काठमाडौं: निर्मल पन्त हत्याराको गिरफतारी र उनको निमित्त न्यायको लागि शनिबार राजधानीको सडकमा उत्रिएका जमाको हुलमा नयाँ शक्ति पार्टीकी नेतृ तथा पूर्वमन्त्री कल्पना धमलाले आफूलाई राज्यले जिम्मेवारी दिए पन्तको हत्यारा पत्ता लगाइदिने बताएकी छिन्।
‘निर्मलाका निम्ति न्याय’ अभियान अन्तर्गत आज राजधानीमा भएको प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै धमलाले अपराधीलाई संरक्षण गर्न सरकारले जनमतको दुरुपयोग गरेको आरोप लगाइन्।
पन्तको हत्यारा पत्ता लगाउन थुप्रै प्रमाण रहेको भन्दै उनले भनिन्, ‘सकेन भन्छ सरकार । लाज लाग्दैन कुर्सीमा बस्न ?’
पूँजीवादका कारण बलात्कार तथा महिला हिंसा बढेको भन्ने गृहमन्त्रीको अभिव्यक्तिप्रति पनि उनले कडा कटाक्ष गरिन् उनले।
उनले संसदमा ३३ प्रतिशत महिलाले स्थान ओगटेर बसेको र उनीहरुको पनि राजीनामको माग गरिन्। ३३ प्रतिशत खाने तर, आफ्नै छोरी चेलीको बलात्कार तथा हत्या हुँदा चुइँक्क नबालेको भन्दै उनले भनिन्, ‘कुन नैतिकताका आधारमा संसदमा बसिरहनु भएको छ । राजीनामा दिनुस् ।’
सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएकी नयाँ शक्ति पार्टीकी नेतृ धमलाले निर्मला पन्तको हत्यारा पत्ता लगाउने जिम्मा आफूलाई दिन सरकारलाई चुनौती समते दिएकी छन् । ‘निर्मलाको हत्यारा पत्ता लगाउने जिम्मा मलाई दिनुस्, म पत्ता लगाइदिन्छु हत्यारा’ उनले भनिन्, ‘एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई कोर्रा हान्नुस्, अहिले पत्ता लाग्छ हत्यारा ।’
जसले प्रमाण नष्ट गर्छ, उनीहरुलाई नै पन्तको हत्यारा थाहा रहेको उनले बताइन्