Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारी साना र ठूला नहुने भएकाले सबैलाई कानूनअनुसार कारवाहीको दायरामा ल्याउने बताएका छन् । उनले भने, “दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, करोडौँ खाने पनि भ्रष्टाचारी हो । भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन आयोग प्रतिबद्ध छ ।” आयोग कार्यालय टङ्गालमा आज पदबहालीपछि उनले भने, “भ्रष्टाचार एउटा महारोगका रुपमा विकसित भएको छ । यसलाई नियन्त्रणका लागि आयोगले इमान्दार र सकारात्मक पहल गर्नेछु ।” कानूनको सीमाभित्र रहेर इमान्दारीपूर्वक काम गर्ने र सानाठूला सबै खालका भ्रष्टाचारीलाई आयोगले कठोरतापूर्वक कारवाही गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरे । सामाजिक प्रवृत्तिका रुपमा भ्रष्टाचार…
काठमाडौँ: नेपालको पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक चीनका विभिन्न क्षेत्रमा हवाई सेवा विस्तार गर्नुपर्ने माग गरेको छ । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)का अध्यक्ष सिएन पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले आज नेपाल वायुसेवा निगमका नवनियुक्त अध्यक्ष मदन खरेललाई भेटेर सो माग गर्नुभएको हो । नेपालको पर्यटन क्षेत्रको विकासका लागि राष्ट्रिय ध्वजावाहकको क्षमता अभिवृद्धि गर्न विदेशी विमान सेवासँग साझेदारीका लागि पहल गर्नुपर्ने माग नाट्टाको छ । नाट्टाले तेस्रो मुलुकलगायत युरोप, अमेरिकाजस्ता देशका शहरमा हाल नेपाल वायुसेवा निगमको सेवा नगण्य रुपमा रहेको हुँदा त्यस्ता गन्तव्यमा समेत सेवा विस्तार गर्न माग गरेको छ । नेपाल एयरलाइन्सको विज्ञापन रणनीति केही कमजोर रहेको भन्दै नाट्टाले…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्कतर्फ प्रस्थान गर्नुहुनेभएको छ । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहनुहुनेछ । असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नुहुनेछ । उहाँले सोही दिन यस विश्व संस्थाका…
कैलाली: राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइ बहुमतको सरकारलाई दिएको समर्थनको दुरुपयोग भएको आरोप लगाएका छन्। आज धनगढीमा आयोजित पत्रकार भेटघाटका क्रममा नेता महतोले संविधान संशोधन, बन्दी रिहाइ, राजनीतिक मुद्दा फिर्ता गर्नेलगायतका विषयका माग सम्बोधन गर्ने शर्तमा सरकारलाई समर्थन गरेको तर अहिलेसम्म कुनै ठोस काम हुन नसकेको बताए । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्ड भएको दुई महिना बितिसक्दा पनि अपराधी अहिलेसम्म नसमातिनु दुःखद् भएको नेता महतोले बताए। पत्रकार भेटघाट कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले टीकापुर घटना आपराधिक घटना नभएर राजनीतिक मुद्दा भएकाले राज्यले छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने धारणा राखे ।
काठमाडौं: संघीय संसदको आज बसेको बैठकमा सांसद हृदयेश त्रिपाठीले नेपाली सेनाका निवर्तमान प्रधान सेनापति राजेन्द्र क्षेत्रीको सम्पत्तिबारे प्रश्न उठेको भन्दै छानबिन गर्न सरकारसँग माग गरेका छन् । बिहिबार बसेको व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै त्रिपाठीले उनको ‘कर्तुत’ हरु एकपछि अर्को गर्दै मिडियामा आइरहेको भन्दै गम्भीरताका साथ छानबिन प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले सेना व्यावसायमा लागेकोमा चर्को आलोचना समेत गर्दै त्यसले पेशागत मर्यादामा चाही आँच आउने दाबी गरे । सेना व्यापारमा लाग्ने हो भने धेरै किसिमका अप्ठ्यारा आउने भन्दै त्रिपाठीले भने, ‘सेनाले व्यवसाय गर्छ भने त्यसले पेशागत मर्यादामा आँच अउँछ । अन्तत्वगत्वा धेरै किमिसमा अप्ठ्यारा र समस्या…
