Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
राजविराज: सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित उक्त मन्दिरमा प्रत्येक वर्ष महानमवीका दिन राँगा, खसीबोका र परेवाको बलि दिने गरिएको स्थानीयवासीको भनाइ छ । गत वर्ष पनि उक्त मन्दिरमा ४९३ राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिइएकामा यस वर्ष ६३२ राँगा र करीब २० हजारको सङ्ख्यामा खसीबोकाको बलि दिइएको कङ्कालनी मन्दिर विकास समितिले जनाएको छ । उक्त मन्दिरमा नेपालका विभिन्न जिल्ला र भारतको विहार राज्यको सुपोल, मधुवनी अररियालगायत ठाउँबाट लाखौँको सङ्ख्यामा दर्शनार्थीको भीड लागेको थियो । त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता…
लिस्बन: युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु गरिएको छ । पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारको समूह नेपाली जर्नालिष्ट क्लबले उक्त मासिक पत्रिका प्रकाशन शुरु गरेको हो । राजधानी लिस्बनमा बुधबार आयोजित कार्यक्रममा पोर्चुगलका लागि नेपाली अवैतनिक वाणिज्य दूत मकरबहादुर हमाल, पोर्चुगलका लागि नेपाली पर्यटन दूत रमेशकुमार गुरुङ, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष कुवेर कार्कीसहित विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले संयुक्त रुपमा उक्त पत्रिका लोकार्पण गरेका थिए। पोर्चुगलमा रहेका नेपाली समुदायलाई महत्वपूर्ण गतिविधिको जानकारी दिने, सत्य सूचना सम्प्रेषण गर्ने तथा नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यअनुरुप पत्रिका प्रकाशन गरिएको क्लबका संयोजक योगेन्द्रमिलन छन्त्यालले बताए ।
चितवन: इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको थियो । मृतक तीनजनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान २ः३० बजे भएको थियो । त्यसैबीच माडीमा हात्तीको आक्रममणबाट एक किशोरको मृत्यु भएको छ । माडी नगरपालिका–३ धुवामा खेतको…
काठमाडौँ: असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवम् पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेको हाम्रो सांस्कृतिक वैभवको रुपमा रहेको बडादशैँले सामाजिक एकता, आपसी सद्भाव र आत्मीय भ्रातृत्व अभिवृद्धिमा ठूलो मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको छ । घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म मनाइने बडादशैँको अवसरमा विविध धार्मिक सांस्कृतिक क्रियाकलाप एवं उत्सव हुने महापर्वको यस महत्वपूर्ण अवधिमा विभिन्न प्रजातिका बीउबिजनबाट जमरा उमारी त्यसलाई…
काठमाडौँ: आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ । आज विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ । असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक…
सप्तरी: दशैं मनाउन मामाघर आएका एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा नुहाउने क्रममा सुनसरी भोक्राहा–३ का जयानन्द यादवका छोरा १५ वर्षीय अविनाश यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवास्थित मामाघर आएका उनी आधा घण्टाको दुरीमा रहेको स्थानमा नुहाउन गएका थिए । बालकसँग नुहाउन गएका मामाका छोरा र सानीआमाका छोराले बचाउने प्रयास गरेपनि कोशी नदीको भङ्गालोमा फसेकाले बचाउन नसकेको परिवारका सदस्यले बताएका छन् । बालकको मृत्युले माइज्यु पिंकी यादव, मामाघरकी हजुरआमा धनेश्वरीदेवी र उनकी देवरानी हरीहरदेवी बेहोस भएका छन् । अचेत अवस्थमा उनिहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा…
दमौली: एक सय चालीस मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले आफूले बनाउन लागेको अर्धजलाशययुक्त आयोजना तल्लो सेती १०४ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ । आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) गर्नका लागि पूर्वछनोट भएका छ कम्पनीलाई लिमिटेडले प्रस्ताव माग गरेको हो । आयोजनाको डिपिआरका लागि १९ कम्पनीले आशयपत्र पेश गरेका थिए । त्यसमध्ये एउटा अमेरिका, तीन युरोप र दुई एशियाको कम्पनी विस्तृत अध्ययनका लागि पूर्वछनोट भएका छन् । प्राविधिक र आर्थिक प्रस्तावका आधारमा एउटा कम्पनी छनोट गरिने हाइड्रोपावरले जनाएको छ । काम शुरु भएको २० महीनामा विस्तृत सम्भाव्यता अध्ययन तयार पारिने कम्पनीका साइट…
सुर्खेत: गत शुक्रबार आठबीस नगरपालिका–१ डाव दैलेखका कर्णबहादुर रावत र उहाँकी श्रीमतीलाई चिया चाउचाउ नास्ता खुवाउन भ्याइनभ्याइ थियो । खासै यसअघि दुईचार स्थानीय ग्राहक आउने त्यस चिया पसलमा उक्त दिनको भीडले भने रावत दम्पती निकै दङ्ग थियो । त्यहाँ कर्णाली प्रदेश सरकार, आन्तरिक तथा विदेशी पाहुना पुगेका थिए । आजभोलि रावतझैँ कर्णाली नदी किनारमा रहेका अन्य होटल पसलमा पनि पाहुनाको राम्रै भीड लाग्छ । विगतभन्दा यस वर्ष त्यस क्षेत्रको व्यापार व्यवसाय पनि फस्टाएको छ । एक महीनादेखि कर्णाली नदी क्षेत्र र जलयात्राको सम्भावना अध्ययन गर्दै आएको नेपाल नदी संरक्षण संस्थाको टोली र केही विदेशी पर्यटक तीन दिनदेखि डावमै रहँदा स्थानीय…
जनकपुरधाम: शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ । गत वर्ष १२ हजार ४४७ बोकाको बलि चढाइएको थियो । विभिन्न सङ्घसंस्थाको विरोधले गत वर्ष बलि चढाउने सङ्ख्यामा कमी आए पनि यस वर्ष बलि चढाउनेको सङ्ख्यामा पुनः वृद्धि भएको देखिएको छ । महावीर युवा कमिटीका अनुसार सो मन्दिरमा २०७३ सालमा १४ हजार ६१७ बोकाको बलि चढाइएको थियो । जनकवंशी राजाको कुलदेवी सो मन्दिरमा असत्यमा सत्य, अधर्ममा धर्म, अँध्यारोमा उज्यालो प्राप्ति तथा कार्यसिद्धि र मनोकामना पूर्णताका लागि बोकाको बलि दिने चलन छ ।…
काठमाडौँ: हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ । तेह्रौँ शताब्दीमा निर्मित मल्लकालीन तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । आज बिहान ३ बजेदेखि नै मन्दिरमा घुइँचो लागेको काठमाडौँ तलेजु भवानी मन्दिरका मूल नाइके शशीविक्रमध्वज जोशीले जानकारी दिए। उनका अनुसार आज दिनभर खुला रहने मन्दिरमा करीब एक लाख भक्तजनले दर्शन गर्ने अपेक्षा छ । तलेजु मन्दिरमा अरु ३६४ दिनमा दैनिक नित्य पूजा हुने एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । हनुमानढोका हेरचाह अड्डाका अनुसार नित्य पूजाका लागि भक्तपुर र ललितपुरमा कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी…