Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा भएको छ । हलचलले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई समेत छोएको छ। ‘कतिपय नेताले बोलेको सुनियो, लौ न देश डुब्नै लाग्यो, कोही त आऊ बचाऊ भनेर,’ पत्रकार सूर्य थापासँगको टीभी अन्तर्वार्तामा ओलीले नेपालको अभिव्यक्तिप्रति लक्षित गर्दै भनेका छन्, ‘म नहुनेबित्तिकै कसैलाई अलिकति शून्यता भयो, छटपटी भयो। म फर्केर गइहाल्छु, सबै ठीक भइहाल्छ।’ नेपालले सात महिना बित्दा पनि सरकारको प्रभावकारिता नदेखिएको र पार्टी एकलौटी चलाएको विषयलाई…
काठमाडौं: कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका तत्कालिन एसपी डिल्लीराज विष्टसहित ३ जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । भदौ २८ मा निलम्बित एसपी बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश बिष्टको डीएनए परीक्षण गराउन रगतको नमूना संकलन गरिएको थियो । तीनै जनाको डीएनए रिपोर्ट शुक्रबार कञ्चनपुर आईपुगेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी कुवेर कठायतले जानकारी दिए । उनले भने, ‘शनिबार विदा परेकाले सिलबन्दी गरि आएको डीएनए रिपोर्ट खोलेका छैनौं, अब आजआइतबार मात्र सरकारी वकीलसँग परामर्श गरेर अदालतमा पेश गछौं।’ बिष्ट तिनै जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको…
काठमाडौँ : एशिया कप क्रिकेटको पहिलो खेलमा नेपालको यू–१९ क्रिकेट टोली पराजित भएको छ । नेपाल भारतसँग १७१ रनले हारेको हो । बङ्गलादेशमा आजदेखि शुरु भएको समूह चरणको पहिलो खेलमा भारतले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर तीनसय पाँच रन बनायो । नेपालले ३६ दशमलव ५ ओभरमा १३३ रन मात्र बनाउन सक्यो । भारतका लागि यशभी जयसवालले एक सय ४ रन, सिमरन सिंहले ८२, आयुश बदोनीले ३३ तथा देवदत्त पादीक्कलले ३० रन बनाए । बलिङतर्फ नेपालका लागि भीम सार्कीले चार तथा रशिद खानले दुई विकेट लिए । ब्याटिङतर्फ नेपालका लागि कप्तान मोहमद आशिफ शेखले २५, रोहितकुमार पौडेलले…
काठमाडौँ: सरकारले स्वरोजगार बढाउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ विभिन्न सात शीर्षकमा सहुलियत कर्जा प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालयले हालै स्वीकृत गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार लक्षित ऋणीलाई व्याज अनुदान दिने र स्वरोजगार बनाउने लक्ष्य राखिएको छ । मन्त्रिपरिषद्ले गत भदौ २१ गते शैक्षिक कर्जासम्बन्धी कार्यविधि पारित गरेको थियो । पारित कार्यविधि यही असोज ६ गते अर्थ मन्त्रालयले सार्वजनिक गरेको थियो । सरकारले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा रु पाँच करोडसम्म प्रदान गर्ने छ । यस्तै कार्यविधिअनुसार शिक्षित युवा स्वरोजगार कर्जा रु सात लाखसम्म तथा विदेशबाट फर्केका युवालाई रु १०…
काठमाडौँ : सरकारले करीब २८ हजार मेगावाट बराबरको विद्युत् आयोजना सञ्चालनका लागि सर्भेक्षण लाइसेन्स जारी गरिसकेको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले त्यसमध्ये १४ हजार मेगावाटका लागि विभिन्न चरणमा काम भइरहेको संसदीय समितिलाई जानकारी दिए । उनले भने, “२८ हजार मेगावाट बराबरको निजी क्षेत्रमा सर्भेक्षण लाइसेन्स जारी भइसकेको छ, चार हजार मेगावाट त निर्माणकै चरणमा छ ।” मुलुकका विभिन्न भागमा रहेका २२ वटा विद्युत् आयोजना निर्माणका लागि ग्लोबल आह्वान गरेकामा बूढीगण्डकीबाहेक अरु आयोजनाका लागि मात्र प्रस्ताव आएको जानकारी दिँदै मन्त्री पुनले भने, “बूढीगण्डकी बनाउन इच्छा देखाएको चिनियाँ कम्पनीले मात्रै हो, अरुले यो आयोजना मन पराएका छैनन् ।” विस्तृत…
