Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रदेश नम्बर दुईका मुख्य मन्त्री लालबाबु रावतले देश संघात्मक संरचनामा गैसकेपछि “प्रदेश नम्बर दूई समृद्द–अभियान“ सुरु भएको बताएका छन् । धनुषा चेम्बर अफ कमर्सको समुद्घाटन गर्दै मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् । आफ्नो ठाउँको समृद्दीको अभियानको लागि केन्द्रिय सरकारमा भर पर्नुपर्ने बिगतको राज्य–व्यवस्थाको कारण देश पछी परेको कुरा उल्लेख गर्दै उनले अबको समृद्द प्रदेश बनाउने अभिभारा आफुहरुको काँधमा आएको बताए । त्यसको लागि अब प्रदेश भित्रका सम्पूर्ण साधन–श्रोतको उचित पहिचान गरि समुचित वितरण र परिचालन समेत गरिने कुरा मुख्य मन्त्री राउतले बताए । प्रदेश नम्बर दुईका उद्योगी–व्यापारीहरु आफ्नो प्रदेशको गहना भएको कुरा उल्लेख गर्दै राउतले भने, “यस प्रदेश…
उर्लाबारी :विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । गए राति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना५ख ५८८६ नं को ट्रकमा को८प ७२१५ नं को मोटरसाइकल ठोक्किँदा मोरङ, पथरीशनिश्चरे नगरपालिका– ९ का २३ वर्षीय रोशन शेर्पा र विराटनगर–४ का १९ वर्षीय अनिश राजवंशीको मृत्यु भएको हो । शेर्पाको घटनास्थलमै र राजवंशीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए । ट्रकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ: चालू आर्थिक वर्ष २०७५/७६ को दोश्रो महिनामा नेपालको व्यापार घाटा २ खर्ब १७ अर्ब पुगेको छ । समीक्षा अवधिमा नेपालबाट १४ अर्ब ६९ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा २ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार आर्थिक वर्ष २०७४ /७५को पहिलो दुई महिनाको तुलनामा आर्थिक वर्ष २०७५ /७६ को दुई महिनामा नेपालको ब्यापार घाटा ४५ दशमलब ७४ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात ४२ दशमलब ५९ प्रतिशतले र निर्यात ८ दशमलब ०३ प्रतिशतले बृद्दि भएको छ । निर्यातको तुलनामा आयातमा भारी वृद्धि हुँदा…
म्याग्दी:म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका बासिन्दाले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द गराएका छन् । सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा शनिबार साँझदेखि रोवष्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको काम ठप्प बनाएका हुन् । आयोजनासँग वार्ता र लिखित सहमति नहुँदा सम्मका लागि काम रोकिएको क्लबका सदस्य अमित पुनले जानकारी दिनुभयो । नारच्याङ बेँशीगाउँको शिरानमा रहेको डाँडापारि भन्ने ठाउँमा सुरुङको आउटलेटबाट निस्किएको पानी सुरक्षित रुपमा व्यवस्थापन नगरिँदा पहिरो गएर सात घरधुरीको खेतीयोग्य जमीन पुरिएको छ । पाइपमार्फत पानीको सुरक्षित व्यवस्थापन, पहिरो नियन्त्रण र जग्गा तथा वातावरण संरक्षणको काम गर्नुपर्ने…
कञ्चनपुर: प्रदेश नम्बर ७ को पश्चिमी गड्डाचौकी नाकाबाट नेपाल भित्रिने पर्यटकको संख्या बढ्दै गएको छ । अद्यागमन कार्यालय गड्डाचौकीको तथ्याङ्क अनुसार भारतको दिल्ली हुँदै नेपाल सडक रुटबाट तेस्रो मुलुकका नागरिक भित्रिन लागेका छन् । अद्यागमनको तथ्याङ्क अनुसार गड्डाचौकी नाका भएर ५ बर्ष ८ महिनाको अवधिमा १२ हजार ७५५ पर्यटक भित्रिएका छन् । सोही नाका भएर १० हजार २२४ पर्यटक बाहिरिएका छन् । उक्त अवधिमा २ हजार ५३१ पर्यटक बढि भित्रिएका छन् । ५ बर्ष ८ महिनाको अवधिमा हरेक बर्ष भित्रिनेको संख्यामा बृद्धि हुँदै गएको छ, भने बाहिरिनेको संख्यामा कमि आएको छ । सन २०१३ मा १ हजार, ७ सय ३९…
काठमाडौं: कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित तीनैजनाको डीएनए रिपोर्ट घटनासंग मेल नखाएको खुलासा भएको छ । कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाका अनुसार तीनैजनाको डीएनए रिपोर्ट निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग मेल खाएको छैन । तीनैजनाको रिपोर्ट काठमाडौंबाट शुक्रबार नै कञ्चनपुर पठाइएको थियो । निर्मलाको बलात्कारपछि हत्या भएको महिनादिनसम्म पनि अपराधी पत्ता नलागेपछि स्थानीय प्रहरी र उनको परिवारसँगै असन्तुष्ट थिए । त्यसपछि प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित उनका छोरा किरण र स्थानीय आयुस विष्टको डीएनए परीक्षण गराएको थियो । ‘‘उहाँ (विष्ट) आफैँ विवादमा आएपछि डीएनए परीक्षणका लागि तयार हुनुभएको हो । उहाँलाई…
पर्वत: अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएपछि निर्माण प्रक्रिया शुरु भएको हो । बागलुङ नगरपालिका–१, रामरेखास्थित शहीद पार्कदेखि पर्वतको पाङ्गको अदुवाबारी जोड्ने गरी ५६७ मिटर लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयको प्राविधिक टोलीले शुक्रबार गरेको नाप जाँचका क्रममा पुल निर्माण प्राविधिक दृष्टिले सम्पन्न गर्न सकिने…
काठमाडौँ: नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र पाइएको छ । कहाँ हरायो १० हजार १८ दशमलब ९६५ वर्गकिमि ? गायब भएको भूमि करिब १४ वटा सिंगापुरजति हुन आउँछ । सुन्दै पत्याउन गाह्रो । तर यो वास्तविकता हो । उक्त मन्त्रालयको संघीय मामिला शाखाद्वारा असोज २०७४ मा प्रकाशित ‘गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय’ पुस्तिका तपाईं पनि पल्टाउनुहोस् । त्यसमा नेपालको ७ सय ५३ वटै स्थानीय तहबारे पूर्ण जानकारी समेटिएको छ । त्यसमा हरेक स्थानीय तहका क्षेत्रफल,…
काठमाडौँ: सरकारले एक लाख १७ नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ। राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले पहिलो चरणमा पाँचथर जिल्लाका एक लाख १० हजार र सिंहदरबारभित्र कार्यरत सात हजार सरकारी कर्मचारीलाई आगामी कात्तिक महिनाभित्र परिचयपत्र वितरण गर्न लागेको हो। केन्द्रका अनुसार कात्तिकभित्रै एक लाख १७ हजार नागरिकले राष्ट्रिय परिचय पत्र पाउनेछन्। हरेक परिचयपत्रमा नदोहोरिने कोड नम्बर र व्यक्तिगत विवरण अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित राखिने केन्द्रले जनाएको छ। यो समाचार नगरिक दैनिकमा रहेको छ । सियाका २०, युरोपका ३८, अफ्रिकाका पाँच, अमेरिकाका आठ मुलुकमा यस्तो परिचयपत्र वितरण गरिसकिएको छ। केन्द्रका निर्देशक सहसचिव दीपक काफ्लेका अनुसार पाँचथरका जिल्लाका सबै नागरिक र सिंहदरबारमा रहेका…
काठमाडौँ: दशैंका लागि राजधानी छाड्ने क्रम सुरु भएको छ। प्रहरीका अनुसार उपत्यकाबाट स्थलमार्ग हुँदै बाहिरिने संख्या पछिल्लो एक सातामा पाँच लाख ६० हजारभन्दा बढी रहेको छ। नियमित आवागमनको तुलनामा दैनिक बाहिरिनेको संख्या १० देखि १५ हजारले बढी छ। महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालका अनुसार र्साजनिक यातायातमा टिकट बुकिङ भएपछि उपत्यका छोड्नेको संख्या बढेको देखिन्छ। महाशाखाले यसवर्ष चाडपर्व मनाउन २० देखि ३० लाखको हाराहारीमा सर्वसाधरणले उपत्यका छोड्ने अनुमान गरेको छ। महाशाखाका सहप्रवक्ता दाहालका अनुसार दशैंका लागि कलंकी, नयाँ, पुरानो बसपार्क, चाबहिल, कोटेश्वर, गौशालालगायत काउन्टरबाट ४० हजारभन्दा बढी सर्वसाधरणले टिकट बकिङ गरेका छन्।, यो खबर आजको कारोवार दैनिकमा छ…