Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन्। संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा आज नेपाली सैनिक मञ्च (टुँडिखेल) मा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन र मूल कानून निर्माणको चरण सकिएकाले समृद्धि र विकासमा सहयोगी भावनाका साथ संलग्न हुन आह्वान गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित समारोहमा उनले भने, “समृद्धि र विकास, एक्लो प्रधानमन्त्री वा सरकार, कुनै दल वा व्यक्तिको निजी विषय होइन, हाम्रो राष्ट्रिय सङ्कल्प हो । यस्तो सङ्कल्प, जसलाई हामीले प्रत्येक आन्दोलनको मोर्चामा हामीसँगै जीवन उत्सर्ग गर्ने, रगत/पसिना बगाउने…

Read More

काठमाडौँ: विषाक्त मदिरा पिएर ज्यान गुमाएका ६ नेपालीको सनाखत भएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ। क्वालालुम्पुरस्थित नेपाली दूतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ भने १६ जना नेपाली बिरामी रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जनाएको छ । मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले रहेका छन् । विस्तृत जान्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस https://my.nepalembassy.gov.np/wp-content/uploads/2018/09/%E0%A4%AE%E0%A4%A6%E0%A4%BF%E0%A4%B0%E0%A4%BE-%E0%A4%B8%E0%A5%87%E0%A4%B5%E0%A4%A8-%E0%A4%AA%E0%A4%B6%E0%A5%8D%E0%A4%9A%E0%A4%BE%E0%A4%A4-%E0%A4%B5%E0%A4%BF%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A5%80-%E0%A4%A4%E0%A4%A5%E0%A4%BE-%E0%A4%AE%E0%A5%83%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A5%81-%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A4%9B%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A5%8B-%E0%A4%85%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%80-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8-%E0%A4%B5%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%B5%E0%A5%8D%E0%A4%AF.pdf

Read More

बेइजिङ: अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेकोे बदलास्वरूप चीनल पनि मङ्गलबार ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा आगामी हप्तादेखि कर बढाउने घोषणा गरेको छ । करिब पाँचदेखि १० प्रतिशत अमेरिकी सामान अर्थात् करिब पाँच हजार २०० अमेरिकी सामानमा सोमबारदेखि नै लागु हुनेगरी कर बढाएको थियो । अमेरिकाले चिनियाँ सामानमा कर बढाएकै दिन उक्त घोषणा गरिएको चिनियाँ वित्त मन्त्रालयले बताएको छ । यदि अमेरिकाले यसभन्दा पनि बढी कर बढाउँदै गएमा चीनले यथोचित प्रतिक्रिया दिनेछ, मन्त्रालयद्वारा सोमबार जारी वक्तव्यमा भनिएको छ । अमेरिकाले चीनबाट आउने सामानमा नयाँ दुई अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने भनी…

Read More

काठमाडौँ: सरकारले आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा सैनिक मन्च टुँडिखेलमा बिशेष कार्यक्रमको आयोजन गरेको छ। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष लगायत संवैधानिक निकायका प्रमुख हरुको उपस्थिति रहेको थियो। यस पटक सरकारले टुँडिखेलमा सर्वसाधारणलाई समेत कुर्सीसहित संबिधान दिवसका कार्याक्रम हेर्ने व्यवस्था गरेको थियो ।

Read More

काठमाडौँ : डलरसामू नेपाली रुपैयाँ बुधबार हालसम्मकै कमजोर भएको छ । बिगत एक महिनादेखि नेपाली रुपैयाँ डलरसामू कमजोर हुँदै गएको छ । केन्द्रीय बैंकले आज बुधबार लागि प्रति अमेरिकन डलरको बिक्री दर ११७.०७ रुपैयाँ र खरीद दर ११६.४७ रुपैयाँ तोकेको छ । मंगलबार प्रति डलर ११६.३२ रुपैयाँ थियो । बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असर पर्न गर्न लागि सकेको छ । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलर सामू भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ सस्तिन पुगेको हो । अमेरिकामा बजेटरि घाटा बढी हुँदै जाँदा लगानी बढाउनु पर्ने…

Read More

पर्वत : पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ । पञ्चासे पुग्न पोखरा महानगरपालिका वडा नं २३ घाँटीछिनाबाट केबलकार निर्माण हुनेभएपछि पञ्चासे पुग्न सजिलो हुने भएको हो । पञ्चासे समुद्री सतहबाट दुई हजार ५१७ मिटरको उचाइमा छ । अहिले यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारी साधनमा र त्यहाँबाट पैदलयात्रा गरी जाने गर्छन् । त्यस्सैगरी पर्वततर्फ चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारी साधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता छ । पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रर्वद्धन गर्नक केबलकार निर्माण गर्न लागिएको हो…

Read More

काठमाडौँ : एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणमा समूह ‘इ’को छनोट खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । शसस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा दिउँसो ३:३० बजे खेल हुनेछ । पहिलो चरणमा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा घरेलु टोली नेपालसहित फिलिपिन्स, म्यानमा र मलेसिया छन् । उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । नेपालले दोस्रो खेलमा म्यानमासँग शुक्रबार खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला…

Read More

काठमाडौँ : त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैयाँको बजेट पारित गरेको छ । मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानका रूपमा माग गर्ने र बाँकी नौ अर्ब ७९ करोड ६ लाख २८ हजार आन्तरिक स्रोतबाट व्यहोर्ने प्रस्ताव पारित गरिएको रजिस्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । उनले उक्त बजेट पूर्वाधार निर्माण, सेमेस्टर प्रणालीको सुदृढीकरण, शिक्षण क्रियाकलापमा प्रविधि प्रयोगको विस्तार, अनुसन्धान, प्राविधिक शिक्षाको विस्तार र पाठ्यक्रम परिमार्जनमा खर्च गरिने बताए । सभामा प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले बजेट जुन क्षेत्रमा…

Read More

काठमाडौं: मलेशियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेशियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेशियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो । मलेशियास्थित सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको उहाँले बताउनुभयो । सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका नौ नेपालीको उपचार भइरहेको छ । त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । उक्त अस्पतालमा गम्भीर बिरामी पाँचको उपचार भइरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिनुभयो…

Read More

काठमाडौँ: सरकारले जापान क्लब इन्टरनेशनलाई मुलुकका तीन स्थानमा पाँच तारे होटल स्थापनाका लागि लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको आजको बैठकले जापानी लगानीकर्तालाई काठमाडौँको थानकोट, भक्तपुर र पोखरामा होटल स्थापनाका लागि लगानी स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । कूल रु १३ अर्ब ९० करोड लागतमा ती होटल स्थापना गर्ने, पर्यटन प्रवद्र्धनलाई सहयोग पु¥याउने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डलाई निर्देशनसमेत दिएको छ । जापानको प्रतिष्ठित होटल समूहका रुपमा रहेको जापान क्लब इन्टरनेशनलले नेपालमा लामो समयदेखि होटल स्थापना गर्ने प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद…

Read More