Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: कुनै वस्तु बिक्री गर्दा तपाईले परिमाणमा थोरै कमी गरी उपभोक्तालाई ठगी गरिरहनुभएको त छैन ? यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्दै आउनुभएको त छैन् ? आजैदेखि उपभोक्ता ठग्ने काम बन्द गर्नुहोस्, नत्र उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्थाअनुसार ठूलो जरिवानामा पर्नुहोला । हालैमात्र जारी ऐनले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न निषेध गरेको छ । उपभोक्ता संरक्षण ऐनको दफा १६ ले वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाइछिपाइ वा झुक्याई त्यस्तो वस्तु तथा सेवा बिक्री गर्न नपाइने व्यवस्था छ । त्यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गर्ने वा भ्रमपूर्ण विज्ञापन…
काठमाडौं: शेयर बजार परिसूचक नेप्से ८ दशमलब ८२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ८ दशमलब ८२ अंकले घटेर एक हजार २४१ दशमलब ११ अंकमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २ दशमलब १८ अंकले घटेर २६४ दशमलब ०१ अंकमा पुगेको छ । स्टकका अनुसार कूल १५६ कम्पनीको ९ लाख ४८ हजार ५४३ कित्ता शेयर २७ करोड ७१ लाख ८२ हजार ८९८ मूल्यमा खरिदबिक्री भएको छ । आजको कारोवारमा उत्पादन मूलक समूह बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ । निर्जीवन बीमा समूहको परिसूचक ४० दशमलब २४ अंक, होटल…
काठमाडौँ :साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । नेपाली टोलीका प्रशिक्षक सनोज श्रेष्ठले नेपालले घरेलु मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताए । “तयारी राम्रै भइरहेको छ, एन्फा एकेडेमीका खेलाडी र खुल्ला छनोटबाट आएको खेलाडी राम्रो लयमा छन् । यस पटक हाम्रो टोली साफ च्याम्पियनको उपाधिका लागि खेल्छ”, प्रशिक्षक श्रेष्ठले भने । आजै हुने पहिलो खेलमा सोही मैदानमा…
काठमाडौँ: जापान सरकारले भूकम्पबाट भत्केकोे सिन्धुली सडक मर्मतसम्भार गर्न एक अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे । पूर्वी तराईलाई राजधानी काठमाडौँसँग जोड्ने एकसय ६० किलोमिटर लामो सिन्धुली सडक जापानी अनुदानमा निर्माण भएको हो । बीस वर्षमा पूरा भएको उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको एक महिनापछिको भूकम्पले प्रभावित भएको थियो । आगामी एक वर्षमा मर्मतसम्भारको काम पूरा गर्ने लक्ष्यका साथ आगामी माघदेखि कार्यसञ्चालन हुने अर्थ मन्त्रालयले बताएको छ । कार्यक्रममा राजदूत…
काठमाडौँ: डलरसँग नेपाली रुपैयाँ कमजोर हुँदा र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हुँदा नेपाल आयल निगमको मासिक घाटा दुई अर्व नाघ्ने भएको छ। भारतीय आयल निगमले पठाएको पछिल्लो मूल्य सूची अनुसार निगमको १५ दिनको घाटा एक अर्व ४ करोड पुग्ने निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले बताए। उनले भने, ” अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र नेपाली रुपैयाँ कमजोर हुनु निगमको घाटा बढ्नु मुख्य कारण हो।” निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरे पनि सेप्टेम्बरमा निगमको घाटा ६३ करोड रुपैयाँ भएको थियो। उनका अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ५० पैसा, डिजलमा ९ रुपैयाँ ३२ पैसा, खाना पकाउने एलपिजी…
चितवन: चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन् । उनका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर, जुधेर, भालेले हानेर, दलदलमा फसेर, बुढो भएर र एउटा मृगौला एवं फोक्सोमा खराबी भएर मरेको हो । चोरी शिकारीबाट गैँडा मर्न पाएका छैनन् । ढकालका अनुसार गत वर्षको यही समयमा १२ गैँडा कालगतिले मरेका थिए । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गत वर्ष यो समयमा बाढीले चार गैँडा मरेका थिए । बाढीले बगाएर भारत पु¥याएका नौ गैँडा उद्धार गरी ल्याइएको थियो । नेपालकै सीमा क्षेत्रबाट बाढीले बगाएको एउटा…
काठमाडौं: उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन सर्वियाली सरकारको निम्तोमा बेलग्रेट प्रस्थान गरेका छन् । सर्वियाको बेलग्रेटमा आयोजना हुन लागेको युरो एसियन इनर्जी सेक्युरिटी फोरमको सम्मेलनमा भाग लिन मन्त्री पुन विहिवार विहान त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन शुक्रवार र शनिवार दुई दिनसम्म चल्नेछ । मन्त्री पुनसंगै उर्जामन्त्रालयका सहसचिव दिनेश घिमिरे र निजी सचिवालयमा कार्यरत शाखा अधिकृत कमानसिंह थापा समेत भ्रमण दलमा सहभागी छन् । सम्मेलनलाई मन्त्री पुनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसका साथै उहांले आफ्ना समकक्षीउर्जा र माइन हेर्ने सर्वियाका मन्त्री एलेकजेण्डर एण्टिकसंग द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । सर्विया भ्रमणका क्रममा मन्त्री पुनले त्यहाका प्रथम उपप्रधानमन्त्री…
चितवन: सरकारले राजपत्रमा प्रकाशित गरी निकुञ्ज प्रवेश शुल्क बढाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकले तिर्ने शुल्कमा वृद्धि भएसँगै यहाँको राजश्व बढ्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्ज प्रवेश गर्दा नेपालीले मूल्य अभिवृद्धि कर (भ्याट) सहित १५० रुपैयाँ, सार्क देशकाले एक हजार र विदेशीले दुई हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि निकुञ्ज प्रवेश गर्दा नेपालीले ११३ रुपैयाँ, सार्कले ८४७.५० रुपैयाँ र विदेशीले एक हजार ६९५ रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो । त्यसैगरी व्यावसायिक जङ्गल यात्रामा कारले रु तीन हजार र जिपले रु पाँच हजार तिर्नुपर्ने छ । यसअघि जङ्गल यात्रामा सबै सवारीले चार हजार…
काठमाडौँ : चालू आर्थिक वर्षको तीन महीनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढी राजश्व आम्दानी भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा कूल एक खर्ब एक अर्ब २४ करोड रुपैयाँ राजश्व आम्दानी भएको छ । यस अवधिमा विभागले ९२ अर्ब ४२ करोड रुपैयाँ राजश्व आम्दानी गर्ने लक्ष्य राखेको विभागका निर्देशक विनोदशरण आचार्यले जानकारी दिए । मुलुकका विभिन्न भन्सार कार्यालयबाट वस्तुको आयात निर्यात हुने गरेको छ । मुलुकमा हाल ३६ भन्सार कार्यालय र १३८ छोटी भन्सार कार्यालय छन् । त्यसमध्ये नौ भन्सार कार्यालय चीनसँग र बाँकी भारतीय सीमासँग जोडिएका छन् । त्यसमध्ये सबैभन्दा बढी आयात वीरगञ्जबाट ३४ प्रतिशत, भैरहवाबाट १७…
काठमाडौँ: इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ । आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ । ट्रफी नेपालमा चार दिन राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा पु¥याइनेछ । पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो । त्यस्तै २८ गते आइतबार ट्रफीलाई काठमाडौँको चन्द्रागिरिमा लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाइने कार्यतालिका रहेको घिमिरेले जानकारी दिइन् । आइसिसीले…