इनरुवा: सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ । भारतीय बजारबाट नम्बर प्लेट नभएको मोटरसाइकलमा दुई जना सवार रहेका अज्ञात समूहले गोली चलाएको सुनसरी प्रहरीले जनाएको छ । बजार घुमफिर गर्नका लागि निस्केका बेला अन्सारीमाथि अज्ञात समूहले गोली प्रहार गर्दा उनको टाउको र छातीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी हरिनगर गाउँपालिका–६ घुस्की प्रहरीचौकीमा कार्यरत प्रहरी हवल्दार सिवलाल पौडेलमाथिसमेत गोली प्रहार भएको स्थानीयले बताएका छन् । भुटाहा बजार क्षेत्रमा गोली प्रहार गरेर भागी रहेका बेला प्रहरीले बाटो छेक्न खोज्दा प्रहरीमाथि समेत गोली प्रहार गरेको…
काठमाडौँ: काठमाडौँ-तराई मधेश फास्ट ट्रयाक (एक्सप्रेस वे) को आयोजनको मुख्य र जटिल संरचनाका काम गर्न सेनाले मुख्यत: अन्तर्राष्ट्रिय निर्माण कम्पनीलाई नै ठेक्का दिने जनाएको छ। नेपाली सेनाको व्यवस्थापनमा फास्ट ट्रयाक निर्माणका काम अहिले २६ प्रतिशत सकिएको जनाएको छ जसमा मुख्यतया रुख कटान, जमिनको कटिङ र फ़िलिङको काम भइरहेको सेनाद्वारा आयोजित पत्रकार सम्मेलनमा योजना प्रमुख तथा प्राविधिक उपरथी योगेन्द्र खांडले जानकारी दिए। “हामीले योजना स्थलमा निर्माण गर्ने ठुला ठुला पुल र टनेल (सुरुङ मार्ग) निर्माणका लागि विदेशी ठेकेदार कम्पनीलाई नै जिम्मा दिनु पर्नेहुन्छ जुन नेपाली (स्वदेशी) ठेकेदारहरुबाट गर्न सकिंदैन,” खांडले भने। ठेक्का आवहान गरिएका मध्ये कूल ७ वटा विदेशी कम्पनीमध्ये एक…
काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गरेका छन्। उहाँले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह गरे । सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको लगानीको सुनिश्चितता गरेर मात्र निर्माण अगाडि बढाउन सरकारसित माग गर्दै हचुवाका आधारमा रुख कटानी गर्नुहुँदैन भने। सांसद राजेन्द्रकुमार केसी र यज्ञराज सुनुवारले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकलाई समान निवृत्तिभरणको व्यवस्थाको पहल गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद महेश बस्नेतले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याराको…
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा सिफारिस भएका पूर्व सचिव नवीनकुमार घिमिरेको आज संसदीय सुनुवाइ समितिमा सुनुवाई हुँदैछ। संवैधानिक परिषदले गत भदौ २० गते आयोगका कार्यवाहक प्रमुख आयुक्त घिमिरेको नाम प्रमुख आयुक्तमा सिफारिस गरेपछि सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो । समितिले भदौ २४ बाट असोज १ भित्र समितिमा आफैं आएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी गर्न भने पनि उनीविरुद्ध कुनै पनि उजुरी नपरेको बताइएको छ ।घिमिरेविरुद्ध कुनै उजुरी नपरेको र विवादसमेत नदेखिएकाले उनको नाम पारित हुने लगभग पक्कापक्की जस्तै छ । यसअघि लोकमानसिंह कार्कीलाई आयोगको प्रमुख आयुक्त सिफारिस गर्दा त्यसको चर्को आलोचना भएको थियो । तर घिमिरे भने…
अछाम: अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ । यही असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किदा बच्चा बेस्सरी कराएको सुनी हेर्दा उनको आँखा, कान, मुख सबैतिर फोका आएकाले तत्काल स्वास्थ्यचौकी र सोही दिन जिल्ला अस्पताल मङ्गलसेन पु¥याइएको थियो । मङ्गलसेनमा उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बुधबार बालकको बर्दिया राष्ट्रिय निकुञ्जमा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । मृतक बालकका बुबा महावीरले आफ्नै भाइबुहारी जानकी बिरुद्ध तेजाब…