काठमाडौँ: चालू आर्थिक वर्षको दुई महिनामा दुई प्रतिशत मात्रै पूँजीगत खर्च भएको पाइएको छ । चालू आवको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको द्वैमासिक समीक्षाको क्रममा भदौ मसान्तसम्म मात्रै दुई प्रतिशत पूँजीगत खर्च भएको पाइएको हो । शुक्रबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा युवराज खतिवडाको समुपस्थितिमा सबै मन्त्रालयका सचिवको संयुक्त बैठकका क्रममा उक्त तथ्य पेश गरिएको हो । सो अवधिमा चालू खर्च रु ९६ अर्ब २५ करोड भएको छ । आव २०७४÷७५ मा त्यस्तो खर्च रु एक खर्ब १९ अर्ब १८ करोड रहेको थियो । त्यो भनेको कूल १५ प्रतिशत खर्च थियो भने चालु आवमा ११ प्रतिशत चालू खर्च भएको…
क्वालालम्पुर: वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् । तिनैमध्येका एक हुनुहुन्छ, सुनसरी जिल्लाको इटहरीका शम क्षेत्री । जो मलेसियाको चेन होटल ‘होटल ग्राण्ड कन्टिनेन्टल’ मा इज्जतिलो पदमा कार्यरत हुनुहुन्छ । क्षेत्रीय परामर्शदाताको रुपमा कार्यरत क्षेत्रीले महीनामा रु १६ लाखभन्दा बढी कमाउनुहुन्छ । इज्जतिलो काम र राम्रै कमाइका साथै उक्त होटलमा माथिल्लो दर्जामा काम गर्न पाउने कमै भाग्यमानीमध्ये पर्नुहुन्छ क्षेत्री । “इमान र इज्जतसँगै दाम पनि…
काठमाडौ: बाराको निजगढमा प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय विमानस्थल रुख कटानको विवादमा परिरहेका बेला अर्काे एउटा राष्ट्रिय गौरवको आयोजनाले लामो समयसम्म जरासम्बन्धी अल्झन खेप्नुपरेको तथ्य खुलेको छ । राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना अघि बढाउने सन्दर्भमा कैलाली वन डिभिजन कार्यालयले नहर क्षेत्रमा पर्ने रुखका जरा हटाउने अनुमति नलिएको भन्दै छ महीनाभन्दा बढी समय आयोजनाको काम अघि नबढाउन बाध्य तुल्याइएको तथ्य खुलासा भएको हो । राष्ट्रिय सरोकार तथा कार्यान्वयन समितिको शुक्रबारको बैठकमा आयोजना निर्देशक मधुकर रानाले भने, “कर्णाली नदीको पानीबाट त्यस क्षेत्रको ३८ हजार हेक्टरमा सिँचाइ पु¥याउने उद्देश्यका साथ निर्माण भइरहेको आयोजना अघि बढाउने सन्दर्भमा रुखको मात्र होइन, जरा हटाउनेसम्बन्धी अनुमतिको अल्झनसमेत खेप्नु…
जाकार्ता: मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी अन्य ३६५ जना घाइते भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घाइतेहरुलाई विभिन्न अस्पताल भर्ना गरिएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताए । “यस प्राकृतिक प्रकोपका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको समेत क्षति भएको छ,” पत्रकार सम्मेलनमा प्रवक्ता नुग्राहोले भने । मध्य इन्डोनेसियाको तटीय क्षेत्रमा ६.०, ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्पपछि ०.५ देखि ३ मिटरसम्मको सुनामी आएको छ । यस प्रकोपमा मारिएका र घाइते भएका प्रायः ७.४ म्याग्नीच्युडको भूकम्पबाट पिडित व्यक्तिहरु रहेका छन्…
काठमाडौँ: चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु हँुदैछ । घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग आजदेखि शुरु हुन लागेको हो । रेलिगेशन नहुने प्रावधानसहित शुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिता आगामी माघ १६ गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो त्रिभुवन आर्मी क्लब र न्यूरो टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे शुरु हुने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए।