Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : नेपाल सरकार, रोजगारदाता र राष्ट्रिय ट्रेड यूनियनहरूको लामो छलफल पश्चात सहमती भई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ दफा १०६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी २०७५ साउन १ गते देखि लागू हुने गरि न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । नया“ निर्धारित न्यूनतम पारिश्रमिकको दर चिया बगान बाहेकका श्रमिकहरूका लागि तलव ८ हजार ४५५ रुपैयाँ र महंगी भत्ता ४ हजार ९९५ गरी जम्मा १३ हजार ४५० रुपैयाँ र चिया बगानमा काम गर्ने श्रमिकका लागि तलव ६ हजार ४६९ रुपैयाँ र महंगी भत्ता ४ हजार ३१२ रुपैयाँ गरी जम्मा १० हजार ७८१…
काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गर्न जापान सरकारसँग आग्रह गरेका छन् । शिष्टाचार भेटवार्ताका लागि आज अर्थमन्त्रालय पुग्नुभएका नेपालका लागि जापानी राजदूत मासामिची साइगोलाई भौतिक पूर्वाधारका क्षेत्रमा लगानीका लागि अनुरोध गरेका हुन् । आर्थिक तथा सामाजिक विकासका लागि नेपालमा लामो समयदेखि सहयोग गर्दै आएको जापान सरकारबाट थप सहयोगको अपेक्षा गरेको भन्दै अर्थमन्त्री डा खतिवडाले आफूहरु आर्थिक विकास तथा समृद्धिको मार्गमा केन्द्रित रहेको बताए । अर्थमन्त्रीले डा खतिवडाले पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि जापानी आयात निर्यात बैंकबाट सहुलियत ऋण उपलब्ध गराइदिनसमेत राजदूतलाई आग्रह गरेका थिए । सो अवसरमा राजदूत साइगोले जापान सरकारको सहयोगमा निर्माण भएको सिन्धुली–…
गौशाला: महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रु पाँच हजार घुससहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार रामगोपालपुर इप्रका इञ्चार्ज प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो । तस्करीका लागि भारतबाट लाइन मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेकै अवस्थामा यादव रङ्गेहात पक्राउ गरेका हुन् । उनलाई आवश्यक कारवाहीका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
काठमाडौँ: अनुगमनका क्रममा दुई मासु पसलमा सिलबन्दी गरिनाका साथै अखाद्य केही नष्ट गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा नसिन मासु पसल कङ्लकी र मैत्रीनगर फ्रेस हाउस मैत्रीनगर, कीर्तिपुरले यसअघि अनुगमनका क्रममा दिइएको निर्देशन पालना नगरेको र व्यवसाय दर्ता, प्यान दर्ता र नापतौल प्रमाणीकरण नभएको, कुखुरा र खसी काट्ने स्थान एउटै भएको तथा अत्यन्त फोहर रहेकाले सिलबन्दी गरिएको छ । अनुगमन अधिकृत खगेन्द्रराज जोशीको संयोजकत्वमा भएको अनुगमनका क्रममा न्यू श्रेष्ठ मिट सेन्टर, कीर्तिपुरबाट खान नमिल्ने रु पाँच हजार बराबरको मासु नष्ट गरिएको छ । हाइजेनिक मिट मार्ट, मैत्रीनगर मिट सेन्टर, कीर्तिपुर र शमशेर आलम…
काठमाडौँ: निर्मला पन्तको बलात्कारपछि हत्या अनुशन्धान गर्न भन्दै नेपाल प्रहरी केन्द्रिय कार्यालय तानिएका तत्तकालिन कन्चनपुर जिल्ला प्रहरी प्रमुख डिल्लीराज बिष्टसहित तीन जनाको डिएनए परीक्षणका लागि प्रहरीले आफ्नो ल्याबमा पठाएको छ । नेपाल प्रहरीका केन्द्रिय प्रबक्ता सैलेश थापा थापा क्षेत्रीका अनुसार प्रहरी मुख्यालयले बिष्ट र उनका छोरा करण र कन्चनपुरका मेयर सुरेन्द्र बिष्टका भतिजो आयुषको पनि डिएनए परीक्षण गर्नका लागि रगतको नमुना लिएको छ। उनीहरुको ल्याब टेस्ट नेपाल प्रहरीको फोरेन्सिक ल्याबमै त्रिवी शिक्षण अस्पतालका डा हरिहर वस्तीसहितको नेपाल प्रहरीको प्राविधिक टोलिले संयुक्त रुपमा गरिरहेको पनि क्षेत्रीले जानकारी दिए । रिपोर्ट आउन केहि दिन लाग्ने, दोषी देखिएका जो कोहि कानूनी कारवाहीका लागि…
