Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भक्तपुर: दशैँको महाअष्टमीका दिन चाँगुनारायण नगरपालिका वागिश्वरीका ४४ वर्षीय रामकृष्ण गिरी देब्रे छाती दुखेपछि उपचारका लागि भक्तपुर अस्पताल आइपुग्नुभयो । बिदाको दिनमा ओपिडी सेवा बन्द हुने भएपछि आकस्मिक कक्षमा रहेका चिकित्सकलाई स्वास्थ्य परीक्षण गराउनुभयो । स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले देब्रे छाती दुखेको ग्यास्ट्रिकका कारणले भन्दै ग्यास्ट्रिकको औषधि दिएर पठाइदिनुभयो । भोलिपल्ट फेरि छाती दुखेर मध्यपुर अस्पताल पुग्दा मुटुको सबै उपचार सेवा छ भनेर प्रचार गर्दै आएको यो अस्पतालले पनि इसिजी गरेर बिरामी बचाउन आवश्यक थप उपचार नगरी सिधै गङ्गालाल अस्पताल रिफर गरेपछि गङ्गालाल पु¥याउँदा उहाँको निधन भयो । हृदयाघातकै कारण निधन भएको गङ्गालाल अस्पतालले पुष्टि ग¥यो । उपचारका लागि शुरुमा…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो । बैठकको निर्णयबारे जानकारी दिंँदै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “सचिवालयको बैठकले केन्द्रीय प्रवक्ताले पदबाट दिएको राजीनामा अस्वीकार गरेको छ ।” प्रा डा गोविन्द केसी अनशन प्रकरण विषयमा पार्टी अध्यक्षसँग विवाद भएको जनाउँदै प्रवक्ता श्रेष्ठले राजीनामा दिएका थिए। यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले अघि सारेको प्रस्तावबारे सचिवालय बैठकमा गम्भीर छलफल भएको थियो । नेता नेपालले यसअघिको सचिवालय बैठकको निर्णयप्रति असहमति जनाउँदै पत्र दर्ता गराएका थिए। नेता नेपाल र अन्य नेताले उठाएको विधि,…

Read More

कपिलवस्तु: दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हँुदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । विगतका दिनमा पनि यस्ता प्रकारका घटना दोहोरिहेकाले चाडपर्वमा प्रहरी प्रशासन संयमित हुनुपर्ने अधिकारकर्मी रामदयाल ठाकुर बताउनुहुन्छ । शुक्रबार नै प्रहरीले विगतका घटनालाई अध्ययन गरी…

Read More

दार्चुला: दार्चुलाबाटै झण्डै सयौँ मेगावाट पुग्ने गरी साना ठूला जलविद्युत् उत्पादन भए पनि जिल्ला अझै भारतीय विद्युत्को भरमा छ । सदरमुकाम खलङ्गा मात्र हैन ग्रामीण भेगमा पनि अहिले भारतबाट आयात गरिएको विद्युत्ले उज्यालो दिएको छ । भारतमा बत्ति जाने बित्तिकै जिल्लाको अधिकांश भूभागका नागरिकले अन्धकारमा बस्नु परेको छ । जिल्लाको चमेलिया नदीबाट ३० मेगावाट, अपर नौगाडबाट साढे आठ मेगावाट, २५० किलोवाट डुङुरीलगायत सयौँ किलोवाटका ग्रामीण लघुजल विद्युत् जिल्लामा उत्पादन भएका छन् तर अहिले पनि भारतको तीन ठाउँबाट ८०० किलोवाट विद्युत् दार्चुलाको लागि ल्याइएको छ । जिल्ला सदरमुकामसहित आसपासका क्षेत्रको लागि भन्दै लेकमको लालीबाट १०० किलोवाट, व्यासको हुतीबाट १०० किलोवाट र…

