काठमाडौँ: सिद्धार्थ इन्स्योरेन्स कम्पनीले बिक्री नभएको ३७ हजार २१६ कित्ता हकप्रद शेयर बोलकबोल लिलाम बिक्रीको लागि आह्वान गरेको छ। कम्पनीले २२ लाख ४४ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा संस्थापक समुहतर्फ ७९९ कित्ता र सर्वासाधारणतर्फ ३६ हजार ४१६ कित्ता बिक्री भएको थिएन।
कम्पनीले गत असार १७ देखि साउन २० गतेसम्म चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। बिक्री नभएको हकप्रद लिलाम आह्वानको लागि असोज १९ देखि २६ गतेसम्म पाइने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ३७ हजार २१६.५० कित्ता सेयर लिलामी प्रक्रियाबाट बेच्ने भएको छ । कम्पनीले असोज १९ गतेदेखि बिक्री नभएको संंस्थापक समूहको ७९९.६० कित्ता र सर्वसाधारण समूहको ३६ हजार ४१६.९० कित्ता सेयर लिलामी बिक्री गर्न लागेको जनाइएको छ ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । कम्पनीले गत असार १७ देखि साउन २० गतेसम्म चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो।
आवेदन दिने अन्तिम म्याद असोज २६ गतेसम्म छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिने छ । त्यसैगरी, एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।