काठमाडौँ: बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया निर्मला पन्तका आमा, बुबा र महिलाअधिकारकर्मीले राजधानीबाट सरकारले आफुहरुलाई न्याय नदिलाएसम्म नफर्किने बताएका छन्। हामीलाई जवसम्म न्याय दिलाइदैन तवसम्म हामी अव यो राजधानीबाट बाहिरिने छैनौं बरु हामी गोलि खान पनि तयार छौं, सरकारले पीडितको न्यायको चित्कार सुन्नुपर्ने, अधिकाकर्मी रीना भण्डारीले राजधानीमा आयोजित कार्यक्रममा भनिन्। कार्यक्रममा बोल्दै निर्मलकी बुबा यज्ञराज पन्तले भने- ‘मेरो छोरी मार्ने र बलात्कार गर्ने अपराधी सरकारसंगै छ, यसमा राज्यको प्रहरी प्रशासन लागेको छ।’ “म मेरो छोरी खोज्न जाँदा पटक पटक रोशनी र बबिता बम दिदीबहिनीको घर पुग्दा मैले त्यहाँ पटक पटक दुई जना प्रहरी कर्मचारी देखेको छु, उनीहरु बम दिदीबहिनीको घरमा…
काठमाडौँ: साताको अन्तिम दिन बिहिबार पनि पूँजी बजारमा उत्शाहजनक सूधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) १४ दशमलब १३ अंकले बढेर एक हजार २४४ दशमलब ८४ अंकमा पुगेको बजार बन्द भएको छ । मंगलबार नेप्से ६ दशमलब ७७ अंकले र बुधबार १३ दशमलब ०६ अंकले बढेको थियो । निर्जीवन, जीबन र लघुवित्त समुहको परिसूचक बाहेक सबै समूहको परिसूचक बढ्दा नेप्सेले दोहोरो अंकको वृद्धि कायम राखेको हो ।नेप्से बढेसंगै कारोबार रकममा पनि वृद्धि हुँदा लगानीकर्ता उत्साहित भएका छन् । आजको कारोबारमा सबैभन्दा बढी होटल समूहको परिसूचक ३२ दशमलब १९ अंक र अन्य समूहको परिसूचक २२ दशमलब २९ अंकले छ बढेको…
कुश्मा, पर्वत: जिल्लाको एकमात्र संस्कृत पाठशालाको रुपमा परिचित गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालामा संस्कृतका विषय पठनपाठन गरिने भए पनि प्रमाणपत्रका लागि छिमेकी राष्ट्र भारत पुग्नुपर्ने बाध्यता रहेको छ । संस्कृत भाषा, शुक्ल, यजुर्वेद, ब्याकरण, वेद, आचारसंहिता, कर्मकाण्ड, अमरकोश, श्रीमद्भागवत गीतालगायतको उपल्लो तहले अध्ययन गर्ने पुस्तकको राजु पौडेलअध्ययन गरिँदै आएको भएता पनि उपल्लो तहको प्रमाणपत्र यहाँ नपाइने भएकाले भारतका विभिन्न विद्यालय धाउनुपरेको हो । विसं २०५५ मा स्थापना भएको पाठशालालाई २०५८ सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्वतले प्राथमिक तह (कक्षा १–५) सम्मको मान्यता स्वीकृत दिएको थियो भने २०६९ देखि कक्षा ६ को स्वीकृत प्रदान गरेको थियो । तर पाठशालामा हाल कक्षा ४,…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताएका छन्। नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौँ आएको अफगानिस्तानको उच्च शान्ति परिषद्को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर विश्वलाई सकारात्मक सन्देश दिएको बताए । पूर्वप्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियाबाट जनताले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीजस्ता उपलब्धि प्राप्त गरेको बताए । उनले भने, “नेपाली जनताको राजनीतिक स्वतन्त्रताको आन्दोलन भएकाले जनयुद्धमा धेरै ठूलो जनताको सहभागिता भएको थियो । हामीले जनताको अधिकारको निम्ति भएको युद्धको नेतृत्व ग¥यौँ र धेरै हदसम्म जनताका अधिकार स्थापित गराउन सफल भयौँ ।” भेटका…
काठमाडौँ: बंगलादेशमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएसंगै नेपाली राष्ट्रिय फुटबल टोली विहिबार स्वदेश फर्किएको छ। नेपाली टोलि बुधबार माल्दिभ्सविरुद्ध खेलमा ३–० ले पराजित भएको थियो। नेपाललाई यस साफ च्याम्पियनसिपमा फाइनलमा पुगेर नयाँ इतिहास रच्ने सुनौलो अवसर थियो। प्रतियोगिताको सातौ पटकको भेटमा समेत नेपाल माल्दिभ्ससँग विजयी हुन सकेन। नेपालले साफ च्याम्पियनसिप प्रतियोगिताको ग्रुप स्टेजमा एक खेलमा हार तथा २ खेलमा जित निकालेको थियो। पहिलो खेलमा पाकिस्तान विरुद्ध २–१ ले पराजित नेपाल दोस्रो खेलमा भुटानविरुद्ध ४–० को जित निकाल्न सफल भएको थियो। यस्तै नेपालले आयोजक बंगलादेशलाई २–० ले पराजित गरेको थियो। साफ च्याम्पियनसिप उपाधि भिडन्त भने अव भारत र माल्दिभ्सबीच हुनेछ।…