Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: दुई दिनदेखि राजधानीमा देखिएको पेट्रोलियम पदार्थको अभाव टार्न पेट्रोलियमका ट्याङ्करहरु सुरक्षा निकायले ल्याउने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले भन्यो, “सुरक्षा निकायका चालकहरुलाई हवाई जहाजबाट पठाएर तेलका ट्याङ्करहरु काठमाडौँ ल्याउने तयारी गरेका छौँ।” प्लेन चार्टर गरेर भए पनि सुरक्षा निकायका क़रीब ६० चालकहरुलाई देशका विभिन्न डिपोहरूमा पठाउन लागिएको मन्त्रालयले बतायो। सुरक्षा निकायका चालकलाई भैरहवा र सिमरा आजै पठाइएको पनि मन्त्रालयले जनाएको छ। हड्तालमा उत्रिएका चालकहरुबाट साँचो लिएर ट्याङ्कर काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ। यता, आयल निगमले भने तत्कालका लागि निधन अभाव टार्न कोटा प्रणाली लागु गर्ने बताएको छ। ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज…
काठमाडौँ: त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ । पहिले प्रवेश परीक्षामा मात्र पढ्न पाउने व्यवस्थालाई गरेको नेपाल ल क्याम्पसले अहिले प्रवेश परीक्षामा समेत पढ्न पाउने व्यवस्था गरेको हो । सबै विद्यार्थीको पढन पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि प्रवेश परीक्षामा सामेल नभएकालाई समेत भर्ना खुलाइएको क्याम्पस प्रमुख डा दिनानाथ पराजुलीले बताए । पहिले कोटा प्रणाली लागू गरिएको ल क्याम्पसमा पछि प्रवेश परीक्षामा मात्र सामेल भएकाले मात्र भर्ना गर्न पाउने भनिएको थियो । उनका अनुसार प्रवेश परीक्षामा सामेल नभएकालाई आजदेखि असोज १५ गतेसम्म भर्ना खुला राखिएको बताए ।…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव बमोजिम पार्टी जिम्मेवारी तोएिको हो । पार्टी सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार प्रदेश नं १ को इन्चार्जमा भीम आचार्य, सहइन्चार्जमा सावित्री काफ्ले तथा प्रदेश कमिटी अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशकुमार राई नियुक्त भएका छन्। त्यसैगरी प्रदेश नं २ को इन्चार्जमा सत्यनारायण मण्डल र सहइन्चार्जमा विश्वनाथ साह तथा प्रदेश कमिटी अध्यक्षमा प्रभु साह र सचिवमा…
काठमाडौँ: राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने नाममा पुस्तौँदेखि सञ्चालनमा रहेको सुन्दरीजलको पुरानो बाटो बन्द नगर्न स्थानीयवासीले माग गरेका छन् । सुन्दरीजलबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै चिसापानी, हेलम्बु, लाङ्टाङ, मेलम्चीलगायत जाने मोटरबाटो बन्द गरी आयोजनाले अधिग्रहण गरेको जग्गाका छेउबाट नयाँ सडक खोल्ने योजना अघि सारेको स्थानीय सुशील सिम्खडाले बताए । अहिलेको सडक आयोजनाले अधिग्रहण गरेको जग्गाको बीचमा पर्छ । त्यो सडक पानी प्रशोधन केन्द्र निर्माणका लागि जग्गा अधिग्रहण गर्नुअघि नै बनिसकेको थियो । सडक बन्द गरे पर्यटकीय केन्द्र चिसापानी हेलम्बु, लाङ्टाङ, मेलम्चीलगायत स्थानमा जाने पर्यटक पनि प्रभावित हुनेछन् । मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोकको मेलम्ची खोलालगायत थप तीन खोलाको…
काठमाडौँ, : नेपाल राष्ट्र बैंकको कार्यालय थापाथली परिसरमा नयाँ सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएको छ । विसं २०७२ वैशाखमा गएको गोरखा भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो । थापाथलीस्थित सो कार्यालयको ४२ रोपनी तीन आना दुई पैसा जग्गा रहेको छ । सो जग्गामा एक अर्ब ८७ करोड रुपैयाँको लागतमा ६ तले भवन बन्नेछ । उक्त भवन ३० महिनाभित्र निर्माण सम्पन्न हुनेछ । भवनको आज एक कार्यक्रमबीच शिलान्यास गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पुरानै संरचनामा अत्याधुनिक भवन बन्ने बताए । विभिन्न बाधा अवरोधकाबीच भवन निर्माणले गति लिएकोमा खुशी व्यक्त गर्दै उहाँले…
हनोई: भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान १० बजेर ५ मिनेट जाँदा उनको निधन भएको छ । उनले सन् २०१६ देखि राष्ट्रपतिको कार्यभार सम्हालेका थिए। यसअघि उनले चार दशकभन्दा बढी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। आलङ्कारिक राष्ट्रपतिका रुपमा रहेपनि उहाँले भियतनामका प्रभावशाली नेताको छवि बनाउनुभएको थियो । गत साता आफ्नो कमजोर स्वास्थ्यका बीचमा पनि राष्ट्रपति ट्रानले इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोको स्वागत कार्यक्रमको आतिथ्य गरेका थिए। हनोईमा चिनियाँ राजनीतिज्ञ र विदेशी प्रतिनिधिमण्डलसँग…
काठमाडौँ: नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्कनुपरेको हो । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहनविक्रम केसीले एकबिहानै टिकट लिन नयाँ बसपार्क आएका यात्रु टिकट नपाएपछि फर्किनुपरेको जानकारी दिए। “टिकट लिन आएका १०÷१५ यात्रु अहिलेसम्म फर्किसकेका छन्”, उनले भने। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भदौ ३१ गते असोज ५…
पोखरा: झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन्। अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उनको काजकिरिया गरिएको थियो । विसं २०७२ वैशाख १२ गते काठमाडौँको कपनमा जीवन र उनका आफन्तसहित पाँच जना एउटा कोठामा बसेर पढिरहेको समयमा भूकम्प आएपछि उनी सम्पर्कविहीन भए। भूकम्पछि अन्य चार जना सम्पर्कमा आए पनि उनका लामो समयसम्म सम्पर्कमा नआएपछि मृत्यु भएको हुनसक्ने ठानेर घरमा काजकिरिया गरिएको उहाँको ठूलोबुबा हरि बूढाले जानकारी गराए। पोखरामा यातायात मजदूरका रुपमा काम गरिरहेको सुराकी पाएर खोज्न…
काठमाडौँ: प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणीकुमारी खड्का निर्विरोध निर्वाचित भएकी छिन् । समितिको आजको बैठकले उनलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो । खड्काको उम्मेदवारीमा सांसद गणेशकुमार पहाडी प्रस्तावक र समर्थकमा इन्दुकुमारी शर्मा रहनुभएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासहित समितिका सदस्यहरुले सरकार र समाजलाई स्पष्ट मार्गनिर्देश गर्ने समितिको सभापतिमा चयन हुनुभएकामा श्रीमती खड्कालाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यकाल सफलताको लागि कामना गरे । त्यसैबीच राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा शशी श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । सांसद कृष्णगोपाल श्रेष्ठ प्रस्तावक र रेखा शर्मा समर्थक रहेको श्रेष्ठलाई निर्वाचित गरियोस् भन्ने सूचनालाई बैठकले सर्वसम्मतरुपमा अनुमोदन…
काठमाडौँ: काठमाडौँ-मधेश/तराई द्रूतमार्ग (एक्सप्रेस वे) को निर्माण जिम्मा पाएको नेपाली सेनाले जग्गा अधिग्रहणको बाँकी काम मुख्य चुनौती रहेको जनाएको छ। परियोजना निर्माणका लागि सरकारले ललितपुर जिल्लाको जग्गा मुआव्जा सम्बन्धमा सैंबु, खोकना,बुङ्गमती तथा डुकुछाप इलाकामा अधिग्रहणभित्र पर्ने कुल क्षेत्रफल ९१२.५ रोपनी मध्ये हाल १०२.७५ रोपनी सरकारी जग्गा परेको र अझै २९३.७५ रोपनी जग्गाको पुर्जा नै प्राप्त हुन बाँकी रहेको सेनाले जनाएको छ। कूल क्षेत्रफल मध्ये हालसम्म ३६७.२७ रोपनीको मुआब्जा स्थानीयले बुझेसकेका छन् भने पुर्जा प्राप्त भई १४८.७५ रोपनीको मुआब्जा बुझ्न बाँकी रहेको सेनाले जनाएको छ। “जग्गा अधिग्रहणको मुख्य चुनौतीको रुपमा ललितपुरस्थित बुङ्गमती क्षेत्रमा रहेको छ त्यो काम सेनाले त्यहाँका स्थानीयहरुसँग मुआब्जा…