Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ :अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताएका छन् । नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनीको शुभारम्भ गर्दै उनले सर्वसाधरणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारी साधन खरिद गर्नुपर्नेमा जोड दिए । देशमा नयाँ प्रकारका सवारी साधन आयात भइरहेको र धेरै सवारी साधन बिक्री हुँदा राजश्व सङ्कलनमा पनि वृद्धि हुने जानकारी दिँदै उनले भने, “सवारी साधन अहिले पनि विलासीे वस्तु हो, यसमा लाग्ने भन्सारका साथै अन्य कर छुट गर्न सकिँदैन, यसबाट प्राप्त हुने रकमले सडक, पूर्वाधार तथा सामाजिक विकासका परियोजना सञ्चालन गर्नुपर्छ…
काठमाडौँ: पूँजी बजारमा आज मंगलबार सूधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) ६ दशमलब ७७ अंकले बढेर एक हजार २१७ दशमलब ६५ अंकमा पुगेको छ । आजको कारोबारमा निर्जीवन बीमा र बित्त समूह बाहेक सबै समूहको परिसूचकमा सुधार आएको छ । सबैभन्दा बढी होटल समूहको परिसूचक ४९ दशमलब ४८ अंकले र उत्पादन मूलक समूहको परिसूचक २४ दशमलब ७ अंकले बढेको छ । त्यसैगरी, लघुवित्त ११ दशमलब ८ अंक, जलबिधुत २ दशमलब ८५ अंक, विकास बैंक १५ दशमलब ६४ अंक, बाणिज्य बैंक ७ दशमलब २३ अंक र अन्य ३ दशमलब ७२ अंकले बढेको छ । यधपी, निर्जीवन बीमा समूहको परिसूचक…
वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी भूमिमा भएको सबैभन्दा ठूलो आतङ्कवादी हमलाको १७ वर्षका सिलसिलामा पेन्सिलभेनियाको स्मारकमा आयोजना गरिने विशेष कार्यक्रममा सहभागिता जनाउने तय भएको छ । सेप्टेम्बर ११, २००१ का दिन आतङ्ककारीले तीनवटा विमान अपहरण गरी अमेरिकाका महत्वपूर्ण तीनवटा संरचनामा आक्रमण गरेका थिए । तीमध्ये दुईवटा विमानले न्यूयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरमा आक्रमण गरिएको थियो भने एउटा विमानले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आक्रमण गर्ने योजना थियो । तर विमानमा सवार यात्रुको प्रतिरोधका कारण तेस्रो विमान पेन्टागन नपुग्दै श्याक्सनभिल्लेमा झरेको थियो । त्यस विमानमा सवार ४० जनाभन्दा बढी यात्रु र चालकदलका सदस्य सबैको मृत्यु भएको थियो । तर वल्र्ड ट्रेड सेन्टरमा…
काठमाडौँ: विदेश भ्रमणमा जाँदा सहजरूपमा कुटनीतिक राहदानी (रातो पासपोर्ट) पाउनुपर्ने सांसदहरूले माग गरेपछि यसको सम्भावित दुरुपयोग नियन्त्रण गर्ने संयन्त्रको खोजी हुन थालेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथिको छलफलमा उहाँहरूले त्यस्तो प्रबन्ध हुने गरी विधेयक संशोधनका लागि माग गर्नुभएको हो । जनताको मत लिएर जनताकै कामको सन्दर्भमा विदेश भ्रमणमा जानुपर्ने भएकाले सांसदको कूटनीतिक राहदानी हुँदा राष्ट्रकै इज्जत बढ्ने उहाँहरूको तर्क छ । सांसदलाई निर्वाचित भएपछि कार्यकालभरि स्वतः त्यस्तो राहदानी दिने वा कुनै निश्चित कार्यक्रमको कारण खुलाएर निवेदन दिएमा राहदानी दिई विदेशबाट फर्केपछि फिर्ता माग्ने भन्नेमा बहस छ । विगतमा…
काठमाडौं: आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्राएको छ । मङ्गलबार विहान सलाम एयरको पहिलो उडान अवतरण भएसँगै यसले अवदेखि काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ ।यस एयरलाइन्सको जीएसए(जनरल सेल्स ऐजेन्ट) व्यवस्थापन आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इन्टरनेशनल ट्राभलले गर्ने कम्पनिले जनाएको छ । ओमानको पहिलो बजेट क्यारियरको रुपमा सन् २०१६ मा स्थापना भई ३० जनवरी २०१७ देखि आफ्नो व्यवसायिक यात्रा सुरु गरेको सलाम एयरलाइन्सले मस्कटलाई आफ्नो हबबनाई १७४ सिट क्षमता रहेको एयरबस ३२०÷२१४ द्धारा हालसम्म ढाका, बाकु, टिवलिस, दोहा,दुवई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दालगायत १३ वटा साथै सलाल र सुहार गरि २ वटा आन्तरिक क्षेत्रमा उडान भर्दै आएकोमा काठमाडौं थपगरि…
