काठमाडौँ: नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनीआइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षितगर्दै सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक गरेको छ ।
यो योजना असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु हुनेछ भने योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरु मध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई‘आइएमई पे’ मार्फत १००० रुपैयाँको बिलभुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १०,००० रुपैयाँ नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई २०(बिस) लाख नगद प्रदान गरिने कम्पनीले जनाएको छ ।
नेपाली समुदायमा मनाइने विभिन्न सांस्कृतिक पर्वहरूमाआफ्ना लाखौँ सेवाग्राहीहरूको भावनालाई मध्यनजर गर्दै यस्ता प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्ने परम्परा आइएमईले आफ्नो स्थापनाकालदेखि नै गर्दै आइरहेकोछ ।
‘लक्कीड्र’बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिस बमोजिम नेपालमा बस्नु हुने आफन्तलाई समेत पुरस्कार प्रदान गरिनेछ ।
सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलक योजना अवधिसम्म सुरक्षित राख्नुहुन कम्पनीले आग्रह गरेको छ ।
आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनु हुने छैन।
विजेताले प्राप्तगर्ने पुरस्कार राशीमा नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टी गरिनेछ ।