काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । नियमिततर्फ १ हजार १४५ विद्यार्थीले जीपीए ३.६१ देखि ४ सम्म ल्याएका छन् भने ८ हजार ९ सय ४९ले जीपीए ३.२१ देखि ३.६० जीपीए ल्याएको बोर्डले जनाएको छ ।
२४ हजार ५ सय १५ विद्यार्थीले जिपिए २.८१ देखि जिपिए ३.२० सम्म ल्याएका छन् । ४८ हजार ७ सय ३१ ले जीपीए २.४१ देखि २.८० सम्म र ८६ हजार सात सय ७० परीक्षर्थीले २.१ देखि २.४० सम्म जीपीए ल्याएका छन् ।
यो वर्ष नियमिततर्फ ३ लाख ३२ हजार ८९१ विद्यार्थी सहभागी थिए ।
Facebook Comments Box