउ गरेको…

Read More

काठमाडौँ: पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको बताएका छन्। सत्ता पक्ष दलको प्रमुखको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त प्रशासन चाहन्थे तर सात महीनामा जनतालाई सुशासनको अनुभूति हुन नसकेको बताए । उनले विकास निर्माणमा ठेकेदारले गुणस्तरहीन काम गरेको तथा जनताको जनजीविकासँग जोडिएको गाँस, बास कपास, शिक्षा, स्वास्थ्य र सुरक्षामा सन्तोषजनक उपलब्धि प्राप्त हुन नसकेको बताए। चालू दोस्रो अधिवेशनको ७९औँ बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ‘विकास निर्माणमा आबद्ध ठेकेदार बेपत्ता हुनु, कालोसूचीमा परेका भ्रष्टहरु पुरस्कृत हुनु र महिला हिंसा बढ्दै जानु’ सरकारप्रतिको जनविश्वास गुम्दै गएको बताए। संसद्का बैठकमा सांसदहरुले सरकारको काम कारवाहीप्रति गरेका ध्यानाकर्षणका…

Read More

काठमाडौँ: एशियाली विकास बैंक (एडिबी)ले समुदायद्वारा व्यवस्थित नेपालका २० वटा शहरी क्षेत्रका नगरपालिकामा व्यवस्थित पानी आपूर्ति तथा सरसफाइमा पहुँच सुधार गर्न रु १३ अर्बभन्दा बढी ऋण स्वीकृत गरेको छ । बैंकको प्रधान कार्यालय मनिलामा आज सम्पन्न बैंक कार्यकारी समितिको बैठकले उक्त रकम ऋणस्वरुप उपलब्ध गराउन स्वीकृति जनाएको हो । बितेका १८ वर्षमा एडिबीले ७० वटा साना शहरमा समुदायद्वारा व्यवस्थित पानी आपूर्ति तथा सरसफाइ आयोजना सफलतापूर्वक सम्पन्न गर्दै आएको छ । उक्त ऋणस्वरुप सञ्चालन हुने नयाँ परियोजनाअन्तर्गत देशका २० वटा शहरी क्षेत्रमा एक हजार ६०० मिटर पाइपलाइन बिछ्याउने, १५ वटा जल प्रशोधन केन्द्र निर्माणमा सहयोग गर्नाका साथै आठ हजार सार्वजनिक शौचालय…

Read More

काठमाडौँ : राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा समापन मन्तव्य दिँदै उनले ‘टीकापुर घटना अधिकार प्राप्तिको घटना भए पनि’ निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म प्रमाणपत्र नइिदएकामा रोष प्रकट गरे । उनले चाडपर्वको मुखमा महँगी बढाएको तथा सामग्रीको अभाव र कालाबजारी नियन्त्रण गर्न नसकेको आरोप पनि लगाए । निजगढ विमानस्थल निर्माण गरिँदा वातावरणमा प्रभाव नपर्ने गरी काम अघि बढाउन उहाँले सरकारको ध्यानाकर्षण गराए । सबै भाषाभाषीलाई सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न आफूले संसद्मा हिन्दीमा बोल्ने गरेको नेता महतोको भनाइ…

Read More

काठमाडौँ :काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए । कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ । दैनिकरुपमा २०० देखि २५० मिटरको दरले टनेलको सो काम भइरहेको छ । पानीको सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुनेछ । काठमाडौँवासीले मेलम्ची खानेपानीको प्रतिक्षामा १८…

Read More

काठमाडौँ: विहिबार मात्रै प्राविधिक कारण देखाएर असोज १५ गतेबाट मात्रै सुपथ मूल्य पसल संचालन गर्ने बताएको सरकारले एका एक पुनः एक सूचना जारी गर्दै पुरानै मितिअर्थात असोज १२ गते नै पसल संचालन गर्ने जनाएको छ। पहिलोक्लिकलाई नेपाल खाद्य संस्थानका प्रबक्ता शंकर सापकोटाले भने, “आन्तरिक प्राविधिकका कारण हामीले असोज १५ गते गर्ने निर्णय गरेको थियौं तर अव फेरी असोज १२ गते नै गर्छौं तर समय तालिका अहिले ढिलो गरी गर्छौं।” पसल उद्दघाटन बेलुका ३ देखि ४ बजेबाट गर्छौं, उनले भने। http://सर्यो सुपथ मूल्य पसल संचालनको मिति, असोज १२ होइन १५ गतेबाट मात्रै खुल्ने

Read More

काठमाडौँ: सेयर बजार घट्ने क्रम साताको अन्तिम कारोबारको दिन बिहिबार पनि जारी रह्यो । सेयर बजार परिसूचक (नेप्से) १० दशमलब ५६ अंकले घटेर एक हजार २६७ दशमलब १८ अंकमा पुगेर बजार बन्द भएको छ । मंगलबार २२ दशमलब ३७ अंकले बढेको नेप्से परिसूचक बुधबार दुई दशमलब ३१ अंकले घटेको थियो नेप्सेसंगै कारोवारमा पनि गिरावट आएको छ । आजको कारोवारमा होटल र उत्पादनमूलक समूहको परिसूचक बाहेक अन्य सबै परिसूचक घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक ६७ दशमलब ०२ अंक र जीवन बीमा समूहको परिसूच २९ दशमलब ०७ अंकले घटेको छ भने बाणिज्य बैंक १२ दशमलब ५७ अंक, विकास बैंक ३…

Read More

काठमाडौं: सरकारले ३९ औं विश्व पर्यटन दिव धुमधामका साथ मनाई मनाईरहँदा पर्यटन क्षेत्रका श्रमिकहरुले भने पर्यटन क्षेत्र नै ठप्प पारिदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । यूनिट्राभ र अखिल नेपाल पर्यटन मजदुर संघले अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रमा रहेको सिण्डिकेटको विरुद्धमा आन्दोलनको घोषणा गरेका हुन् । अन्नपूर्ण तथा मनाश्लु क्षेत्रमा होटल व्यवसायीको अगुवाईमा विभिन्न स्थानीय क्लब लगायत स्थानीय सरकार समेतको मिलेमतोमा सिन्डिकेट लागु गरी श्रमिकमाथि अन्याय पार्ने काम भएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुली र अखिल नेपाल पर्यटन मजदुर संघका अध्यक्ष रामचन्द्र ढुंगानाद्धारा संयुक्तरुपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । पर्यटन श्रमिकहरुमाथि भएको अन्यायलाई मुखदर्शक भएर हेरेर बस्न नसकिने भन्दै…

Read More

नवलपरासी : पश्चिम नवलपरासीका किसान उखुको भुक्तानीबाट वञ्चित भएका छन् । यहाँका चिनी उद्योगले किसानलाई ४५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । रकम नपाएपछि किसान आन्दोलनको तयारीमा जुटेका छन् । किसानले चिनी उद्योगबाट अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, यस वर्ष समयमै उखुको मूल्य निर्धारण गरिनुपर्नेलगायत माग राख्दै आएका छन् । उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार उखु मिलले अघिल्लो वर्ष खरीद गरेको रकम किसानलाई भुक्तानी गर्न आलटाल गर्दै आएका छन् । जिल्लाका इन्दिरा सुगर उद्योग, वाग्मती खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिलबाट किसानले भुक्तानी पाउन बाँकी छ । वाग्मती चिनी मिलले २६ करोड रुपैयाँ, इन्दिरा…

Read More