काठमाडौँ: आर्थिक वर्ष २०७५ /७६ को साढे दुई महिनामा १० दशमलब ३१ प्रतिशत बजेट खर्च भएको छ । समीक्षा अवधिमा कूल बजेट बिनियोजन १३ खर्ब १५ अर्ब मध्ये १ खर्ब ३५ अर्ब खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चालू आवको साढे दुई महिनामा कुल पुँजीगत खर्च बिनियोजनको दुई दशमलब ७२ प्रतिशत, चालू खर्च विनियोजनको १४ दशमलब ८८ प्रतिशत र बित्तिय ब्यबस्थान तर्फ़ शुन्य दशमलब ७६ प्रतिशत खर्च भएको छ ।
समीक्षा अवधिमा कुल पुँजीगत खर्च बिनियोजन तीन खर्ब १३ अर्ब मध्ये ८ अर्ब ५३ करोड, चालू खर्च बिनियोजन ८ खर्ब ४५ अर्ब मध्ये एक खर्ब २५ अर्ब खर्च भएको छ ।
बित्तिय ब्यबस्थान तर्फ़ १ खर्ब ५५ अर्ब मध्ये हालसम्म एक अर्ब १८ करोड खर्च भएको छ ।
त्यसैगरी, सरकारले लक्ष्य अनुरुप राजस्व संकलन गएको छ । समीक्षा आवधिमा सरकारले वार्षिक लक्ष्यको १६ दशमलब ४७ प्रतिशत राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको साढे दुई महिनामा १ खर्ब ५५ अर्ब राजस्व संकलन भएको छ ।