Read More

कपिलवस्तु:  दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हँुदा कपिलवस्तु प्रशासनले आइतबारदेखि कफ्र्यु लगाएको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको हो । तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले अर्को आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रमा कफ्र्यु लगाएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताउनुभयो । तीन दिनसम्म पटकपटकको…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आजको सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेसँगै हाललाई उपनिर्वाचनको बहस अन्त्य भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित सो पार्टीका सांसद मानन्धरले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा ल्याउन आवश्यकपरेमा आफू उहाँका लागि राजीनामा दिन तयार रहेको भन्दै त्यसका लागि अनुमति पाउन पार्टी नेतृत्वलाई पत्र दिनुभएको थियो । मानन्धरले दिनुभएको पत्रबारे आजको बैठकले हाल राजीनामा दिनु नपर्ने औपचारिक निर्णय गरेको छ । पार्टीको यो निर्णयसँगै नेता गौतमलाई सांसद बनाउने पहल र चर्चा हालका लागि अन्त्य भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न आजको बैठकपछि पार्टीका प्रवक्ता…

Read More

कपिलवस्तु: दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आज साँझ निषेधाज्ञा(कफ्र्यु) लगाइएको छ । युवाबीच झडप भएपछि आज साँझ ५ बजेदेखि निषेधाज्ञा लागेको हो । अहिले सो क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ । प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले जिल्लाको शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (क) अनुसार आज साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल–भारत दशगजा क्षेत्रमा निषेधाज्ञा लगाएको प्रजिअ अर्जुनप्रसाद पोखरेलले बताए । प्रजिअ पोखरेलका अनुसार सामान्य विषय…

Read More

काठमाडौँ: दशैँपछि राजधानीमा यातायात र मानिसको चहलपहल क्रमशः बढ्न थालेको छ । दशैँको फूलपातीदेखि सुनसानप्रायः बनेको काठमाडौँ उपत्यकाबाट चाड मनाउन गएका मानिस फर्कन थालेका छन् । शनिबार एकैदिन १२ हजार ७८९ सवारीबाट एक लाख सात हजार ३४८ यात्रु उपत्यका भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता दामोदर सिलवालले जानकारी दिए। आज रातिसम्म सो सङ्ख्या अझै बढ्नेछ । यसैगरी सात हजार ३४८ सवारीबाट ६० हजार ३६८ यात्रु उपत्यका बाहिर गएका छन् । विजयादशमीअघि उपत्यका बाहिरिने सवारीको सङ्ख्या धेरै थियो भने हाल भित्रिनेको सङ्ख्या बढी छ । आजदेखि सरकारी कार्यालयसमेत सञ्चालनमा आएकाले यात्रुको आगमन क्रमशः बढ्दै जाने महाशाखाले जनाएको छ । गत…

Read More

दमौली: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज अपराह्न भएको बस दुर्घटनामा ३२ जना घाइते भएका छन् । लमजुङको बेँसीशहरबाट मुग्लिङतर्फ जाँदै गरेको ना४ख ७८४१ नंको बस अनियन्त्रित भई आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा सडकबाट १५ मिटर तल खसेको थियो । घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको छिम्केश्वरी अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ जिप दुर्घटनामा एकको मृत्यु, १९ घाइते वालिङ: स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा आज दिउँसो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । गल्याङ नगरपालिका–७ सिरौँसाबाट गल्याङ बजारतर्फ आउँदै गरेको लु१ज ३३८० नंको जिप कच्ची ओरालो बाटोमा ‘ब्रेक फेल’ भई पल्टिँदा गल्याङ–७…

Read More

काठमाडौँ: हेलीको पुछ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर अर्थात् मृगशिरा उल्कावर्षा नाम दिइएको हो । उल्का वर्षा हेर्नका लागि सोमबार बिहान ३ः४५ बजेपछिको समय उत्तम हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक उल्का वर्षाको बेला प्रतिघण्टा २० सम्म उल्का देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किमीसम्म हुने भएकाले करीब ७० किमीमाथिको वायुमण्डलमा घर्षण पैदा भएको दृश्य देखिन्छ । पुच्छ«ेताराले सूर्यको परिक्रमा गर्ने क्रममा नजीक आइपुग्दा आफ्नो…

Read More