काठमाडौँ: प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्किएका छन्। जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो । सुनुवाइपछि जोशी बिदामा बस्नुभएको थियो । सोमबार साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी सर्वोच्च अदालत आएका थिए । न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा काममा फर्किएको सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । जोशी काममा फर्किए भए पनि उनको नाममा मुद्दाको पेशी भने तोकिएको छैन ।
काठमाडौँ: साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ। पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो । अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल हुनेछ । पाँचौ पटक सेमिफाइनल खेल्न लागेको नेपाली टोलीका लागि माल्दिभ्स केही कमजोर प्रतिद्वन्द्वी देखिएको छ । यसअघि सन् १९९३, सन् १९९९, सन् १९९५, सन् २०११ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । समूह चरणमा दुई खेल खेलेको माल्दिभ्स एकमा पराजित र एकमा बराबरी गर्दै सेमिफाइनल पुगेको हो । पहिलो सेमिफाइनलमा प्रतिस्पर्धाका लागि मैदान उत्रदै गर्दा…
काठमाडौँ: पश्चिम सेती आयोजनाको निर्माण अब खुला प्रतिस्पर्धाबाटै अघि बढाइने भएको छ। ७५० मेगावाट क्षमताको यो योजना वर्षौँसम्म चिनियाँ कम्पनीले होल्ड गर्दै हात झिकेपछि सरकारले खुला प्रतिस्पर्धाबाटै निर्माण गर्ने योजना बनाएको हो। लगानी बोर्ड र चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई) बीच हालै भएको वार्तामा चिनियाँ कम्पनीले हात झिक्ने संकेत दिएपछि अब प्रतिस्पर्धामार्फत अघि बढाउन लागिएको हो। लगानी बोर्ड स्रोतका अनुसार बोर्डको आगामी बैठकका लागि चिनियाँ कम्पनीसँगको वार्ताका आधारमा प्रतिस्पर्धामार्फत पश्चिम सेती अघि बढाउने प्रस्ताव लैजान लागिएको छ। आजको कारोवार दैनिकमा यो खबर छ, ‘लगानी बोर्ड जहिले पनि प्रतिस्पर्धाको पक्षमा छ, पश्चिम सेतीबारे चिनियाँ कम्पनीसँग भएको वार्ताबारे यथार्थताको…
काठमाडौँ: राजधनीको ठमेलस्थित ज्याठामा सुनिलमान स्थापितको घरमा बिहान पौने चार बजे आगलागी भएको छ । पानी तान्ने क्रममा विजुली सट भएर आगलागी हुँदा ट्रेकिङको सामग्री लगायत जलेको र अक्सिजन ग्यास सिलिण्डर पड्किएको प्रहरीले जनाएको छ । बिहान पौने चार बजे ग्यास बिस्फोट भएपछि शुरु भएको आगलागी पौने पाँच बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो । महानगरी प्रहरी वृत दरवारमार्गका डीएसपी दान बहादुर मल्लका अनुसार कुनै पनि मानवीय क्षति नभएको र भौतकि क्षतिको विवरण भने आउन बाँकी रहेको बताए ।
पोखरा: पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ । पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ । नेपाल राजपत्रको भाग ५ मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनामा पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा मात्र कायम गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ३ बमोजिम महानगरपालिकाको नाफ हेरफेर गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिनुभयो । उक्त उपदफामा गाउँपालिका, नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नुपरेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने उल्लेख छ ।…