Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: भक्तपुर नगरपालिका(३ बाराही डेरा गरी बस्ने सोही नगरपालिका(१५ ईताछेका ४४ वर्षीय जिवन शाही सहित ७ जनालाई जुवातास खेलीरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको प्रहरीले सोमबार पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख ३० हजार ५ सय ३० रुपैयाँ नगद र १२ बुक तास प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेहरुमा निज जिवन शाही, सूर्यबिनायक बस्ने झापा डागीबाडी गाउँपालिका(१ का ४१ वर्षीय मदनकुमार राजबंशी, सूर्यबिनायक बस्ने रामेछाप सुनपाती(२ का ३९ वर्षीय बिबेक लामा, सूर्यबिनायक बस्ने धनुषा गतेश्‍वरी(१ का २५ वर्षीय सन्तोष श्रेष्‍ठ, सूर्यबिनायक बस्ने सर्लाही लालबन्दी नगरपालिका(६ का ३० वर्षीय बलबहादुर खत्री, सूर्यबिनायक बस्ने रामेछाप लिखु गाउँपालिका(३ का…

Read More

काठमाडौं: सुन तस्करीमा प्रहरीको उच्च निगरानी बढे पनि यसको अवैध ओसारपसार कार्यमा कमी आउन सकेको छैन। प्रहरीले सोमबार थाई एयरको टिजी ३१९ को उडानद्धारा बैंककबाट काठमाडौं आएका भारतीय नागरिक विडेश भुनियालाई करीव १० लाख २५ हजार रुपैयाँ बराबरको २०७ ग्राम अवैध सुनसहित पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन मेन गेट प्रहरी चेकिङ एरियामा उनलाई चेक गर्दा लुकाई छिपाई राखेको अवस्थामा औंठी २ थान, साँचो २ थान, गोलाकार आकारको रिङ ३ थान र सिक्री २ थानमा रहेको उक्त परिणामको सुन बरामद भएको हो । प्रहरीले उनलाई आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भंसार कार्यालयमा पठाएको छ ।

Read More

मनाङ: मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीन तारे र पाँचतारे होटलहरुबाट आउन थालेको छ । काठमाडौँका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको छ । विगत केही वर्षयता मनाङका आलुको चर्चा हुन थालेको छ । वर्षको एक याम मात्र खेती हुने यस ठाउँमा आलु मुख्य बालीको रुपमा रहिआएको छ । हिमाली हावापानीमा उत्पादन भएका आलु स्वादिष्ट हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको छ । अर्गानिक खेती गरिने यस जिल्लामा कुनै प्रकार विषादी प्रयोग गरिँदैन । मनाङको सबै ठाउँमा यसको राम्रो उत्पादन हुन्छ । यहाँका मानिसहरु होटल व्यवसाय सँगै कृषि पेशामा संलग्न छन् । यहाँ उत्पादन भएका…

Read More

काठमाडौँ: डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज अपराह्न ताजकिस्तानसँग खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । त्यस्तै दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्लोस्टाइन र ताजाकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । साविक विजेताका नाताले नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो । नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल,…

Read More

काठमाडौँ: डलरसँग नेपाली रुपैयाँ कमजोर हुँदा र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हुँदा नेपाल आयल निगमको मासिक घाटा एक अर्व २९ करोड रुपैयाँ पुग्ने भएको छ। भारतीय आयल निगमले पठाएको पछिल्लो मूल्य सूची अनुसार निगमको मासिक घाटा एक अर्व २९ करोड पुग्ने निगमका प्रबक्ता बिरेन्द्र गोइतले बताए। उनले भने, ” अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र नेपाली रुपैयाँ कमजोर हुनु निगमको घाटा बढ्नु मुख्य कारण हो।” निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरे पनि सेप्टेम्बरमा निगमको घाटा ६३ करोड रुपैयाँ भएको थियो। भारतीय आयल कर्पोरेशनले सोमबार पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै ६४ करोड ५७ लाख…

Read More

काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँले रु एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले आज काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेकासहित अरु चार जनाले आइतबार कलङ्कीका ३८ वर्षीय उमेशप्रसाद केशरीको कोठामा प्रहरी हौँ भन्दै खानतलासी गर्ने निहुँले रकम चोरी गरेर फरार भएका थिए । अन्य चार जनाको भने खोजी भइरहेको परिसरले जनाएको छ ।

Read More

काठमाडौँ: अमेरिकामा स्थायी बसोबासका गर्न सन् २०२० का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) भोलि बुधबारदेखि खुल्दै छ। बुधबार नेपाली समयअनुसार राति ९:४५ बजेदेखि इडीभीको आवेदन समय औपचारिक रुपमा खुल्नेछ। आवेदन गर्ने अन्तिम मिति नोभेम्बर ६, सन् २०१८ अर्थात (कार्तिक २०, २०७५) राति १०:४५ बजेसम्म समय रहेको छ। नेपाल स्थित अमेरिकी दूतावासका अनुसार आवेदन नि:शुल्क रहेको पनि जनाएको छ। यसमा कुनै परामर्शदाताको आवश्यकता नपर्ने जनाइएको छ। तर आवेदन भर्ना भने कुनै प्राविधिक र विज्ञको सहयोग भने लिन सक्ने बताइएको छ। समुहगत रुपमा डिभी भर्दा आफ्नो सबै परिवार सदस्यको नाम उल्लेख हुनु पर्ने जनाइएको छ। अविवाहित २१ बर्षभन्दा मुनिका सबैको विवरण अनिवार्य…

Read More

स्टकहोम: दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको छ । कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी. एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । दुवै वैज्ञानिकले क्यान्सर रोगको उपचारका क्षेत्रमा नवीन खोजका लागि उक्त पुरस्कार दिइएको नोबेल समितिले जनाएको छ । यसैबीच, स्वीडेनको अदालतले साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नोल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ । स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको पुष्टी भएको बताएको छ । आर्नोल्टकी पत्नी स्वेडिस एकेडेमीको सदस्य रहेकी छिन्…

Read More

लहान: प्रहरीको गस्ती टोलीले गए राति सिरहाको माडर तथा औरहीबाट रु ६१ हजार बराबरको पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए। इलाका प्रहरी कार्यालय औरहीको टोलीले करीब रु ६० हजार पटाका बरामद गरेको छ । बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पु¥याएर नष्ट गरिने प्रहरीले जनाएको छ । दशैँ, तिहार तथा छठपर्व नजिकिँदै गर्दा भारतीय बजारबाट पटाकालगायतका सामान चोरी तस्करी गर्ने क्रम बढेको छ । यात्रु सहायता कक्ष सञ्चालन दशैँ, तिहार तथा छठपर्वलाई मध्यनजगर गरी पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ मा…

Read More

काठमाडौँ : त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ । चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो । डिभिजन प्रमुख देवकुमार तामाङले आजदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने बताउनुभयो । “निर्माण सम्पन्न गर्न आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई पत्राचार गरेका छौँ,” उनले भने । उक्त सडक कृष कन्सट्रक्सनले मर्मत तथा सुधार गर्न लागेको हो । डिभिजन कार्यालयले चाडपर्व नजिकिँदै गर्दा विभिन्न स्थानको सडक मर्मत तथा सुधारलाई अगाडि बढाएको हो ।

Read More